Friday, October 2, 2020

कीर्तिपुरमा अझसम्म धेरै चिन्ता लिनुपर्ने अवस्था छैन’

 ‘कीर्तिपुरमा अझसम्म धेरै चिन्ता लिनुपर्ने अवस्था छैन’ 

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनसंग कोविड–१९ को सवालमा कीर्तिपुर नगरपालिकाले गरिरहेको काम अनि नगरपालिकाबाट जनताको लागि गरीरहेका विभिन्न किसिमको काम अनि कोरोनाको समयमा आइरहेको समस्या बारे ज्वजलपा वाःपौलाई नेपालभाषामा दिनुभएको अन्तर्वार्ताको भाषानुवाद (सं)

मेयरज्यू, आजकल कोरोना महामारी झन खतरनाक तरिकाले फैलिंदै छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु बढीरहेको छ । कीर्तिपुरमा कोरोना नियन्त्रण गर्नको लागि नगरपालिकाले कस्तो योजना बनाएको छ ?

—कोरोना संक्रमितहरु झन झन बढीरहेको छ । अनि कोरोना संक्रमितहरु काठमाडौं उपत्यका भित्र दिनहुँ बढीरहेको छ । काठमाडौं उपत्यकाभित्रको कुरा गर्ने हो भने अरु नगरपालिकाहरुको तुलनामा कीर्तिपुर नगरपालिकामा कम मात्र संक्रमितहरु देखिन्छ । कीर्तिपुरमा कोरोना नियन्त्रण गर्नको लागि संक्रमितहरु फेला प¥यो भने कन्ट्याक्टे«सिंग, पिसिआर परिक्षण गर्नु र आइसोलेसन गर्ने गरिंदै आइरहेको छ । त्यसको साथै मास्क प्रयोग गर्ने, सेनेटाइजर प्रयोग गर्नको लागि जनचेतना बढाउने, सम्झाउने बुझाउने गरिंदै आइरहेको छ ।

पिसिआर परिक्षणको लागि मेसिन ल्याईसकेको अवस्थामा नगरवासीहरुलाई कस्तो सुविधाहरु दिनु भएको छ ?

—कीर्तिपुर नगरपालिकाको कार्यपालिकाले एउटा निर्णय गरिसकेको छ । कीर्तिपुर नगरपालिका बाहिरकाको पिसिआर परीक्षण गर्न २ हजार रुपैया, कीर्तिपुर नगरपालिकाको लागि १५ सय रुपैया स्वयंसेवी रुपमा गर्ने, कन्ट्याक्ट्रेसिङमा आउनेलाई निशुल्क व्यवस्था गरिएको छ । कीर्तिपुर नगरपालिकासंग जोडिएका वडावासीहरुको लागि १८०० रुपैयामा पिसिआर परीक्षण गर्ने नीति बनाएको छ ।

पछिल्लो समयमा केन्द्रीय सरकारले अब आइसोलेसन स्थानीय सरकारलाई दिने कुरा आएको छ, त्यस्तो जिम्मेवारी आयो भने व्यवस्थापन गर्ने सवालमा के हुन्छ ?

—नगरपालिकाले विशेष गरी होम आइसोलेसनलाई पहिलो प्राथमिकता दिंदै आएका छौं । घरमा बस्ने अवस्था रहेन भने त्रिबिमा रहेको आइसोलेसनमा राख्ने । त्यहाँ पनि ठाउँ रहेन भने सरकारको विभिन्न स्थानमा पठाउने गरेको छु ।

स्थानीय सरकारलाई जिम्मा दियो भने ?

—हामीकहाँ आइसोलेसनको ठाउँको व्यवस्था सजिलै गर्न सकिन्छ । स्वास्थ्यकर्मी प्राविधिकहरुको व्यवस्था गर्न गाह्रो हुनसक्छ । तैपनि चाहिएको खण्डमा गर्न नसक्ने पनि होइन । त्यसको लागि स्वास्थ्य चौकीहरु छन । कीर्तिपुर नगरपालिकाभित्र त्यहाँको जनशक्ति परिचालन गर्न सकिन्छ । व्यवस्थापन गर्ने तयारी पनि छ । 

संक्रमित भएको आशंका भयो भने नगरपालिकामा कहाँ सम्पर्क राख्ने ? 

नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न सकिन्छ । त्यसको लागि शाखा प्रमुख हुनुहुन्छ । 

कीर्तिपुरमा संक्रमितहरुको तथ्यांक कसरी आउँछ ? केन्द्रीय सरकारसँगको सम्बन्धको सवालमा के छ ?

—डिसिएमसी टेकु शाखाबाट कीर्तिपुर नगरपालिकामा आयो भने मात्र तथ्यांक राख्ने गरिंदै आइरहेका छौं । आधिकारीक रुपले आयो भने मात्र उनीहरुले जानकारी दिने हो । यो एक प्रकारले एकद्वार प्रणालीबाट आइरहेको छ । ठिकै छ ।

काठमाडौं उपत्यकामा मेयर फोरम छ तर पछिल्लो समयमा आएर केन्द्रीय सरकार र मेयर फोरम बीच समस्या भएको हो कि के हो ? 

—कोरोनाको सवालमा मेयर फोरमभित्र पनि मेयरहरु बीच बृहत्त रुपमा एक मत हुन सकेको छैन । जसरी कि पछिल्लो समय कफ्र्यू लगाउन सिडिओ मार्फत सरकारलाई अनुरोध गर्ने भन्यो । यसो नगरे हुन्छ भनेर म लगायत धेरैको धारणा थियो । तैपनि अनुरोध गरियो । कोरोनाको सवालमा बृहत्तर एक मत हुन नसकेकोले अलि अस्पष्ट भैरहेको छ ।

अहिले  कोरोनाको सवालमा यो यो गर्ने भन्ने बुँदागत रुपमा भन्नुपर्दा के भन्नुहुन्छ ?

—कोरोनाको सवालमा मूल रुपमा भन्नुपर्दा ट्रेसिङ, पिसिआर र आइसोलेसन हो । त्यो नगरपालिकाले गरिरहेको छ । यो बाहेक अर्को विकल्प छैन । अहिलेसम्मको अवस्थामा नगरपालिकामा पीर लिनु पर्ने अवस्था छैन । भोलमको रुपमा भोलि कति बढ्दै जान्छ त्यसबेला के हुन्छ भन्न सकिन्न, तर अहिलेसम्मको लागि चिन्ता लिनुपर्ने अवस्था छैन ।

कोरोना महामारीको कारणले कीर्तिपुर नगरपालिकाको काममा कतिको प्रभाव पारेको छ ? 

—कोरोनाले सबै क्षेत्रमा प्रभाव पारेको छ । लकडाउनमा अरु काम भएन । अत्यावश्यक मात्र काम भयो । विकास निर्माणको काममा समस्याहरु आयो । सामान किन्न नपाएर समस्या भयो, काम गर्नेहरु नभएर समस्या भयो । सेवा प्रवाहमा स्तर उन्नती गर्नु पर्नेमा समस्या आयो । लकडाउनको बेला कर्मचारीहरु पनि आए पनि हुन्छ नआए पनि हुन्छ जस्तो भयो । त्यसैले समस्या नै भएको थियो ।

 तपाईंको कार्यकाल तीन वर्ष सकियो । यो अवधिमा कीर्तिपुर नगरपालिाकामा उल्लेख गर्न लाय्क के के काम भयो भन्न सक्नुहुन्छ ? 

—विषयगत रुपमा भन्नु पर्ने देखिन्छ । पूर्वाधार निर्माणमा बाटो फराकिलो पार्ने, स्तरोन्नती गर्नुको साथै ममैत गर्ने काम भइरहेको छ । बाटोको काम गरी अब फिनिसिङ गर्ने काम भइरहेको छ । खेलकूदको सवालमा एक वडा एक खेलकूड स्थल अन्तर्गत काम भइरहेको छ । ठाउँ ठाउँमा कभर्डहल बनाउने, खेल मैदान बनाउने काम सुरु भइरहेको छ । कीर्तिपुरमा बृहत्त रुपमा रंगशाला बनाउनको लागि काम भइरहेको छ । खेलाडी उत्पादन गर्ने काम सुरु गरेका छौं । सामाजिक क्षेत्रमा भन्ने हो भने ज्येष्ठ नागरिकहरुलाई सुगर र प्रेसरका रोगीहरुलाई चाहिने औषधी निशुल्क, दीर्घरोगीहरुलाई सुविधा दिने काम भइरहेको छ । घर घरमा स्थानीय सरकार भनेर सुत्केरीलाई बधाईको साथै पहिले दुई हजार रुपैयाँ दिंदै आएकोमा यस वर्षदेखि रु. तीन हजार दिने गरेका छौं । कसैको घरमा निधन हुँदा नगरपालिकाकाप्रतिनिधिहरु गएर श्रद्धाञ्जलीको साथै रु तीन हजार रुपैया दिंदै आइरहेका छौं । हरेक वडामा ज्येष्ठ नागरिक दिवा सेवा संचालनको लागि सहयोग गरिरहेका छौं । पानीको सवालमा तीन चार ठाउँमा डीप बोरिङ गरिसकें । हामी आउनुभन्दा अगाडि र अहिलेको तुलना गर्दा धेरै प्रगति भएको छ । घर घरमा पानी पु¥याउने काम भएको छ । यसपाली वडा नं.४ बाट सुरु गरी एउटा तथ्यांक संकलन गरेका छौं, त्यसको आधारमा भन्ने हो भने करिब १३ हजार घरधुरी रहेकामा पुग न पुग ११ हजार घरधुरिमा धारा पुगिसकेका छन । हामै्र कार्यकालमा प्रत्येक घरमा धारा पु¥याउने योजना छ ।

स्थानीय पाठ्यक्रममा काठमाडौं महानगरपालिकाले जस्तै नेपाल भाषामा पढाउने व्यवस्था गर्नु पर्छ भन्ने कीर्तिपुर नगरपालिकाको तयरी के छ ?

—किपू नगरपालिकाको शिक्षा समितिबाट स्थानीय पाठ्यक्रम बनाउनको लागि उपसमिति बनाएर अगाडि बढीरहेको छ । त्यसको फाइनल पाठ्यक्रम प्रस्तावना पेश भइसकेको छ । त्यसमा अझ सरसल्लाह गरेर विषयवस्तुको संख्यामा भन्दा पनि नेपालभाषालाई कसरी समावेश गराउने भन्ने बारे छलफल र परिमार्जन गर्न बाँकी भएकोले हामीले फाइनल गरेको छैन ।

 कीर्तिपुर डाँडालाई पर्यटक क्षेत्रको रुपमा सवारी साधन विनाको ठाउँको रुपमा लैजान सके आकर्षणको केन्द्र हुनसक्छ भन्ने मानिसहरुको भनाई छ । तपाईको के भनाई छ ? 

—हामी निर्वाचित भएर आएदेखि यो बारे सरसल्लाह भइरहेको छ । कीर्तिपुर डाँडामा जाने तीन चारवटा नाका तयार गर्नुपर्छ । अनि कीर्तिपुरको रिंगरोडमा बस रोकेर माथि जाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि पार्किङस्थल बनाउनु पर्छ । जबसम्म स्थानीयहरुलाई सम्झाउन बुझाउन सकिंदैन त्यसबेलासम्म यो काम गर्न सकिंदैन । नमूनाको रुपमा हप्तामा एक÷दुई दिन सवारी वन्द साधन बन्द गर्दा त्यसको नतिजा के आउँछ ? जनताले कसरी लिन्छ ? त्यसको आधारमा जान व्यापक छलफल गरेर जानु पर्छ ।

अभ्यास तपाईंको कार्यकालमै सुरुवात हुन्छ कि ? 

—हुन्छ, अवश्य हुन्छ ।

यस पत्रिका मार्फत दिनुपर्ने सन्देश छ भने भन्नुहोला ।  

—यसपाली डिजिटल कीर्तिपुर बनाउने सोच बनाएर काम गरिरहेको छु । अहिले १८/१९ किसिमको सफ्टवेयर प्रयोग गरिरहेका छौं । कीर्तिपुर नगरपालिकाको सेवा घरबाटै लिन सकोस भन्ने योजना बनाईरहेका छौं । इन्टरनेटको माध्यमबाट आफ्नै घरमा बसेर चाहिने निवेदन राख्न सकिने छ । कीर्तिपुर नगरपालिकाले डिजिटल घर नम्बर दिने किसिमले छवटा इलाका बनाएका छौं । ती मध्य एक क्षेत्रमा नम्बरसम्म राखिसकें अब वितरण हुन्छ । कसको घर कहाँ पर्छ भनेर घरमै बसी थाहा पाउन सकिन्छ ।

No comments:

Post a Comment