Friday, May 22, 2020

विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–३



विदेशमा विभिन्न पेसामा रही कार्यरत कीर्तिपुरियनहरुको Covid-19 को अनुभव–३





नारायण महर्जन
नयाँबजार, कीर्तिपुर
पुनश्चः पहिलो अंकमा प्रकाशित महानुभावहरु र यो अंकमा प्रकाशित महानुभावहरु साथै पछिल्लो अंकमा प्रकाशित हुने महानुभावहरु नयाँबजार क्लबबाट संचालित कीर्तिपुर एम्वुलेन्सलाई (Ambulence) निरन्तरता दिन नयाँसवारी साधन व्यवस्थापनको क्रममा सहयोग गर्ने सहयोगी तथा शुभचिन्तकहरु हुनुहुन्छ । सहयोगी, शुभचिन्तक र कीर्तिपुरीयनको नाताले विश्वभर Covid-19 ले मानिसहरुको जनजीवन थिलथिलो पारेको अवस्थामा उहाँहरुबाट त्यहाँको अवस्था जानकारी राख्ने तथा उहाँहरुको अनुभव, वस्तुस्थिति र उहाँहरुको छोटो परिचय समेत समावेश गरी english medium मा लेखिएका विषयवस्तुको मूलभाव  कायम रहने गरीे यो आलेख तयार पारीएको हो ।
१.कीर्तिपुरबाट सन् २००६ मा America पुगेका हरि नारायण महर्जनको भोगाइः





हरि नारायण महर्जन
कीर्तिपुर न. पा.–९, नयाँबजार, निवासी हरि नारायण महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा त्रि.वि.वि. मा Architecture ओभरसियर स्थायी पदमा तथा काठमाडौं ईन्जीनियरीङ कलेज (KEC) कालिमाटीमा बास्केटबल (Coach) प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो । २०६२सालमा अमेरिकामा सपरिवार बसाई सरी जानुभएका उहाँको परिवार हाल अमेरिकाको  (Texas, Keller  टेक्सास राज्यको केलरमाFoundation Designer and drafter)  को रुपमा  Nortex Foundation Designs, Inc. कम्पनीमा कार्यरत  हनुहुन्छ ।

Covid-19 विश्वभरि फैलिएपछि ब्यक्तिगत अनुभव तथा त्यहाँको अवस्था ः
चीनको वुहानबाट उत्पत्ति भएको कोभिड–१९ ले संसार नै प्रभावित पारेको अवस्थामा संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरुमा प्रभावित हुनु स्वभाविक नै हो । अमेरिकाको केही राज्यहरुमा तीब्ररुपमा
कोरोना भाइरस सर्नुमा यहाँका मानिसहरुको रहनसहन अनि स्वच्छन्दबादी सिद्धान्त जीवन शैली पनि एक हो जस्तो मलाई लाग्दछ । जस्तैः आफ्नो स्वतन्त्र जीवनमा कसैले दखल गरेको मन पराउदैन । मेरो जीवन हो, म जसरी मन लाग्छ त्यसरी जीउँछु भन्ने सोचको कारणले तीब्र रुपमा बढेको हुनसक्छ जस्तो मलाई लाग्छ ।
अमेरिकाको ठुलाठुला शहर जहाँ धेरै जनघनत्व छ जस्तै न्युयोर्क, क्यालिफोर्निया, फ्लोरिडा आदि शहरमा तीब्र रुपमा संक्रमण फैलिनुको मूल कारण ती शहरमा विभिन्न कामको सिलसिलामा विश्वका विभिन्न देशहरुबाट दिनहुँ थुप्रै मानिसहरु आवत जावत हुन्छन् साथै चीन, युरोपमा व्यापक रुपमा यो रोग फैलिसक्दा पनि अमेरिकामा बन्दाबन्दी नगरेको कारणले यहाँ यो रोगले व्यापकता लिएको हुन सक्छ ।

म बसेको शहर (Keller) मा माथि उल्लेखित शहरमा जस्तै जनघनत्व नभएको साथै सार्वजनिक यातायातको ब्यवस्था पनि नभएकोले यहाँ सवै काममा जाने मानिसहरु आफ्नै गाडी चलाएर जाने गर्दछ । सामान्य अवस्थामा पनि यहाँ बाटोमा मानिसहरु त्यति हिड्दैनन् । घरबाट पनि कोही बाहिर आउदैनन् । यद्यपी आफ्नो घरको (Yard) आँगनसम्म पनि बाहिर निस्कदैनन् । तथापी यहाँ पनि कोरोना भाइरसबाट संक्रमित मानिसहरु छन् । तर त्यति धेरै छैन । जेठ ४ गतेको तथ्यांक अनुसार यहाँ (Keller country)  संक्रमित ३७४५ जना, मृत्यु १०४ जना र ७८० जना निको भएर गएका देखिन्छन् । (County भनेको हाम्रो जिल्ला भने जस्तै हो) ।
यो रोगको संत्रास फैलिएपछि यहाँका Glossary (ठुला ठुला पसलहरु) मा पनि केही सामानहरुको Shortage भएको थियो जस्तैः Hand Sanitizer, mask, Glove  रुघाखोकी र जरोकोMadication, तत्काल नै यहाँका स्थानीय सरकारले निगरानी बढाई one person one thing नीति अबलम्वन गराई shortage मस्या हल गरेको देखिन्छ । अभावमा मानिसहरुले सामानहरु थुपार्ने क्रियाकलापलाई स्थानीय सरकारले विभिन्न नीति नियमहरु ल्याइ निरुत्साहित गरेर जनजीवन सहज गरेको पाइन्छ । हरेक हप्ताको २÷३ दिन स्थानीय
सरकारका प्रमुख र राज्यका न्यायधीशसले टी. भी. मा ष्खिभ आएर जनजागृत गर्ने (जस्तै भौतिक दुरी बारे र यस रोगबाट सुरक्षित रहने आदि) गरेको देखिन्छ, यो कार्य यद्यपी अहिले सम्म पनि चलिरहेको छ । यहाँको सरकारले बेरोजगारी र Covi्मd-1्ञ9 भत्ता स्वरुप क्रमशः ५५० र ५०० डलर प्रति हप्ता प्रदान गरेको छ । यहाँको सरकार तथा स्थानीय सरकारको यी कार्यहरु प्रसंनीय छन् ।

योे शहरमा पूर्ण Locdown नभई Semi-lockdown जस्तो छ । यहाँ कामलाई essential and non edssential गरी दुई रुपमा बाँडिएको छ । Non essential काम पूर्णरुपमा बन्द नै छ भने essential काम संचालनमा रहेको छ । मेरो काम Construction engineering  सम्वन्धी भएको कारणबाट म आफ्नो अफिसमा गइ नै रहेको छु । अफिसमा आ–आफ्नो टेबुल ७/८ फुटको फरक दुरीमा राखी कम्प्युटरमा काम गर्ने गर्छौ । तर पनि कुनै पनि Co-worker ले sneeze  गर्दा पनि मानसिक रुपमा त्रास हुँदो रहेछ । बाहिर घुम्न साथै Walking जाने रोकिएको छ  हिजोका दिनमा जस्तै movement  छैन । Glossary जाँदा पनि पूर्ण रुपमा सुरक्षित भएर गइरहेका छौं । दैनिक जीवन असहज छ ।

मेरो श्रीमती अस्पतालमा Registered Nurse को काम गर्छिन, सो काम essential काम अन्तर्गत नै पर्ने भएकोले निरन्तर गइ नै रहनुभएको छ तर आजसम्म म र मेरो परिवार सुरक्षित छौं, Thanks God, Lockdown  यहाँको भन्दा प्रभावकारी भएको सुन्दा नेपालमा विकराल समस्या ननिम्त्यला जस्तो लाग्छ । नहोस पनि शुभकामना । सबै नेपालीहरु सुरक्षित रहुन् । धन्यवाद ।
नेपाली वा कीर्तिपुरवासीलाई सल्लाह तथा सुझावहरुः  १. यो रोग लाग्नासाथ मृत्यु नै हुने हैन, रुघाखोकी जस्तै सामान्य हो । यसलाई निको  बनाउन सक्छु भन्ने मनोबल अति नै आबश्यक छ जस्तो लाग्छ ।
२. संभावित संक्रमणबाट टाढा रही होसियारपूर्वक दैनिक जीवन यापन गर्नु पर्छ  जस्तो लाग्छ ।
३. सकारात्मक तथा स्वस्थ चिन्तन गरेर बस्नु पर्छ जस्तो लाग्छ  ।

२.कीर्तिपुरबाट सन् २००९ मा Sweden पुगेका सरोज महर्जनको भोगाइः





सरोज महर्जन
कीर्तिपुर न. पा.–९, टाउन प्लानिङ, कीर्तिपुर निवासी सरोज महर्जन, हाल स्वीडेनमा परिवार सहित बसीरहनु भएको छ । विदेश प्रस्थान गर्नु अघि तत्कालिन Ncell Pvt.Ltd मा कार्यरत हुनुहुन्थ्यो । अहिले स्वीडेनको Ramensvagen 27 A, Arsta 12055  मा Software Developer and Operation Enginee को रुपमा Rebtel Newtwork AB कम्पनीमा कार्यरत हुनुहुन्छ ।

Covid-19  विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
आफ्नो छिमेकी मुलुकको भन्दा फरक ढंगबाट स्वीडेनले कोभिडसंग लडिरहेको देखिन्छ । यहाँ अहिलेसम्म बन्दाबन्दी भएको छैन । कोभिडको संक्रमण हुनुभन्दा अगाडिका दिनमा जस्तै सामान्यरुपमा यहाँ कार्यालय, विद्यालय, कलेज, रेष्टुरेन्ट, सार्वजनिक यातायात र अन्य उद्योगहरु संचालन भइरहेको छ । यदि कुनै
कारणबाट आफुलाई असहज महशुस हुन्छ भने सरकारले घर बस्न र आफै भौतिक दुरीमा रहने र साबुनले नियमित रुपमा हात धुने उपाय गर्न मात्र सल्लाह दिन्छ । धेरैजसो जनताहरुले इमान्दारीपूर्वक
सरकारको सल्लाह मान्ने र होसियारपूर्वक आफै रोकथामका उपायहरु पछ्याउने गर्छन । यहाँका मानिसहरु आवश्यक नभइकन सार्वजनिक यातायात प्रयोग गर्दैन र सके सम्म सार्वजनिक स्थलमा निस्कदैन् । यदि संभव भएसम्म कार्यालयले आफ्ना employee लाई घरमा नै बसेर कार्य गर्न सल्लाह दिन्छ ।

प्रायस जनताको करबाट चल्ने सरकारले economic crisis नहोस भनेर बन्दाबन्दी विधि प्रयोग नगरेको देखिन्छ । बन्दाबन्दी (Lockdown) कारणले जनताको job टुट्यो भने समाजमा रोग फैलिएर हुने समस्या भन्दा economic crisis ले समस्या ठुलो हुन सक्छ भन्ने यहाँको सरकारको मान्यता छ । त्यसैको परिणाम छिमेकी देशको भन्दा कोभिड–१९ ले संक्रमण र मृत्यु हुनेको संख्या बढी छ । यहाँका ७० प्रतिशत जनताहरुले सरकारको यो बिधिलाई समर्थन गरेको पाइन्छ । व्यक्तिगत रुपमा मलाई पनि यो विधि नै ठीक लाग्छ तर यो पछि समयले सही वा गलत बताउनेछ ।

म यो लेखिरहदा सम्म, ७ हप्ता अघिदेखि घरमा नै बसेर अफिसको काम गरिरहेको छु । तर मेरो श्रीमती काममा जानै पर्छ किनकि She has to work with servers physically अहिलेसम्म म र मेरो श्रीमती कोभिडबाट सुरक्षित नै छौं साथै आर्थिक जोखिमको कारणले Job lost गर्नु परेको छैन ।

मेरो तर्फबाट सुझावहरुः
यहाँको भन्दा नेपालमा फरक किसिमको परिवेस छ तसर्थ केही हप्ताको लागिLockdown नै राम्रो उपाय हुनसक्छ । तर आर्थिक तथा Sanity of people  को हिसाबले लामो समयसम्म Lockdown   समाधानको उपाय नहुन सक्छ ।
१. रचनात्मक कार्य गरेर बन्दाबन्दी बेलाको Free समय उपयोग गर्ने ।
२. परिवारसंग घरमा नै समय बिताउने ।
३.कीर्तिपुरबाट सन् २००६ मा Canada पुगेका यज्ञ बहादुर श्रेष्ठको भोगाइः





यज्ञ बहादुर श्रेष्ठ
कीर्तिपुर न. पा.–१०, नयाँबजार, कीर्तिपुर निवासी यज्ञ बहादुर श्रेष्ठ, विदेश प्रस्थान गर्नु अघि नेपालमा Japanese Construction Company Pvt.Ltd (Hitaachi)  मा कार्यरत हुनुहुथ्यो । हाल सपरिवार सहित Cnada को Ontaro को Topronto शहर मा Mechanical & Electrical Design Company को रुपमाMechanical & Design Company मा काम गरिरहनु भएको छ ।
Covid-19 विश्वभरि फैलिएपछि त्यहाँको अवस्था वा ब्यतिmगत अनुभवः
अहिले सम्म यहाँ हामी सुरक्षित नै छौं । कोरोना भाइरसबाट सुरक्षित रहन परिवारका सदस्य सबै जना घरमा बसिरहेका छौं । म मार्चको शुरुदेखि नै अफिसको काम घरबाट गरिरहेको छु । खाद्यान्न खरिद गर्न कुनै समस्या छैन । मैले यो लेखिरहँदा (बैशाख २६ गते) सम्म क्यानाडा देशभरी ६६,००० जना संक्रमित र ४,४०० मृत्यु भइसकेको छ भने मृत्यु भएका मध्ये ७५ प्रतिशत बुढाबुढी रहेका छन । तर म बसिरहेको ठाउँमा लगभग १७,००० जना संक्रमित र लगभग ५५० जना मृत्यु भइसकेको तथ्यांकले देखाइरहेको छ ।

कीर्तिपुर–३ का हाल Canada को Ontario प्रदेशको Brmptom शहरमा रहनु हुने तर नाम उल्लेख गर्न नचाहनु हुने एक महानुभावका अनुसार, यहाँ स्कुल, कलेज, उद्योग धन्दा र व्यापार व्यवसाय बन्द छ भने सार्वजनिक यातायात र खाद्यान्न पसल खुला छ । यहाँको सरकारले ५ जना भन्दा कम मानिसहरु भौतिक दुरी कायम गरी समुहमा वा पार्कमा रहन/घुम्न सक्ने नियम लागु गरेको छ । कुनै पनि मानिसले सरकारको नियम तोडेमा ७५० क्यानाडियन डलर प्रतिब्यक्ति जरिवाना तिराएको देखिन्छ । पछाडि कर दाखिला गर्दा आफ्नो आय बढी देखिएमा आवश्यक नभएमा फिर्ता गर्नु पर्ने गरी यस Crisis मा सरकारबाट सबै नागरिकहरुलाई २,००० क्यानाडीयन डलर सहयोग स्वरुप प्रदान गरिएको छ । सो कार्यका लागि Online वा Telephone बाट भर्न सकिने ब्यवस्था गरिएको छ । एक हप्ताभित्र नै प्रत्येक महिनाका लागि २००० क्यानाडियन डलरको चेक पठाउँछ । यहाँ बन्दाबन्दी भएकोले विद्यालय बन्द भएर स–साना बच्चाहरुलाई घरमा खेलेर समय कटाउन सजिलोका लागि खेलौनाका लागि महिनाको २०० क्यानाडियन डलर प्रति बालक पठाउँछ ।
ध्यान दिनुपर्ने कुराहरुः
१. रुघाखोकी हुँदा जुन हामी बिभिन्न नेपाली पाराको भान्छामा तयार हुने तातोपानी  दैनिक रुपमा पिउने
२. भौतिक वा सामाजिक दुरी कायम गर्ने ।

४.कीर्तिपुरबाट सन् १९९३ मा Germany पुगेका शंकर महर्जनको भोगाइः




शंकर महर्जन
कीर्तिपुर न. पा.१० ( जिफागल, कीर्तिपुर निवासी शंकर महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा फर्निचरको व्यवसाय गर्नु हुन्थ्यो ।
हाल परिवार सहित Germany को Frankfort मा Kanchan Craft  नामको हस्तकलाको Wholesale पसल खोली ब्यापार ब्यवसाय गरिरहनु भएको छ ।
Covid-19  विश्वभरि फैलिएपछि ब्यक्तिगत अवस्था वा अनुभवः
ब्यक्तिगत अबस्था भन्नुपर्दा म लगायत मेरो परिवार सबै सुरक्षित छौं । जर्मनी सरकार ले निकालेको Covid-19 नियम पालना गर्दैछु । यहाँ नेपालमा जस्तो Lockdown भनेर बाहिर हिँडडुल गर्न नहुने छैन । यहाँ हिँडडुल गर्न पाइन्छ तर Social Distance maintain गर्नुपर्छ । परिवारसंगै हिँडडुल गर्न पाइन्छ । २० अप्रिल देखि ८०० वर्ग क्षेत्रफल भन्दा मुनिको पसलहरु खोल्न अनुमति दिइसक्यो । सरकारले अनुमति दिए लगतै  यहाँका पसलहरु पनि खोलिसके ।
दैनिक जीबनमा चाहिने बस्तुको पसलहरु तथा बैंकहरु Covid-19 आए पनि नियमित रुपमा जस्तो पहिला खोल्ने गथ्र्याे । यसरी खोलिरहेकोले कुनै पनि दैनिक उपभोग्य बस्तुको अभाब महशुस गर्नु परेन । सुरुका दिनमा मानिसहरु डरले गर्दा खानेकुरा र अन्य सामानहरु चाहिने भन्दा बढी थुपार्नाले सुरुमा अलिकति पसलहरुमा खाली जस्तो देखिएको थियो । अहिले यहाँ पसलहरु पहिलेकै अबस्था जस्तै देखिन्छ ।
यहाँको सरकारले निम्न देखि उच्च स्तरको ब्यक्तिसम्मको सबै जनताको गाँस, बास, कपास अनि स्वास्थ्य उपचार सहित सबै जिम्मा लिएको छ ।

जनताहरुको समस्या अनुसार सहयोग पनि गरेको छ । ब्यापारीहरुलाई सानो देखि ठुलो सम्मका लागि रकम फिर्ता दिनु नपर्ने गरि सहयोग गरेको छ । ब्यापारीहरुको समस्या अनुसार सक्दो बैंकले ऋण पनि दिइरहेको छ । त्यसकारण यहाँ यो कठिन समयमा पनि बेरोजगारीहरु अरु मुलुकमा भन्दा कम देखिन्छ । सामान्य जीवन बिताउनेलाई यहाँ केही समस्या अनुभब गर्नु परेन । ब्यापार घाटा हुने डर र समस्या नभएको होइन, छ तर अरु मुलुकमा भन्दा कम छ ।

नेपालमा धेरै बासी गरेर खाना खाँदैन । दिनहुँ दुई चोटी पकाएर खान्छन् । यहाँ प्राय फ्रिजमा राखेको खाना खान्छ । दिनहँु पकाएर खाने समय पनि हुदैन । उनीहरु अहिले यो नराम्रो हो भन्छन् । त्यसकारण नेपालको मानिसहरुमा यहाँका मानिसहरु भन्दा रोगसंग लड्न सक्ने क्षमता बढी छ । हाम्रो खानामा परम्परा देखि मसलाहरु हालेर खाने पनि एकदम राम्रो छ । यिनीहरुले पनि अहिले हाम्रो जस्तै खाना खान सिक्दैछन् साथै हाम्रो संस्कारहरु पनि सिक्दैछन् । यी हाम्रा संस्कारलाई जोगाइ राख्न अनुरोध छ । कोभिडको समस्या समाधान भएपछि नेपालमा नै बसेर यही व्यवसाय नै Online बाट गर्ने बिचार गरेको छु । धन्यबाद ।

५ कीर्तिपुरबाट सन् २०१८ मा Kuwait पुगेका राम महजर्नको भोगाइः






राम महर्जन
कीर्तिपुर न. पा.–७, भाजंगाल, कीर्तिपुर निवासी राम महर्जन, विदेश प्रस्थान गर्नु अघि नेपालमा कुकिङ काम गर्नु हुनुहुथ्यो । हाल Kuwait को फरवानीयामा साथीहरुसंग बसिरहनु भएका महर्जन, कुवेतको अलराइमा रहेको ग्राण्ड हाइपर सुपर मार्केटमा Sales man को रुपमा काम गरिरहनु भएको छ ।
Covid-19  विश्वभरि फैलिएपछि ब्यक्तिगत अनुभब तथा त्यहाँको स्थितिः
म यहाँको आएको २८ महिना भयो ।  यहाँ म बसीरहेको ठाउँमा पूर्णरुपमा बन्दाबन्दी  छैन । यहाँ बेलुका ४ः०० बजे देखि बिहान ८ः०० बजे सम्म मात्र बन्द हुन्छ ।

 यहाँ स्कुल, ट्याक्सी, सार्वजनिक यातायात बन्द छ । स–साना पसल पनि बन्द छ तर ठुला ठुुला सुपर मार्केट खुलिरहेको छ । त्यसकारण म सुपरमार्केटको Sales man भएकोले काममा जानु पर्छ ।  म आज (May 16)  भन्दा १६ दिन अघि सम्म काममा गइरहेको थिएँ । हामी पसलमा जाँदा मास्क, पञ्जा लगाएर जान्थ्यौं र पसलमा बस्दा पनि यसरी नै बस्थ्यौं तर ग्राहकहरु पसलमा आउँदा मास्क तथा पञ्जा केही लगाएर आउदैनथ्यो र खासै रुपमा भौतिक दुरी पनि कायम गर्दैन्थ्यो । हामीले लगाएर आउनुस भन्दा पनि मान्दैनथ्यो । ग्राहकलाई मन दुख्ने गरी नभन्नु भनेर मेनेजरले भन्नुहुन्थ्यो । समाचार अनुसार आजको दिनसम्म यहाँ ६००० जना संक्रमित, १२०० जना निको भएका र ७ जना मृत्यु  भएको देखिन्छ ।

अस्ति (April 17) तपाईसंग कुरा गर्दासम्म स्वस्थ नै थिए । म डराइ डराइ काम गरिरहेको छु । Plane  चल्नासाथ आउने विचार गरिरहेको छु भनेको थिएँ तर आज (May 16)  म १६ दिन अगाडि देखि Quarantine  मा बसिरहेको छु । हामी कोठामा फरक फरक काम गर्ने ६ जना बस्थ्यौं । एक जनालाई सञ्चो नभएपछि  सरकारी अस्पतालमा हामी सबैको PCR test गर्न लग्यो र ९ दिन पछि टेष्टको रीपोर्टमा ५ जनामा पोजिटीभ देखियो तर भाग्यवशमा मेरो रीपोर्टमा नेगेटिभ आयो । अहिले म कुवेतमा Quarantine मा बसिरहेको छु । म कोठाबाट बाहिर गइरहेको छैन । खानाका लागि यहाँ Kitchen Staff ले ढोका बाहिर छोडेर जान्छ । कम्पनीबाट खाना र बस्नको मात्र सुविधा उपलब्ध छ, फलफुल तथा ग्लुकोज आदि अन्य खानाको लागि आफ्नै पैसा खर्च गर्नुपर्छ । एउटै घरको Grond/First floor  का कोठाहरुमा पोजिटीभ भएका बिरामीहरुलाई राखिराखेको छ भने म Second floor को कोठामा Quarantine मा बसिरहेको छु । त्यति व्यवस्थित छैन तसर्थ नेपाल सरकारलाई मेरो अनुरोध छ हामीलाई नेपालमा ल्याउने व्यवस्था गरीदिए हुन्थ्यो । नेपालमा आएर बरु सरकारको जे जस्तो नियम छ त्यस नियम अनुसार बस्न तयार छु ।
धन्यवाद । समाप्त

बिदेशमा रहीअन्य पेशामाकार्यरतअरु कीर्तिपुर बासिन्दाको अनुभब अर्को अंकमा प्रकाशित गर्नेछु । (क्रमशः)

No comments:

Post a Comment