Monday, March 7, 2022

नेपालमा स्थानीय सरकार र निर्वाचन

 नेपालमा स्थानीय सरकार र निर्वाचन 



-----सरब कुमार महर्जन 

नेपालको ंसंविधानमा तीन तहको सरकारको परिकल्पना गरिए अनुसार स्थानीय सरकार पनि एक हो । गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई स्थानीय तहको सरकारमा राखेको छ । जनताको प्रत्यक्ष निर्वाचनबाट चुनिने गाउँपालिकाका पदाधिकारीहरु जसलाई हामी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरुलाई बुझ्छौं भने नगरपालिको प्रत्यक्ष निर्वाचनबाट चुनिने नगरपालिकाको नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु र  सदस्यहरुलाई बुझ्ने गर्दछौं । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरका प्रमुख उपप्रमुखहरुबाट चुनिने जिल्ला समन्वय समितिका अध्यक्ष, उपाध्यक्ष, इलाका सदस्यहरुलाई बुझने गर्दछौं । सबैको काम गर्ने पदावधि ५ वर्षको नै हुनेछ । संविधान त स्थानीय तह संचालन गर्ने काम प्रदेश सरकार मातहत हुने गर्दछन् । तर स्थानीय तहलाई आवश्यक नीति नियम निर्देशिका आफै गाउँपालिका सभा र नगरसभाबाट बनाउन सकिन्छ ।

नेपालमा हाल ७७ वटा जिल्ला समन्वय समितिहरु छन् भने ७५३ वटा स्थानीय तहका सरकारहरु छन् जसमा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० गाउँपालिकाहरु छन् । सबैको आफनै कार्य समिति हुने गर्दछ । संविधानको धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) संँग सम्वन्धित २२ वटा अधिकारका सूचिहरु रहेका छन् ।

    नगर प्रहरी, सहकारी संस्था, एफएम संचालन, स्थानीय कर सम्पति संकलन, स्थानीय सेवा व्यवस्थापन, स्थानीय तथ्याँक संकलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरु, आधाभुत र माध्यमिक विद्यालय, आधारभुत स्वास्थ्य सरसफाई, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण तथा जैविक विविधता, स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिचाइ, गाउँसभा, नगरसभा, जिल्ला सभा , स्थानीय अदालत, मेलमिलाप, र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेखन, घजजग्गा वितरण, कृषि पशुपालन, कृषि उत्पादन, व्यवस्थापन पशु स्वास्थ्य, जेष्ठ नागरिक अपाँग भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन, वेरोजगारको तथ्याँक संकलन, कृषि प्रसारको व्यवस्थापन संचालन नियन्त्रण, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पित उर्जा, विपद व्यवस्थापन, जलाधार वन्यजन्तु खानी खनिज पदार्थको संंरक्षण, भाषा, संंस्कृति र ललितकलाको संरक्षण र विकासका कामहरु स्थानीय सरकारले गर्नु पर्ने हुन्छ ।,

यी कामहरुको व्यवस्थित रुपमा संम्पादन गर्न हरेक आर्थिक वर्षमा बजेत निर्माण,संचालन, नियमन,मुल्याङकन गरी नगरवासीहरुको जीवनस्तर उकास्ने, सुविधायुक्त बनाउने, व्यवस्थित बस्तिको विकास गर्ने, नेपाल सरकार विशेष गरी प्रदेश र संघीय सरकारसँग समन्वय गरि ठुला परियोजना संचालन गर्ने काम गर्नु पर्ने हुन्छ । आफनो गाउँ नगरको भौतिक पुर्वाधार निर्माण, सामाजिक, साँस्कृतिक उत्थान, सुशासन कायम गर्नु स्थानीय सरकारको लागि अपहार्य छ । सुशासन, प्रविधिमैत्री प्रशासन, पारदर्शिता, जवाफदेहिता निस्पक्षता आदि स्थानीय जनप्रतिनिधिहरुमा हुनु पर्ने गुणहरु हुन्  । निर्वाचन जित्नका लागि जे पनि गर्ने, जितिसकेपछि जे पनि गर्ने, अर्काे निर्वाचनमा उम्मेदवार नबन्ने खालको भयो भयो जनताको समस्या, गुनासो, जनसरोकारका विषयमा ध्यान नदिने, पक्षपाति गर्ने हुन्छ जसका कारण जन प्रतिनिधिहरुप्रति वितृष्णा हुने गर्दछ जसबाट व्यवस्थाप्रति नै नकरात्मक धारणा विकास हुन्छ जुन प्रतिगमनकारीका लागि मसला बन्ने हुन्छ । 

खासगरिकन स्थानीय तह भनेको वडा कार्यालय हो । वडाहरुबाट सुशासन कायम गर्न सक्यो, विकास निर्माण पक्षपातरहित बनाउन सक्यो, पारदर्शिता र जवापदेहिता बनाउन सकेमा गणतन्त्र लोकतन्त्र बलियो हुन्छ । नगरपालिकाले बजेत निर्माणमा घरबस्ति, टोलटोलबाट योजना निर्माणमा जनसहभागिता बढाउन सक्यो । काम गर्ने बेला आधारभूत प्राथमिकता निर्धारण गरी काम गर्न सक्यो भने राम्रो हुनेछ । सुशासनका लागि कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता निर्माण गर्नु पर्ने हुन्छ । विशेष गरी जनप्रतिनिधिहका काम कर्तव्य र अधिकार कर्मचारीहरुका काम कर्तव्य, अधिकार वारे समय बोध गराउन सकेमा मात्र स्थानीय सरकारको पनि महत्व बढ्छ । खासगरीकन गाउँपालिका र नगरपालिका नीति निर्माण, लक्ष निर्धारण, कार्य विभाजन, कामको मुयाङकन, पुरस्कार र दण्ड सजायको भाग्यदार बनाउन सकेन भने शुशासन कल्पनाभन्दा बाहिर हुने गर्दछ । 

त्यसैले आगामी स्थानीय तहको निर्वाचन २०७९ बैसाख ३० गते हुने घोषणा भइसकेको सन्दर्भमा हरेक दलले आफनो उम्मेदवारी दिदाँ जनप्रतिनिधि हुने योग्य क्षमतावान, शैक्षिक योग्यता, कामप्रति लगाव, सामाजिक रुपमा अघि बढ्न सक्ने वा नसक्ने यकिन गर्नु पर्दछ । हाम्रो विकास हामीले छान्ने जनप्रतिनिधिहरुमा भर पर्ने कुरा हो । राम्रो छाने राम्रो नै हुन्छ नराम्रो छाने राम्रोका कल्पना नगरे हुन्छ । जनताले दुःख पाउँछ । निर्वाचनमा क्षणिक लाभ हेर्नु हुदैन । इमान्दार र जनताप्रति जवापदेहि जनप्रतिनिधि छान्न सक्नु पर्दछ । 







No comments:

Post a Comment