Friday, September 22, 2023

मंगल बहुमुखी क्याम्पसमा स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न

 मंगल बहुमुखी क्याम्पसमा स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न


मंगल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले २०७९ सालमा प्रथम वर्षमा भर्ना भई उच्च शिक्षा अध्ययनको लागि आउनु भएका विद्यार्थी भाइ बहिनीहरुलाई यहि २०८० भाद्र ३० गते प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.लक्ष्मी बहादुर महर्जनको प्रमुख आतिथ्यमा स्वागत तथा तीज विशेष कार्यक्रम सम्पन्न भयो । वि.एड. र वि. वि.एस दोश्रो, तेश्रो र चौथो वर्षका विद्यार्थीहरुले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व विविएस चौथो वर्षका अनुप बोहराले गर्नु भएको थियो ।

स्वागतकै क्रममा प्रमुख अतिथिज्यूले मंगल क्याम्पसले भन्ने मात्र गर्दैन यथार्थमा उसले प्रत्यक्ष रुपमा गरेर देखाउँछ यस्को ज्वलन्त उदाहरणको रुपमा आजको कार्यक्रमलाई नै लिन सकिने बताउनु भयो । यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पु¥याउने बताउनु भयो । मन्तव्यकै क्रममा मंगल क्याम्पसले भविष्यमै मंगल रिशर्च सेण्टर स्थापना गरेर विद्यार्थीहरुलाई अनुसन्धानमुखी शिक्षामा जोड दिन र सैद्धान्तिक भन्दा प्रयोगात्मक शिक्षामा जोड दिने बताउनु भयो । साथै रोजगारीसँग पढाइलाई जोड्दै जाने र त्यस्को लागि क्याम्पसमा ननक्रेडिट कोर्श मार्फत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने बताउनु भयो ।

उक्त कार्यक्रममा उच्च शिक्षाका लागि आउनु भएका प्रथम वर्षका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख प्रदिप महर्जनले स्वागत गर्दै यस प्रकारको कार्याक्रमले विद्यार्थी विद्यार्थी विच भाइचाराको विकास हुनुका साथै एक अर्कामा चिनापर्ची हुने र व्यक्तित्व विकास हुने कुरा बताउनु भयो । साथै क्याम्पसको विविध प्रगतिका बारे प्रकाश पार्नु भयो ।

स्वागतकै क्रममा प्रमुख अतिथिज्यूले प्रथम वर्षमा भर्ना हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई खादा लगाई स्वागत गर्नु भएको थियो ।

नव आगन्तुक विद्यार्थी भाइबहिनीहरुलाई विविएस दोश्रो वर्षका लोकचन्द्र कुमार र विविएस चौथो वर्षका सन्तोषी दुवाडीले स्वागत मन्तव्यबाट स्वागत गर्नु भयो । कार्यक्रममा प्रमुख आकर्षणको रुपमा मंगल तीज क्वीन छनोटको रुपमा लिइएको थियो । प्रथम वर्षकी सुश्री सुविना श्रेष्ठले मंगल तीज क्वीनको ताज जित्न सफल भएकी थिइन । उहाँले आफु मिस मंगल घोषित हुन पाएको निकै खुशी लागेको र नसोचेको सफलता प्राप्त भएकोमा मंगल बहुमुखी क्याम्पस र आयोजक अग्रज दाइ दिदीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । आपूm सुरुदेखि नै फेशनमा रुची राख्ने र यस प्रंकारको कार्यक्रम अभिरुची पूर्वक हेर्ने गरेको र आज आफै मिस मंगल घोषित हुन पाउँदा निकै गर्व लागेको कुरा बताउनु भयो । यस्ले गर्दा अगाडी दिनहरुमा आपूmलाई यस प्रकारको कार्यक्रममा सहभागी हुन हौसला मिलेको बताउनु भयो । मिस मंगल तीज क्वीन जित्न सफल सुश्री सुविना श्रेष्ठलाई इनर ह्वीलका अध्यक्ष श्रीमती रञ्जना शाक्य महर्जनज्यूले रिबन र ताज लगाउनु भएको थियो । उक्त कार्यक्रममा विविएस र विएडका विद्यार्थीहरुले कविता, मुक्तक, नृत्य, गित, नाटक प्रस्तुत गरी विद्यार्थीहरुलाई स्वागत एवं तीज कार्यक्रम गरेका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख रकी महर्जन लगायत सम्पूर्ण शिक्षकहरुको उपस्थिति रहेको थियो ।

Published Kirtipur Sandesh weekly Issue 613 Date : 2080/06/03


No comments:

Post a Comment