Friday, June 5, 2020

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–५

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–५

      पुनश्चः अघिल्ला अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु नयाँबजार क्लबबाट संचालित कीर्तिपुर एम्वुलेन्सलाई  निरन्तरता दिन नयाँसवारी साधन व्यवस्थापनको क्रममा सहयोग गर्ने सहयोगी तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुबाट आफु बसाई सरेको ठाउँको स्थिति जानकारी राख्ने तथा उहाँहरुको अनुभव, वस्तुस्थिति र उहाँहरुको छोटो परिचय समेत समावेश  गरी धेरैजसोले अंगेजी माध्यमबाट लेखी पठाउनु भएका र उहाँहरुसंगको भलाकुसारीको विषय वस्तुको मूल भाव कायम रहने गरीे योआलेख तयार पारीएको हो ।
कीर्तिपुरबाट सन् २००६ मा United Kingdom जानु भएका लक्ष्मी महर्जन श्रेष्ठको भोगाइः


 लक्ष्मी महर्जन

कीर्तिपुर न. पा.–५, पिपलबोट, भत्केपाटी निवासी लक्ष्मी महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा Women's Guidence Association (WGA) Thamel Ktm मा Excutive member  पदमा कार्यरत हुनुहुन्थ्यो । २०६३ साल देखि Broadstairs , Kent, London मा सपरिवारसहित रहिरहनु भएका महर्जन, हाल उहाँ, London स्थित East Kent Hospital University NHS Fiundation Trust को Queen Elizabeth queen Mother Hospital (QEQM) margate  को Medical ward  मा Health Care Assistant  रुपमा कार्यरत हुनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः (May 15 मा प्राप्त पत्रको आधारमा)
लण्डनमा सुरुसुरुमा कोभिड–१९ को बिरामीको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थामा मैले काम गर्ने मेडिकल वार्डमा रहेका बिरामीहरुलाई अरु वार्डमा सारियो र कोभिड—१९ को बिरामीलाई मात्र हेरचाह गर्ने ब्यवस्था गरियो । कोरोना भाइरसको हल्ला र विरामी तथा मृतकको संख्या सुनेर पनि होला शायद यो रोग लागेको मानिस कस्तो होला भनेर सुरुमा निकै डर त्रास वा खुलदुली पनि भयो । अस्पतालमा बिरामीहरु  भटाभट आउन थालेपछि सबै सामान्य जस्तै लाग्न थाल्यो र काम पनि सामान्य रुपमा विगतमा जस्तै गर्न थालें ।

बेलायत बिश्वकै अति बिकसित देशहरु मध्ये एक भए पनि कोभिड–१९ को कारण आज सम्म ३२,००० भन्दा बढी मृत्यु भइसकेका छन् र सवा दुई लाख भन्दा बढी यो भाइरसबाट संक्रमित भइसकेका छन् । यस देशमा बस्ने नेपालीहरु मध्ये ६० जना मृत्यु भइसकेको थाहा लागेको छ । मृत्यु हुनेहरुको संख्या यसरी हजारौंमा पुग्नुको मूख्य कारण बृद्धहरु र अन्य रोगबाट पिडितहरुमा यो भाइरस छिटै संक्रमित हुनु हो । स्वास्थ्य उपचारको अत्याधुनिक उपकरण र सर्वसुलभ स्वास्थ्य उपचारको सुविधा भएको यो देशको अस्पतालमा यो रोग संक्रमित बिरामीको चाप बढेपछि भूँइचालो या अन्य दैविक प्रकोपले प्रभावित क्षेत्रमा देखिने अस्त ब्यस्त जस्तै देखियो । स्वास्थ्यकर्मीहरुलाई नै आवश्यक PPE र मास्क आदिको अभाव हुने स्थिति समेत देखियो । ब्यवस्थित र योजनाबद्ध रुपमा काम गर्न नपाइनाले स्वास्थ्य कर्मीहरु नै यो रोगबाट संक्रमित हुने स्थिति आइलाग्यो । हालसम्म यो देशको विभिन्न अस्पताल सहित एकै दिनमा १ लाख भन्दा बढी संख्यामा यो भाइरस जाँच गर्ने क्षमता हुँदा समेत अझै यसको अभाव खड्किएको देखियो ।

म एक स्वास्थ्यकर्मीको रुपमा यो अस्पतालमा Health Care Assistant पदमा कार्यरत छु । काम गर्ने क्रममा म आफै पनि यो रोगबाट संक्रमित भएको लक्षण देखियो जाँच गर्न नाक र मुखबाट स्वाब पठाएर २ हप्ता घरमा बसुन्जेल, नेपाली मसलाहरु बेसार, अदुवा, लसुन, ल्वाङ आदि उमालेर नियमित पानी पिएर, ज्वरोका लागि Cetamol खाएर र हात नियमित धोएर आफुले प्रयोग गरेका सामानहरु परिवारका अन्य सदस्यहरुलाई प्रयोग गर्न नदिकन बसेको थिएँ  । मलाई यो रोग लाग्दा यी लक्षणहरु महशुस गरें वा देखा परे । ३/४ दिन अलि अलि ज्वरो आयो, ४/५ दिन पछि पुरै जीउ दुख्न थाल्यो, १ हप्ता जति नै खाना स्वादविहिन भयो, ३/४ दिन पेट कटकट दुख्यो र पछि पातलो दिसा भयो ।

यी सबै भएपछि मलाई कमजोर महशुस भयो । मैले दिनदिनै पुरै आराम गरें, दिनदिनै घाम तापें, प्रशस्त सुतें वा आराम गरें, भिटामिन C र D supplement को रुपमा लिएँ । सिटामोल र तातोपानी नियमित खाएँ । यसरी म यो रोगबाट बच्न सकें । मानिसहरु मा कोरोना भाइरस लागेपछि मरिन्छ भन्ने जुन डर थियो त्यो होइन भन्ने मलाई लाग्यो । यसर्थ मेरो विचारमा नेपालमा नेपालीलाई यो रोग लागेमा पनि खासै डराउनु पर्छ जस्तो लाग्दैन । उपचार खासै जटिल नभएकोले समयमा सतर्कता अपनाएर माथि उल्लेख गरिएका प्रक्रिया अबलम्वन गर्नुका साथसाथै मनोबल पनि उच्च पारेमा यो रोग निको पार्न सक्छौं । तर मेरो बिचारमा नेपालमा
रोगीबाट अलग्गिएर बस्न मात्र चुनौती हुन सक्छ जस्तो लाग्छ । जुन यो रोग फैलिनबाट रोक्नको लागि अति नै महत्वपूर्ण छ । त्यसैले एक अर्काको बीचमा भौतिक दुरी कायम गर्नु नै बुद्धिमानी हुन्छ ।

कीर्तिपुरबाट सन् २०१८ मा Bangladesh जानु भएकीे एक मेडिकल विद्यार्थीको भोगाइः (नाम खुलाउन नचाहेकी) (June 1 मा भएको पत्र र भलाकुसारीको आधारमा) Covid-19  विश्वभरि फैलिए पछि ब्यक्तिगत अवस्था वा अनुभवः

म बंगलादेशको एक मेडिकल कलेजमा MBBS third year मा यही कलेजको होस्टेलमा बसेर अध्ययन गरिरहेकी छु । यो कलेजमा बिभिन्न ब्याचका गरेर केटाहरु ५ जना र म सहित केटीहरु ३ जना गरी जम्मा ८ जना नेपाली बिद्यार्थीहरु छौं । बंगलादेशमा March १५देखि शैक्षिक संस्थाहरु बन्द गरेको थियो भने March 26  देखि Lockdown  भएको थियो । बास्तवमा बंगलादेशमा सरकारले बन्दाबन्दीे घोषणा गरे पनि यहाँ म बसिरहेको ढाकाको शेरे बंगला नगरमा  पूर्ण रुपमा बन्दाबन्दी सफल भएको देखिदैन् । होस्टेलबाट हेर्दा यहाँ ठुला ठुला नगर बसहरु मात्र चलेको देखिदैन विगतमा जस्तै अरु यातायातको साधनहरु,CNG (हाम्रो ट्याम्पु जस्तै), रीक्सा आदि चलेको देखिन्छ । मानिसहरु पनि सडकमा हुलका हुल हिडिरहेको देखिन्छ । पसलहरु पनि खुलिरहेकै छ, मार्नौ लकडाउन नै छैन जस्तो, बंगलादेशमा Lockdown हो र ? भनेर हामीहरु त Confusion  मा हुन्थ्यौं । यहाँका मानिसहरुले घर बाहिर जाँदा मास्क पनि लगाएर जाँदैनन् । यहाँका नागरिकहरुले बन्दाबन्दी पालना नै गरिरहेको छैन । शायद यो अति धेरै नै जनघनत्व बढी भएको देश भएर पनि हुनसक्छ, भनिन्छ नेपालको कुल जनसंख्याको दुईतिहाइ भाग (२ करोड भन्दा बढी) जनसंख्या राजधानी ढाकामा मात्र छ । हाम्रो जति नै क्षेत्रफल भएको देशमा हाम्रो जनसंख्या भन्दा झण्डै छ गुणा (१६.५ करोड) जनसंख्या छ । बंगलादेशमा आज June 1 सम्ममा लगभग ४५,००० जना संक्रमित, ५०० जना मृत्यु र १०,००० जना निको भएर गएको समाचार छ ।

म बसिरहेको होस्टेलकोForign block मा नेपाली, पाकिस्तानी, भुटानी र भारतका कास्मिरीहरु छन । तिनीहरु सबैलाई नै उनीहरुको सरकारले evacuate (उदार)गरी लगिसक्यो तर अहिले हामी नेपालीहरु मात्र छौं । हाम्रो सरकारले बंगलादेशमा अध्ययन गर्न बसेको बिद्यार्थीहरुलाई खासै वास्ता नगरेको जस्तो महशुस भयो । किनभने हाम्रो कलेजको Principal ले एउटै होस्टेल एउटै कोठामा बस्ने अन्य देशका विद्यार्थीहरुबारे के कस्तो छ भनी बुझ्न आउने र बिद्यार्थीलाई चिठ्ठी दिन आउने तर हामीलाई खासै नसोध्ने । (किनभने उनीहरुको देशबाट Principal लाई फोन वा इमेल आउने रे शायद हाम्रो नआउने होला) सरकारी कलेजमा खासै त्यति समस्या देखिदैन् तर यहाँ बंगलादेशमा नै प्राइभेट मेडिकल कलेजमा अध्ययन गर्न आउनु भएका नेपाली विद्यार्थीहरु ठुलो समस्यासाथ बसिरहेको कुरा थाहा भएको छ । यस्तो अवस्था पनि प्राइभेट मेडिकल कलेजले नेपाली विद्यार्थीहरुलाई होस्टेलको शुल्क तिर्न दवाव दिइरहेको पनि सुन्नमा पाइन्छ ।

Lockdown का शुरु शुरुमा त सन्त्रासमा थियांैै किनभने यहाँ मलाई डलर साट्न एक समय साह्रै कठिन भयो । पहिलो चरणमा नेपाली राजदुतावासले हुन्छ हुन्छ मात्र भनेर टाथ्र्यो तर पछिल्लो समयमा नेपाली राजदुतवासमा अनुरोध गरेपछि अहिले सहज भयो । मेरो नियमित खानुपर्ने औषधि पाइरहेको थिएन जुन म नेपालबाट ल्याउँथे । त्यसबाट अलिकति गाह्रो भो पछि राजदुतावासको सहयोगबाट सजिलो भयो । खानाका सामानहरुonline बाट मगाएर आफै पकाएर खान्छु ।  बास्तवमा खाना र पैसाको समस्या भन्दा पनि मानसिक रुपमा हामी साह्रै तनावमा थियांैै कारणहरु
१. मेरो यो Props (Professional Examination) (अन्तिम परीक्षा) कुनवेला हुने वा नहुने ठेगान नहुनु जसले गर्दा पढेर बस्ने वा नबस्ने दोधार भएर
२.सबै अन्य देशका साथीहरुलाई आफ्नो देशले लिएर जाने हामी यही बस्नु परेर साथै यही रहँदा पनि आफ्नो देशबाट कुनै सोधपुछ नभएर (ज्यादै दुःखको कुरा हो)
३. यहाँ केटाहरुको होस्टेलमा assymptomatic positive बिरामीहरु भएर साथै अस्पतालमा रहेका मानिसहरुलाई नै Corona Virus positive अयचयलब खष्चगक उयकष्तष्खभ देखिएर पुरा दुई महिना भयो हामी होस्टेलबाट बाहिर निस्केको छैनौं ।

 हाल बंगलादेशमा Covid -19 संक्रमण बढीरहेको अवस्थामा नै पनि May 31, Lockdown खोलेको छ । बंगलादेशमा रहेका अग्रज बिद्यार्थी दाइ र दिदीहरुको ठुलो पहल पछि भर्खर मात्र हामीहरुलाई हाम्रो देश नेपालमा लैजान तर्खर गरेको देखिन्छ । राजदुतावासबाट फर्महरु भराइसकेको छ । शायद एक हप्ता पछि नेपालमा आइन्छ वा पुगिन्छ कि ?! ! !

कीर्तिपुरबाट सन् २००० मा United rab Emirates मा  जानु भएका प्रकाश नकर्मीको भोगाइः




    प्रकाश नकर्मी

कीर्तिपुर न. पा.(९, मुल्छें टोल निवासी प्रकाश नकर्मी, विदेश प्रस्थान गर्नु अघि नेपालमा ANK construction  मा कार्यरत हुनुहुथ्यो । हाल परिवार सहित UAE Dubai मा Director of Engineer को रुपमा World largest hotel group Wyndham Hotel and resort  मा काम गरिरहनु भएको छ ।

Covid -19 विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगत अनुभवः

May 16 मा प्राप्त पत्रको आधारमा) Covid -19 corona virus  कारण बिश्वभरि नै महामारी स्थिति छ । Lockdown का कारण नयाँ भिसा जारी गर्न नसक्दा धेरैजसो होटेलहरु बन्द छन् । हालको अवस्थाको कारण धेरै कामदारहरुलाई कामबाट terminate गरिएको छ । बिगत ३५ दिन देखि काम नपाएर वा जागिर नभएर खानाको जोह गर्न गाह्रो साह्रो भएका मानिसरुलाई केही नेपाली समाजले सहयोग गरिरहेको छ । दुबइ शहरमा दैनिक ६०० जना भन्दा बढी मानिसहरुको Covid-19 test  गरिहेको छ । मैले काम गर्ने ठाउँमा पनि  धेरै कोभिड–१९ को पोजिटीभ केशहरु फेला परेको छ । तिनीहरुलाई रोकथाम साथसाथै उचित उपचार गर्न सरकारले कडा नीति नियम ल्याएको छ । मैले कोभिड–१९ भएका मानिसहरु देखेको छु तर तिनीहरुमा रोगको कुनै लक्षणहरु देखिएन र नियमित रुपमा दैनिक काम पनि गरिरहेका हुन्छन् । हाम्रोमा एक पटक सबैको लागि परीक्षण गरियो र स्वस्थ जस्तो देखिने ब्यक्तिमा पनि कोभिड पोजिटीभ भेटीयो ।  यहाँ दुबइमा सामान्य स्थिति छैन, तैपनि पसल, मल (ठुलठुला पसल) खुला छ । सरकारले यी क्षेत्रहरुमा उच्च सावधानीका तरिकाहरु अपनाएका छन् । ती क्षेत्रहरुमा दैनिक रुपमा कडाइकासाथ अनुगमन गर्ने गरेको छ ।

मेरो अनुभवमा हामीले यस अवस्थाको बारेमा हामी स्वयमलाई जागृत (शिक्षित) गर्नुपर्दछ वा सचेत हुनुपर्दछ  र दैनिक कामलाई निरन्तरता दिनुपर्दछ । बाहिर ब्यक्तिसंग सम्पर्क नराख्ने वा भौतिक दुरी कायम गर्ने प्रयास गर्नुपर्दछ । PPE लगाएर काम गर्दा नमिल्ने गरी PPE नलगाउनुहोस् (लगाउने र फुकाल्ने तरिका) र बारम्बार स्यनीटाइजर प्रयोग गर्नुहोस् ।
 मेरो Home town सन्दर्भमा कोभिड धेरै भन्दा धेरै परीक्षण भएको सुन्न पाइयोस् ।
यो रोगबाट टाढा रहन केही सुझाबहरुः
—सुरक्षित दुरी कायम राख्नुहोस्
–अति आबश्यक नभइ घरबाट ननिस्कनुहोस् ।
–दैनिक अत्यावश्यक सामान खरिद गर्न बाहिर आउदा मास्क, पञ्जा तथा सुरक्षित दुरी    कायम गनुहोस् ।
–सरकारबाट घोषित बन्दाबन्दी कडाका साथ पालना गर्नुहोस् ।
–स्थानीय क्षेत्रको नाकामा पनि अन्य ठाउँबाट मानिसहरु आउन नदिन समुदायका मानिसहरु मिलेर कडा अनुगमन गर्नुहोस् । धन्यवाद, सुरक्षित रहनुहोस् ।  समाप्त



प्रस्तोता ः नारायण महर्जन
नयाँबजार, कीर्तिपुर

(भाग ४ मा Belgium मा लकडाउन खुकुलो May 19 हुनु पर्ने ठाउँमा March 19 भएको छ सच्याएर पढी दिनु हुन अनुरोध छ ।)
बिदेशमा रही अन्य पेशामा कार्यरत कीर्तिपुर बासिन्दाको अनुभब अर्को अंकमा पनि प्रकाशित
गर्नेछु । (क्रमशः)

No comments:

Post a Comment