Saturday, August 28, 2021

मंगल मा.वि.मा ल्यापटप वितरण

 मंगल मा=वि=मा ल्यापटप वितरण


कीर्तिपुर नयाँबजारस्थित सामुदायिक विद्यालय मंगल माध्यमिक विद्यालय । सामुदायिक विद्यालय भए पनि नीजि स्कुलभन्दा कम छैन । १२०० विद्यार्थीहरु भएको मंगल मा.वि. जनसेवा मा.वि. पछि नमूना विद्यालयको मान्यता प्राप्त विद्यालय हो । गत भाद्र ६ गते आइतवार विद्यालयमा एक कार्यक्रमका वीच २५ जना शिक्षक शिक्षिकाहरुलाई ल्यापटप वितरण गरिएको थियो ।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम वडा नं.१० का वडाध्यक्ष अमन महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक निलकण्ठ महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो । मन्तव्य राख्नेक्रममा उहाँले ल्यापटप वितरणले गर्दा शिक्षक शिक्षिकाहरुलाई अनलाईन कक्षा संचालन गर्न सजिलो हुने विचार व्यक्त गर्नु भयो ।

       विद्यायका प्रधानाध्यापक लोकलाल महर्जनले मन्तव्य राख्ने क्रममा विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ यो ल्यापटप वितरण गरिएको बताउनु भयो । अहिले विद्यालयको कक्षा अनलाईन माध्यमबाट भइरहेको, शिक्षक शिक्षिकाहरुले मोबाईलबाट कक्षा लिइरहँदा अप्ठ्यारोा भइरहेको महसुस गरी विद्यालयले यो ल्यापटप वितरण गरिएको बताउनु भयो ।


       ल्यापटप वितरण कार्यक्रमका सभापति अमन महर्जनले विद्यालयलाई प्रविधिमैत्री बनाउन स्कुलको बजेटबाट ल्यापटप किनी निशुल्क वितरण गरिएको बताउनु भयो । ल्यापटप घरमा लगेर बिग्रेमा बनाउने जिम्मा शिक्षक शिक्षिकाहरुको नै भएको कारण जतनका साथ प्रयोग गर्न आग्रह गर्नुभयो । अनलाईन कक्षा भइरहेको बेलामा कुनै विद्यार्थीले नकारात्मक कार्य गरेको पाईएमा अनलाईन कक्षाबाट हटाउन सक्ने र अटेर गरी नकारात्मक क्रियाकलाप गरिरहे विद्यालयबाटै हटाउन सक्ने धारणा राख्नु भयो ।


उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु संघरत्न बज्राचार्य, महालक्ष्मी रंजित, दिलीपकुमार महर्जन अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम शिक्षक दिलिपकुमार महर्जनले संचालन गर्नु भएको थियो ।


प्रधानाध्यापक लोकलाल महर्जनले आपूmसँग पहिले नै ल्यापटप भएका कारण लिनु भएन । भौतिक उपस्थितिमा कक्षा संचालन भए पछि सबै शिक्षक शिक्षिकाहरुले ल्यापटप विद्यालयमा बुझाउनु पर्ने भनिएको छ ।

No comments:

Post a Comment