Thursday, June 16, 2022

उज्यालो भविष्य निर्माण— उतम शाक्य, क्वहिटी, काठमाडौं

 उज्यालो भविष्य निर्माण— उतम शाक्य, क्वहिटी, काठमाडौं



तिमी आँत म पुरा गर्छु भन्ने बाक्यांस उखान मात्र नभइ यथार्थ उदाहरणीय सावित भएको छ । नव प्रतिभा अभिनेता उतम शाक्य संगको छोटो संवाद —प्रस्तोता ः पवन जोशी

१.उतम जी के गर्दै हुनुहुन्छ ?

—नशा भनेको विभिन्न विधामा लाग्ने रहेछ । मान्छेहरु भन्छन सानै देखिन लागेको वानी कहां छोडन सक्छ र तर मलाई यो अवस्थामा गायन र अभिनयको नशा चढेको छ । मैले एउटा गीत छ ल्यासे जुयावलमा नायीका उज्जला शाक्य र अभिनेत्री रुक्साना महर्जन संग पहिलो प्रमुख भुमिकामा अभिनय गरें त्यो समय देखिन गाउने र अभिनय गरौं गरौं जस्तो लाग्यो ।

२.त्यो जस्तै तपाईको स्वाभाविक गीत कहिले हेर्न पाउने होला ?

—नयां गीत एउटा रेकर्ड भएको छ, “छ हे खः जियःम्ह मिलेजूम्ह पासा” बरिष्ठ गायक भुपेन शाक्य र मैले स्वर दिएको छु । उक्त गीतलाई यथासिघ्र भिजुलाईज गर्ने विचारमा छु । अभिनय मात्र नभई गायन प्रति अभिरुची भएकोहुां यो कदम चालेको हो ।

३.तपाई किन अभिनय गर्नु हुन्छ ?

—आत्मा भित्रको स्वाभाविक अभिनय दर्शकहरुसम्म सन्देश मुलक रुपमा प्रस्तुत गर्ने मेरो लक्ष हो ।

४.अर्थात ?

—“छ ल्यासे जुया वल” जस्तै पारिवारिक कथा वस्तु समेतेर सर्ट मुभी कथानक रुपमा प्रस्तुत गर्छु ।

५.म्युजिक भिडियो निर्माण गरेर आर्थिक उन्नतीत हुँदैन क्यारे ?

—पैसै मात्र संसारत हैन होलानी, जन चेतना प्रवाह पनि एक प्रकारको उन्नती जस्तो लाग्छ । इज्जत पैसा संग तौलिने बस्तु होइन । भाषा, कला संस्कृतिको जगेर्णा पनि हो । यसाई बचाइ राख्नु मानविय कर्म पनि हो ।

६.चलचित्रमा लाग्नेहरुलाई नौटंकी पनि भनिन्छ किन होला ?

—चलचित्रले सिंगो देश निर्माणको लागि कस्तो भूमिका खेलेको छ, कथा वस्तुलाई त्यतिको महत्व दिएर हेर्ने चलनको कमिले गर्दा नौटंकीको संज्ञा दिएको हुनुपर्छ । वास्तवमा चलचित्र मात्र मनोरञ्जन होइन, केलाएर हेर्नु भए समाजमा रहेका विकृती विसंगती निर्मुलगर्ने उपायहरु प्रसस्त पाउनु हुनेछ ।

७.छोरा र छोरीमा विभेद गर्नेहरुलाई के भन्नु हुन्छ ?

—दुवै आफ्नै सन्तान हो भन्ने भावना हुनु पर्छ । जव छोराहरुले घरबाट निकालेर छोरीको घरमा वस्न बाध्य हुन्छ तव थाहा हुन्छ छोरा र छारीमा विभेद गर्नु महापाप हो भनेर ।

८.मानवीय जीवनलाई कसरी हेर्नु हुन्छ ?

—आफ्नो लागि मात्र हैन अरुको भलाई गर्न सक्यौं भने सार्थक जीवन संगै उज्यालो भविष्यको निर्माण गर्नु हो । विद्वानहरुको उपदेश सुनेर व्यवहारमा उतार्न सके त्यो जस्तो उत्तम उपाए अरु होलाजस्तो मलाई लाग्दैन ।

९.अन्तमा ?

—कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका मार्फत मनका कुरा व्यक्त गर्ने मौका दिनु भएकोमा हार्दिक नमन ।


No comments:

Post a Comment