Friday, June 10, 2022

प्रतिभाको पहिचान —विनोद मानन्धर, कालिमाटी, काठमाडौं

 प्रतिभाको पहिचान —विनोद मानन्धर, कालिमाटी, काठमाडौं



प्रतिभा प्रस्तुत गर्नलाई नै हो, मन भित्र लुकाइ राख्ने होइन, उदयमान निर्देशक तथा चर्चित गायक विनोद मानन्धर संगको छोटो संवाद — प्रस्तोता ः पवन जोशी

१.के मा व्यष्ट हुनुहुन्छ ?

—आज भोली गीत रेकर्ड गरी म्युजिक भिडियो निर्माणको साथै टेलिचलचित्र पैसै पैसा निर्माणमा हलुका व्यष्ट छु ।

२.यहाँलाई निर्देशन गर्न सहज कि गाउन ?

—दुबै विधामा कर्म गर्दै छु खासै असहज भएको छैन । यहाँहरुको कृपाले अगाडी बढदै छु ।

३.कसको प्रेरणाले तपाई संगीतकला क्षेत्रमा लाग्नु भो ?

—म सानै देखिन गुन गुनाउँछु, जब ठूलो भयो गीत गाउन सक्यो । त्यतिबेला बरिष्ठ संगीतकार सुरेनमान शाक्यज्यूले सुर ताल र रसको ज्ञान दिनु भयो । थप संगीत ज्ञान बरिष्ठ गायक तथा संगीतकार अनिल शाहीज्यूले दिनु भयो त्यो बेला देखिन डबली मात्र हैन स्टुडियो रेकर्डको सुरु भयो । आजसम्म मैले ४० वटा गीत गाउने सौभाग्य पाएँ ।

४.संगीतकला अंगालेर के हासिल गर्नु भयो ?

—आत्म सन्तुष्टीको साथै गायक पहिचान प्राप्त भयो ।

५.गीतको परिभाषा ?

—गीत सामाजीक घटनाक्रमको प्रतिविम्ब हो । भावनात्मक अभिव्यक्त खोज्नु भए यथार्थ झुल्केको पाउनु हुनेछ । यो पनि सन्देश मुलक प्रस्तुति हो, मनोरञ्जन मात्र होइन ।

६.गुरु बन्न सजिलो कि चेला ?

—कल्पनाको सागरमा जती आफै डुृब्न सहज हुन्छ । अरुलाई डुबाउन त्यती सहज छैन । एउटा संवादलाई १० टेक सम्म लिएँ । अभिनय हचुवामा हुँदैन यथार्थ र जिवन्त हुनुपर्छ । 

७.नेवाः आइडल प्रतियोगितालाई कसरी हेर्नु हुन्छ ?

—नव गायक गायीकाहरुलाई प्रतिभा प्रस्तुत गर्ने अवसर हो नेवाः आइडल यसले गायक गायीकाहरुलाई गणतव्य सम्म पु¥याउँछ भन्ने विस्वास लिएको छु ।

८.नव गायक गायिीका हुन चाहनेहरुलाई के भन्नु हुन्छ ?

—रहर र इच्छाले मात्र गाउन सकिंदैन । संगीत शिक्षा विना अधुरो सपना मात्र हुने छ, त्यसैले गाउने चाहना यहांहरुमा छ भने संगीत गुरुहरु संग संगीत ज्ञान प्राप्त गरी कलाक्षेत्रमा लाग्नु भए भविष्य उज्यालो हुने पक्का छ ।

९.अन्तमा ?

—नव वर्ष २०७९ को उपलक्षमा सम्पूर्ण नेपालीहरुको सुस्वास्थ दिर्घायुको मंगलमय शुभकामना साथै कीर्तिपुर सन्देश साप्ताहिक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु । जय होस सम्पूर्ण दर्शक तथा कलाकर्मिहरुको


No comments:

Post a Comment