Saturday, October 3, 2020

गाँजा बहस भाग—२

 गाँजा बहस भाग—२

खोज तथा संकलनमा आधारित




दिनेश दर्शनधारी

गाँजालाई प्राचिनकालदेखि बिजयाको नामले पनि चिनिन्थ्यो । यसको अति महत्वपूर्ण गुणहरूले गर्दा यसलाई ’कोहिनुर अफ हर्बस्’ पनि भन्ने गरिन्छ । अहिले कहीँ कहीँ गाँजालाई ‘कृषि हिरा’ पनि भन्ने गरिएको छ । गाँजाको ईतिहास हेर्ने हो भने सर्वप्रथम ताईवानको एउटा गाउँमा १० हजार बर्ष अगाडी गाँजाको धागो प्रयोग गरेर भाँडाकुडा बनाउने चलन थियो । 

हिन्दु धर्ममा गाँजाको प्रयोग जति महत्वपूर्ण मानिन्थ्यो त्यति नै बुद्धिजम्, ईस्लाम, यूनानी, टाओ,  सबै धर्ममा गाँजाबाट बन्ने औषधिको बारे उल्लेख छन् । मुख्यत हिन्दु धर्ममा गाँजालाई शिवजीको प्रसाद मानिन्छ । शिवरात्रीमा शिव लिङ्गमा गाँजा र भाङ्गको पात नचढाईकन पुजा पुरा हँुदैन । शिवरात्रिमा भगवान शिवको आराधना पछि उनको आशीर्वाद प्राप्त गर्न र पाप मोचन गर्न गाँजा खाने चलन रहेको छ ।

नेपालको हिन्दु धर्मका ५००० बर्ष पुरानो अर्थव बेदको ११औं काण्डको १८आंै सुत्रमा गाँजाको बोट भगवानले बनाएको ५ वटा सर्वश्रेष्ठ बोट मध्ये एक हो भनेर उल्लेख गरिएको छ । मनको डर भगाउन र सुख प्राप्तिको लागि गाँजाको सेवन गर्नु पर्छ भनि लेखिएको छ । गाँजाको अर्थवबेदमा ४५ भन्दा बढी नाम दिईएको छ । केही यस प्रकार छन् । १) बिजया २) ईन्द्र सेना ३) अजय ४) मोहिनी ५) सिद्धि ६) उन्नदा ७) उर्जया आदि । गाँजाको क्वालिटि र यसको महत्व अनुसार फरक नाम दिईएका हुनाले प्राचिन समयमा नै ४५ प्रकार भन्दा बढी प्रकारका गाँजा उत्पादन हुन्थ्यो भन्ने अनुमान लगाउन सकिन्छ ।

नेपालमा गाँजा कहिलेबाट प्रयोग गरियो भन्ने एकिन प्रमाण नभएपनि पहिलेका बुढापाकाहरूले शारीरिक पीडा कम गर्न र अनिद्रा भगाउन गाँजाको प्रयोग गर्थे । नेपाली समाजमा भजनकीर्तन तथा चाडपर्वमा गाँजाको प्रयोग परापुर्व कालदेखि नै गरिँदै आएको छ । घरमा जोगी वा साधुहरू आउँदा तिनीहरूलाई गाँजा दिएर खुसी बनाइन्थ्यो । नेपाल र भारतमा मनाइने फागु वा होली पर्वमा भाङको लयु वा भाङको सर्बत खाने चलन अहिले पनि छ ।

मार्टिन बुटको ‘गाँजाको ईतिहास’ भन्ने किताबमा लेखिए अनुसार १५ औं शताब्दीमा नेपालमा सैनिकहरूलाई लडाईँ गर्न जानु अगाडी साहसका साथ लड्न सकियोस् र सहि निसाना ईमान्दारीका साथ लगाओस् भनेर गाँजा खुवाउने गरिन्थ्यो । नेपालमा ४०० बर्ष अगाडी १७ औं शताब्दीमा नै गाँजालाई औषधीको रुपमा प्रयोग गरेको पाईएको छ । 

डाक्टर पुजाको ‘ईकोनोमिक बोट्नी’ भन्ने किताबमा लेखिए अनुसार १९ औं शताब्दीमा नेपालमा गाँजा रोपेको ठाउँमा केटाहरु नाङ्गै तेल दलेर कुद्ने र शरिरमा टाँसिएका कुराहरू माडेर निकालिएको पदार्थलाई  हाइसिस अथवा चरेस बनाउने गरिन्थ्यो । १९ औं शताब्दीमा नै नेपालका तराईका बारा, पर्सा, सिराहा, सप्तरी, महोत्तरी जस्ता जिल्लाहरूमा नगदे बालीको ब्यापक रूपमा गाँजा उब्जाउन थालिएको थियो । दोस्रो बिश्व युद्ध ताका संसारभर नेपालको गाँजा प्रख्यात थियो भनेर पनि यस कितावमा उल्लेख गरिएको छ ।

सन् १९६० मा डाक्टर टिमोठी लेरी, जो हार्वड युनिर्भसिटीका प्रोफेसर हुनुहुन्थ्यो जसले हिप्पीज्म् सुरु गरेका थिए । नेपालमा पनि सोही दशकमा पश्चिमा हिप्पीहरू काठमाडौंमा गाँजा सेवन गर्न आउन थालिसकेको थियो । सुरु सुरुमा काठमाडौको रञ्जना गल्ली छेउबाट गाँजा विक्री वितरण हुन्थ्यो । नेपाली समाजमा परापुर्वकालदेखि गाँजा रोपिँदै र बिभिन्न रुपमा प्रयोग गरिंदै आएको भएता पनि कुनै नियम कानुन भने बनेको थिएन ।

 नेपालमा हिप्पीहरू आउन सुरु भएपछि नेपालको तत्कालिन सरकारले गाँजालाई बेचेर पैसा कमाउन र कर उठाउन सकिन्छ भन्ने महसुस ग¥यो र सन् १९६१ मा गएर गाँजाको खेती गर्न र बेच्न लाईसेन्स लिनु पर्ने कानुन बनायो । यो कानुन आए पछि ३० वटा पसललाई लाईसेन्स दिएको कुरा उल्लेख छ । जुन प्राय सबै काठमाण्डौको बसन्तपुरमा नै थियो । त्यो बेला गाँजाबाट बन्ने बिभिन्न परिकारहरू जस्तै गाँजाको चिया देखि लिएर गाँजा मिसाएको टोस्ट अण्डा, गाँजा केक, गाँजा जुस आदि समेत पाईन्थ्यो । त्यो बेला हिप्पीहरूले नेपाल आएर यति धेरै बिदेशी मुद्रा नेपालमा भित्राए की नेपालमा महंगी दर पनि ह्वात्तै बढाएको थियो । प्राय सबै जसो नेपाली किसानहरूले धान, मकंै, गहु आदी रोप्न छोडेर गाँजा रोप्न थालेका थिए । अहिले पनि नेपालका हरेक ठाउँमा नरोपे पनि त्यतिकै गाँजाको बोटहरू यत्रतत्र देखिनुको कारण त्यसबेला रोपिएका बिरुवाका अवशेषहरू अहिले पनि भएको दरो प्रमाण हो ।

१९७० को दशकमा नेपालमा राजा महेन्द्र थिए । काठमाण्डौं बिश्वमा नै त्यस बेला गाँजा र हिप्पीको लागि चर्चित भईसकेको थियो । युरोपबाट अफ्गानीस्तान, पाकिस्तान, जम्मु कस्मीर हँुदै नेपालसम्म गाडीमा नै आई पुग्थे । हिप्पीहरूलाई सबभन्दा चाहिने बस्तु भनेको गाँजा जुन नेपालमा अति राम्रो र सस्तो भएकोले हिप्पीको पहिलो रोजाई नै त्यस बेला काठमाण्डौं हुन गयो । हलिवुडका त्यसबेलाका प्रख्यात कलाकारहरू मिक ज्याकल, जोन लेनल, जिमी हिनरिक्स आदि गोप्य रुपमा नेपाल आएका थिए भन्ने पनि सुनिन्छ । त्यो बेला नेपालमा गाँजा कानुन भएकोले बिदेशी हिप्पीहरूलाई त स्वर्गजस्तो नै थियो । तत्कालिन समयमा नेपालको काठमाण्डौंलाई ‘हेस क्यापिटल’ अर्थात चरेसको राजधानी समेत भन्ने गरिन्थ्यो ।

तत्कालिन समय अर्थात सन् १९७२ तिर नेपाल र मोरोक्कोको उत्पादनले संसार कै ५० प्रतिशत गाँजा सप्लाई धानेको थियो भन्ने कुरा ईतिहासमा उल्लेख छ । त्यो बेला नेपाल सरकारले गाँजा बेचेको कर मात्र बार्षिक एक लाख डलर उठाएको थियो भने हरेक नेपाली नागरिकले गाँजा खेती देखि गाँजा पर्यटनबाट मनग्य आम्दानी गरिरहेका थिए । 

बि. स. २०३८ मा अमेरिकाको CIA को निर्देशनमा नेपालका तत्कालिन बडा महारानी ऐश्वर्यको सर्मथनमा गाँजा प्रतिबन्ध भयो । तत्कालिन राजा समेत गाँजाको पारखी भएको र सो कुरा बडामहारानीलाई पटक्कै मन नपरेको अवस्थामा CIA लाई गाँजा प्रतिबन्ध लगाउन सजिलो भयो । राजा बिरेन्द्रले कानुनी र कागजी जेसुकै भए पनि नेपालको जनतालाई यसको खेती र ब्यापार गर्न नरोक्नु भन्ने आदेश थियो । पछि CIA ले यो कुरा मानेन र पुरै बन्द भयो । 

१६ जुलाई १९७३ मा अमेरिकाले यू एन् संग मिलेर गाँजाको सबै लाईसेन्स खारेज गर्न लगायो र नेपाल सरकारको मात्र नभई नेपाली किसानहरूको आयस्रोतमा समेत यसले नराम्रो धक्का दियो । १९७६ मा नेपालमा नार्कोटिक डग एक्ट आएपछि भने पुर्ण रुपमा गाँजालाई बन्द नै ग¥यो । कुनै समय नेपालको गाँजाको बजार दक्षिण एसिया कै उत्कृष्ट मानिन्थ्यो । नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रुपमा स्थापित थियो । नेपालको अर्थतन्त्रमा बिषेश महत्व राख्ने गाँजामा समय क्रमसंगै प्रतिबन्ध लाग्दा तत्कालिन नेपालको अर्थतन्त्रमा नै ठुलो धक्का लागेको थियो ।   क्रमश.........


No comments:

Post a Comment