Friday, March 11, 2022

कर्म प्रतिको आस्था ....

 कर्म प्रतिको आस्था ....

एकता महर्जन, मानटोल, कीर्तिपुर

शुद्ध चित्त लिएर प्रयास ग¥यो भने मान्छेलाई लक्ष प्राप्तीको बाटोमा उन्मुख गराउँछ । प्रतिभाशाली नव गायीका एकता महर्जनसंगको छोटो संवाद । 

प्रस्तोता ः पवन जोशी

१.एकता नयां नौलो खवर के छ ?

—लकडाउनको समय छ, घरमै बसेर पठन पाठन गर्दैछु । फुर्सदको समयमा संगीत कला रियाज गर्छु ।

२.फेसबुक टिकटक किन गरिन्छ ?

—समाजमा घटेका घटनाहरुलाई सन्देशमुलक सुचना जन समक्ष प्रवाह गर्न सामाजिक संजालमा उक्त एप्स अपलोड गरिन्छ । साथै आफु भित्रको प्रतिभा प्रस्तुत गर्न पनि टिकटक बनाउँदै अपलोड गरिन्छ ।

३.लकडाउनले कस्तो प्रभाव पा¥यो ?

—सुरुमा लकडाउनले हामीलाई शिक्षा प्रदान गरियो । जनमानसमा स्वास्थ्य भन्दा पैसा ठूलो होइन रहेछ भन्ने प्रमाणित गरि देखायो तर पनि साधारण जनजिविका चलाउने व्यक्तिहरुले कष्टकर जीवन यापन गर्नए बाध्य बनायो । कयौं जनताहरु रोगले होइन भोकले गर्नु प¥यो । यहि लकडाउनको यथार्थ हो ।

४.गायन प्रतियोगीतालाई कसरी हेर्नुहुन्छ ?

—प्रतियोगिता हामी जस्तो नवप्रतिभालाई सुवर्ण मौका प्रदान गरेको छ । यसलाई आत्मसाथ गर्दै अघि बढ्न सकौं भने भविष्यमा सुनौलो अवसर प्राप्त गर्न सकिने छ ।

५.संगीतको परिभाषा ?

—संगीत एक मानविय जीवनमा अपरिहार्य औषधी हो । जुन खोजेर पाईदैन, त्याग तपस्या र बलिदानले प्राप्त गर्छ । संगत नशा पनि हो । लत लागे पछि त्याग्न सकिन्न ।

६.तपाईं किन संगीत कला क्षेत्रमा आउनु भयो ?

—सानैदेखि नै मलाई गीत गाउने मन थियो । मेरो साथीहरु गुरुहरु र परिवारको प्रेरणाले म संगीत कला क्षेत्रमा प्रवेश गरेकी थिएँ । संगीत कला कर्म गर्छु कहाँसम्म पु¥याउँछ ।

७.म्युजिक भिडियो किन निर्माण गरिन्छ ?

—आपूmले निर्माण गरेको म्युजिक भिडियोलाई व्यापक प्रचार प्रसार गरी प्रतिभाको मुल्यांकन गराउन हो । पछिको निर्माणमा उत्कृष्ट बनाउन ।

८.गायक गायीकामा हुनु पर्ने ज्ञान ?

—सुर ताल र लयको ज्ञान हुनु जरुरी छ । शब्दको भावना स्वरुप अभिव्यक्त गर्ने क्षमता चाहिन्छ ।

९.नेवाः आइडल अडिसनमा छनोट हुनु भयो कस्तो लाग्यो ?

—अत्यन्तै खुसि लाग्यो । मातृभाषा मायालाई अझ व्यापक गर्ने आयोजक परिवार प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

१०.अन्तमा ?

—कीर्तिपुर सन्देश साप्ताहिक मार्फत मनका कुराहरु राख्ने मौका दिनु भएकोमा कीर्तिपुर सन्देश साप्ताहिक पत्रिका प्रति हार्दिक आभार व्यक्त गर्दछु ।


1 comment: