Sunday, November 8, 2020

कीर्तिपुरमा पहिलोपल्ट तिनवटा सहकारीहरुको एकीकरण

 कीर्तिपुरमा पहिलोपल्ट तिनवटा सहकारीहरुको एकीकरण



कीर्तिपुर सन्देश साप्ताहिक÷

कीर्तिपुर न.पा. वडा नं.९ नयाँबजारमा कार्यालय रहेको दर्शन सहकारीले स्थापना भएको छोटो अवधिमा नै आफ्नो पहिचान मात्र स्थापित गरेन कि आफ्नै नीजि भवन पनि बनाउन सफल भयो ।

     उक्त सहकारीले नेपाल सरकारको नीति अनुसार सोनित्य बचत तथा ऋण सहकारी, ढल्को, काठमाडौं र आदिवासी जनजाती महिला बचत तथा ऋण सहकारी, अनामनगर, काठमाडौंको बीच एकीकरण गर्न सफल भएको छ ।

कार्तिक १३ गते विहिवार दर्शन सहकारीको नयाँ भवन कीर्तिपुरको नगाउँस्थित दर्शन भवनमा एक कार्यक्रम वीच एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर गरी एकीकरण गरिएको थियो ।




          मोबिल्याण्ड ग्रुपका उपाध्यक्ष यशोदा राईले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले गर्नु भएको थियो । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङको प्रमुख अतिथ्यतामा भएको थियो । उक्त घोषणा सभामा पिपलबोट बहुउद्देश्य सहकारीका अध्यक्ष दिनेश थापा सहित आदिवासी जनजाती महिला साकोसका अध्यक्ष शान्ति कुमारी राई र स्वनित्य साकोसका अध्यक्ष तारा तुलाधर दर्शन साकोसका सल्लाहार नजरराम महर्जन लगायतको उपस्थिति रहेका थिए । 

प्रमुख अतिथि काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङले नेपाल सरकारले २०७४ सालमा बनाएको सहकारी कानुन अहिले २०७७ असोज महिनादेखि लागु भएको छ । सो नीति अनुसार सहकारीहरुको मर्ज गराउने रहेको छ । अहिले काठमाडौं जिल्लामा मात्र ४५०० वटा सहकारी सक्रिय छन् । यी सहकारीहरुलाई एक अर्कोमा मर्ज गराएर ३००० मा झार्ने रहेको छ । अहिले आपूmसँग मन मिल्नेसंग मर्ज गरिएन भने भोलि जो पायो त्योसंग मर्ज गर्नु पर्ने बाध्यता आउन सक्छ । अहिले ३ वटा सहकारी मर्जहुँदा कार्यक्षेत्र बढ्ने र अझ प्रभावकारी हुने बताउनु भयो ।



आफ्नो भनाई राख्ने क्रममा आदिबासी जनजाती महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष शान्ति कुमारी 

राईले दर्शन सहकारी जस्तो आफ्नै भवन भएको र अनुभवी कर्मचारीहरुले भरिएको सफल सहकारीसँग मर्ज हुन पाउँदा हामी सबै खुसि भएका छौं । हाम्रा सेयर सदस्य र संचालक समितिका साथीहरु पनि सुरक्षित हुने कुरामा ढुक्क भएका छन । 

त्यस्तै सोनित्य साकोसका अध्यक्ष तारा तुलाधरले सहकारी खोलेर मात्र हुँदैन त्यसलाई राम्ररी संचालन पनि गर्न जान्नु पर्ने 

रहेछ । अहिले दर्शन सहकारी जस्तो सुविधा सम्पन्न भवन, चुस्ट व्यवस्थापन, समय सापेक्ष सफ्टवेयर सिस्टम भएको संस्थासँग मर्ज हुन पाउँदा खुसी भएको बताउनु भयो । 



सभाको अन्तमा सभापतित्व ग्रहण गरिरहनु भएका दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले कीर्तिपुरमै पहिलो पटक ३ वटा सहकारी मर्ज भएको यो नै पहिलो हो । अब एकीकरण पछि कार्य क्षेत्र, पूँजीसमेत थपिने भएकोले सोही अनुसार अगाडी बढ्ने बताउनु भयो । एकीकरण पछि संस्थाको नाम दर्शन सहकारी नै राख्ने कि या अरु कुनै नाम राख्ने यसबारे आपसी छलफलबाट तय हुने बताउनु भयो । मर्ज पछि यो सहकारीको मुख्य कार्यालय दर्शन भवन नगाउँमै हुनेछ । अरु सदस्य सम्पर्क कार्यालय मात्र हुनेछ । एकीकरण पछिको संस्थाको विनियम, नीति, कार्यविधि अनुरुप अघि बढ्ने छ । अहिले तदर्थ समिति निर्माण गरी सो समितिले नै नामको बारेमा निर्णय गरिने छ । मंसिर महिनाको अन्त सम्ममा एकीकृत साधारण सभा गर्ने लक्ष्य रहेको बताउनु भयो ।

तीनवटै सहकारीका शेयर सदस्यहरुको शेयरको मुल्य थपघट नहुने सबैको एक शेयर बराबर सय रुपैयाँ नै हुने बताउनु भयो ।

त्यसपछि सम्झौता पत्रमा हस्ताक्षर गरी सोनित्य साकोसका तारा तुलाधर, आदिवासी जनजाती महिला साकोसका तर्फबाट शान्ति राई र दर्शन साकोसका अध्यक्ष दिनेश दर्शनधारीले सम्झौता पत्र एकले अर्कोलाई हस्तान्तरण गर्नु भयो ।

No comments:

Post a Comment