Friday, June 25, 2021

सरस्वती प्रधान र रुपा सुनवार काण्डमा मन्त्री कृष्ण गोपाल श्रेष्ठको भूमिका

 सरस्वती प्रधान र रुपा सुनवार काण्डमा मन्त्री कृष्ण गोपाल श्रेष्ठको भूमिका




म एमाले पनि होइन, बीमाले पनि होइन तैपनि आज म शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई सलाम गर्न चाहन्छु । रुपा सुनार भन्ने केटीले गर्दा बानेश्वर निवासी ६० वर्षिय सोझी नेवाःनी सरस्वती प्रधानले विना प्रमाण, विना आधार उनैको जाहेरीको भरमा गिरफतार गरेर चिसो छिंडीमा ३ रात थुनियो । आरोप थियो कामी थर दलित भएको कारण कोठा भाडामा नदिएको । आफ्नो घरको कोठा कसलाई भाडामा दिने कसलाई नदिने यो घरपतिको नैसर्गिक अधिकार हो । यो आरोपमा ३ रात प्रहरी खोरमा थुन्नु अन्याय होइन ? 


यसको विरुद्ध नेवाः युवाहरु सरस्वती प्रधानलाई विना शर्त रिहा गर्नुपर्छ भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिए । छातीमा प्लेकार्ड बोकेर सरस्वतीको समर्थनमा टन्टलापुर घामको वास्ता नगरी धर्ना कसे । 



मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि सरस्वती प्रधानलाई छाडिने भयो । 



उहाँको श्रीमानको रोहबरमा छाडियो । अन्यायमा परेका मानसिक यातना भोगेकी सरस्वती प्रधानको चहराई रहेको घाउमा मल्हम लगाउन र सरस्वतीको इज्जत बढाउन मन्त्री कृष्णगोपाल श्रेष्ठले झण्डावाल गाडीमै आएर सरस्वती प्रधानलाई आफ्नो गाडीमा राखेर घरसम्म पु¥याइ दिनुभयो । घरमा ९२ वर्षिय आमासँग भेट््नु भयो । उहाँको मनमा पनि ढाडस बढाउनु भयो । 

यसैलाई मन्त्रीले अपराधी छुटायो भनेर डलरखेती गर्नेहरु स्याल हुँइइया गर्न थालेका छन । तपाईंहरुको हुईयाले केही नाप्दैन अब । नेवाःहरुले सबै बुझिसकेका छन । विना आधार बृद्धा सरस्वती प्रधानलाई ३ रात प्रहरी खोरमा राखेको विरुद्ध अब रुपा सुनारमाथि मानहानी र दुव्र्यहारको मुद्धा हाल्नु पर्छ भन्नेहरुको संख्या पनि बढ्दै छन । यो भविष्यले बताउने छ ।



मन्त्री कृष्ण गोपाल श्रेष्ठले जाहेरी नै दर्ता नगराई प्रहरी खोरमा एक रात पनि नथुनाई छुटाएर ल्याएको भए ।



 उहाँले पदको दुरुपयोग ग¥यो भन्न मिल्छ । उहाँको आगमनले नेवाःहरुको मनमा आखिर नेवाःको पनि नेता छ भनेर देखाइदियो नि । उहाँको एमाले पार्टी पहिचान विरोधी भनेर हामी गाली गथ्र्यौं । आज उही पहिचान विरोधी पार्टीका नेता नेवाःलाई बचाउन, नेवाः पहिचानको लागि अघि सर्नु भयो । अरु पहिचान पक्षधर भन्नेहरु, नेवाः नेताहरु कुन दुलोमा बसिरहेका थिए । आज केही डलरखेती गर्ने नेवाःहरु माननीय शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको विरोधमा उत्रिएका छन । उनीहरु नेवाःको नाममा कलंक हुन । पार्टीको दुलो भित्र लुकेर बसेका नेवाः नेताहरुलाई लाज लाग्नु पर्ने, लाज लाग्यो कि लागेन ? अदालतले निर्दोष ठह¥याइसकेका सरस्वतीलाई रिहा गर्दा विरोध गर्ने रविन्द्र मिश्र, विश्वप्रकाश शर्मा आदिको नेवाःहरुले मूल्यांकन गर्ने नै छ । जे जसो भए पनि यो मामिलामा म मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई सलाम गर्छु । आइ एम विथ कृष्णगोपाल भन्नेहरुको संख्या पनि बढ्दैछन् । 




यसैसम्बन्धमा संचारकर्मि विरेन्द्र शाक्य सामाजिक संजालमा लेख्नु हुन्छ न म जातीय विभेद र छुवाछुतको पक्षमा छु, न त गर्नेहरूको पक्षमा । पहुँचका भरमा नियतवस् कसैलाई षड्यन्त्र र परिबन्दमा फसाउनेहरूको विपक्षमा छु । त्यसकाविरूध्द मन्त्री कृष्णगोपाल श्रेष्ठले जिम्मेवारीपूर्वक राज्यको तर्फबाट जे जस्तो अभिभावकको भूमिका निर्वाह गरे, बिल्कुलै त्यसको पक्षमा उभिएको छु म र उभिई नै रहनेछु ।

नजरराम महर्जन

Photo  From: Facebook

1 comment:

  1. झुठा अफवाह फैलाउनेलाई कानुन अनुसार कार्वाही गर
    नत्र व्यापक आन्दोलन गर्ने चेतावनी

    ReplyDelete