Sunday, November 8, 2020

Covid-19 –सकारात्मक सोच

 Covid-19 –सकारात्मक सोच

  


सरोज महर्जन

(कीर्तिपुर–१० गुत्पौ टोलका सरोज महर्जनलाई कोरोना पोजिटिभ आएपछि उहाँ होम आइसोलेसनमा बस्नु भएको, २१ दिनपछि उहाँले कोरोनालाई जित्नु भयो । उहाँको अनुभव यहाँ प्रस्तुत गरिएको छ —सं)

अब त राति ९ बजे नै सुत्ने गर्छु । वर्षौं भयो सूर्य उदाएको नदेखेको । आज चाँडै बिउँझिए छु । विहान ५ बजेको चिसो हावाले शरीरमा स्पर्श गर्दा, चरा चुरुंगीको चिरबिर आवाज कता कता पुरानो परिचित स्वर, स्नेहयुक्त स्पर्श मानौं मेरो स्वागतको परखाईमा उभिएजस्तो । जोसंग मेरा अतितका कुनै क्षण अलग रहेन । त्यो प्रकृति, त्यो सूर्य जो प्रत्येक नयाँ दिन संगै मेरो लागी सुनौलो विहानी अनि मेरा हरेक दिनको अन्त्य संगै अस्टाउने गर्दथे । उसलाई नै बिर्सिसकेको रहेछ । धन्यवाद छ ल्यखभ िअयचयलब खष्चगक तिमिलाई वितेका मिठा क्षणहरु नजिक ल्याइदिएकोमा । सधैंजसो सामाजिक संजाल तथा संचार माध्यममै घोटलिरहन्थें तर आज उहि जीवन उहि दिन दोहरिंदा पनि केही अलग महसुस भइरहेको छ । संधै सिमित व्यक्ति र असिमित स्वार्थका बीच घेरिएको माहौल हुन्थ्यो । आज उहि दिन थियो तर अनगिनत सहयोगि भावहरु थिए । सामाजिक संजालभरि थुप्रै नयाँ, पुराना साथी भाइहरु, इष्टमित्रहरुका, शुभचिन्तकहरुका सुस्वास्थ्य, स्वास्थ्य लाभ, सुभेच्छुकका सन्देशहरु मानौं मेरो कानमा प्रार्थनाको रुपमा गुन्जिरहेका थिए । बेला बेलामा त्यहि भाव थप गुन्जायमान हुन्थ्यो टेलिफोनको घण्टिमा । धन्यवाद छCovid-19 तिमीलाई पुराना इष्टमित्रहरुसँग जोडि दिएकोमा ।

स्कूलमै सिकाइएको थियो, दैनिक कार्यतालिका बनाउन । भिटामिन के हो ? सन्तुलित भोजन कसरी खाने ? व्यायाम किन गर्नु पर्छ ? सुत्ने र उठ्ने समय कुन हो ? अनुशासन के हो ? आफ्नो कार्य आफै गर्नु पर्छ आदि इत्यादि । तर कुनै माईकालालले व्यवहारमा उतार्न सकेन । तिमी त गुरुको पनि महागुरु रहेछौं । धन्यवाद छ Sars-cov-2  तिमीलाई, स्वयं निर्भर रही बाँच्न सिकाएकोमा । हामी नेपाली जहिले नि सम्झौतामा बाँच्न सिकेका, सिमित साधन, सिमित श्रोत, सिमित समय तर इच्छा अनेक । तर सम्झौतामा बाँच्न सिकेका कामको थालनी गर्छौं, सिमित साधन, श्रोत बाधक बनिदिन्छ अनि वीचैमा छोडि दिन्छौं । अनि सोच्छौं फुर्सदमा पूरा गरौंला, पैसा भए पछि पक्कै हुनेछ ..  वर्षौं भइसक्यो, विर्सि पनि सकेका थिए । तर आज शिसा भित्रको सामान जस्तै सबै ती अधुरा, अपुरा कार्यहरु छर्लङ्ग देखिराछु । आज त्यो पुरा गर्ने ममा जोश छ, मसंग समय छ र म सक्षम पनि छु । धन्यवाद छ कोरोना भाइरस तिमीलाई जीवनलाई पूर्णतासंग जोडिदिएकोमा । Corona महामारीका कारण विश्व आतंकित भैरहेको अवस्थामा सम्पूर्ण जगत नकारात्मक सोचमा दुविरहेको अवस्थामा म पनि कोरोना भाइरस Covid-19 को चपेतामा परिहालें । तर मैले यो समयमा आपूmलाई Home Isolate गर्दै यो समयलाई अवसरको रुपमा लिंदै सकारात्मक सोच राख्दै सकारात्मक कुराहरुको खोजि गर्दैछु । अतः थुप्रै राम्रा कुराहरु भेटाएको छु ।

Relationship सम्पूर्ण टोल, साथीभाई फोन गर्दै,Message गर्दै स्वास्थ्य अवस्था बुझनु हुन्छ, हौसला दिनु हुन्छ । दैनिक आवश्यकहरु सामान घरको ढोकासम्म पु¥याईरहनु भएको छ । २४सौं घण्टा परिवारसंग क्षण क्षणमा तातो पानी, सन्तुलित आहार, सरसफाई लगायतका आवश्यक सामानहरु उपलब्ध गराउँदै छोराछोरी Yoga, Jumba, Music, Exercise Game लगायतका Entertainment बाट साथ दिंदै । मैले थाहा पाएँ जहाँ साथीभाइ, परिवारको साथ छ त्यहाँ दुःख, उदासिनता र एक्लो पनको लागि ठाउँ नै रहँदैन । आज Covid भाइरसले मानिसमा पुनः मानवता जगाएको छ । आफ्नो परम्परा सम्झाएको छ । आपूmलाई कसरी सफा राख्ने ? घर आँगन कसरी साफ सुथरा राख्ने एक अर्कोसँग मिल्दा पश्चिमी शैली होइन, हाम्रो आफ्नै सभ्यता अनुसार आदर, सम्मानका साथ शिर झुकाउँदै, नमस्कार गर्ने कुरा एकचोटि फेरी सम्झाएका छन् । त्भअजलययिनग, आफनो  हातमा संधभै रहने Mobile, Laptap को सहायताबाट अनगिनत कामहरु पुरा गर्न सिकयो । विजुली, पानी, फोन, कर आदि इत्यादिको वील Online भुक्तानी गर्ने बानी बसाल्यो । विना अफिस कोठा, कक्षा कोठा पसल online meeting पनि ग¥यौं । नानी बाबुहरुलाई स्कुले शिक्षा पनि दियौं । online व्यपार पनि 

ग¥यौं । मन पर्ने होटल, रेष्टुरेन्टबाट खाना मगाएर खायौं पनि यसरी बेलामै सचेत भै स्वास्थ वीमा गर्नेलाई Covid-19 ले १००,०००÷ एक लाख रुपैया पनि दिलायो । थाहा भएकै कुरा हो तर पनि आज सुन्न पाउँदा कति रमाइलो लागी रहेको छ । आकाश निलो देखियो रे...!! हावा, वातावरण सफा भो, अब त कीर्तिपुरबाटै सर्वोच्च शिखर सगरमाथा देख्न सकिन्छ रे ...!!! Water Polution कम भयो रे नी !!! रोड accident निक्कै कम भयो रे नी .... !!! Wow !! अत्यन्तै सुखद समाचार ।।

अन्तमा कोरोना रोगलाई नै विश्लेषण गर्नु पर्दछ । जसरी हालको अवस्थामा नेपाल सरकारले नेपाली जनताप्रति गरेको गैर जिम्मेवारी पूर्ण निर्णय जस्मा भनिएका छन कि आइसुलेशनमा बसेका विरामीहरुलाई लक्षण नदेखिए विना PCR बाहिर निस्कन सकिन्छ । लक्षण भएकाहरुलाई Contact Tracing नगर्ने । मृत्यु भैसकेपछि PCR test नगर्ने । कोरोना विरामीको निशुल्क उपचार नगर्ने आदि, इत्यादि .... यसो हुने हो भने, नेपाली गरिव जनताहरु आर्थिक अभाव तथा सामाजिक दुरी हुने दरले रोगलाई लुकाई लुकाई एकले अर्कोमा सार्ने छन् । रोगले भन्दा भोकले मर्ने डरले समस्याको वावजुद सामान्य जीवन अवस्था यो भन्दा भयानक र भयावह हुने छ । म कतिको सही हुँला, त्यो त भन्न सक्दिन । तर मेरो सोचमा त्यस्तो भयावहको अवस्था आउन नदिन, जसरी सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, मिडियाकर्मी र स्वयं जनताले भन्दै आईरहेका छन कोरोना भाइरस एक साधारण रुघा खोकी जस्तो रोग हो । त्यसरी नै व्यवहारमा, समाजमा तथा स्वस्थ क्षेत्रमा (अस्पतालमा) पनि विना सर्त सहज स्वीकार्न सक्नु पथ्र्यो । थाहा छ सरुवा रोग हो, आवस्यक सतर्कता अपनाउने, सुरक्षा अपनाउने तर हरेक अस्पतालमा स्वास्थ्य क्षेत्रमा एउटा साधारण अन्य विरामी सरह नै स्वीकार्न सक्नु प¥यो । हालसम्म Record हेर्दा नेपालमा संक्रमित मध्ये ०.०५% मृत्यु भएको देखिन्छ । जस्मा धेरै जसो सहि समयमा उपचार नपाउनु र मानसिक तनावको कारणले मृत्यु भएका छन । यस कोरोना —विरामीलाई सहज स्वीकार्ने हो भने, हस्पीटल पु¥याउनु पर्ने मध्य आधि विरामी आफ्नो आत्मवल र तनाव मुक्त भएरै निको हुने छन् । बाँकि रहने केही विरामीहरु पनि सहि समयमा सहि उपचार पाएर ठिक हुने छन । हुनत स्वास्थ्य क्षेत्रमा भावनाको स्थान नरहला । तर ‘मर्ता क्या न कर्ता’ भनेझै यस्तो गर्न सक्ने हो भने विश्व स्वास्थ्य संगठनलाई चुनौती हुने छ । विश्व र महामारीका बीच नेपाल र नेपाली एउटा नमूना सहित अगाडि रहने छन । विज्ञान माथि मानवता (मानिसको मानिस प्रतिको विश्वास/माया) को जित हुने छ ।

No comments:

Post a Comment