Friday, April 10, 2020

आज साँझ मैले जुन देखेँ

आज साँझ मैले जुन देखेँ



पत्रकारको नाताले आज साँझ बजार खुल्या छ कि छैन अनुगमन गर्न बाहिर घुम्न गएँ । कीर्तिपुर न.पा. वडा नं.९ टाउनप्लानिंग क्षेत्रमा पुग्दा चिखु तरकारी बजारमा हुल का हुल मानिसहरु देखेँ । त्यहाँ के भएको रहेछ भनेर उत्सुकताका साथ पुगें । अहिले कमसे कम एक मिटर सामाजिक या शारीरिक दुरी कायम गर्नुपर्छ भन्ने मान्यताको त्यहाँ सिधै उल्लंघन भैरहेको देखें । त्यहाँ त राहत सामाग्री वितरण गरिरहेको रहेछ । 

राहत वितरण गरिरहेको मानिसलाई भनें, एक द्वार प्रणालीबाट राहत वितरण गर्ने भनेको छ । तपाईं आपूmखुसी यहाँ यत्रो जमात भेला गराएर किन राहत बाँडिरहनु भएको छ” भनेर सोधें ।

“मैले कीर्तिपुर नगरपालिकाको मेयर रमेश महर्जनसँग नै यो राहतको सामाग्री लिएर आएको हुँ । उहाँले दिनु भएको सामाग्री नै बाँडिरहेको छु ।” राहत बाँडिरहेको केटाले जवाफ दियो ।

“तपाईंको नाम के हो  ?” मैले सोधेँ ।


“मंगल थापा हुँ ।” केटाले जवाफ दियो ।

“टि यु होस्टेलमा बस्ने विद्यार्थीहरुको लागि की.न.पा.ले राहत सामाग्री प्रसस्त दिएको छ । नगरपालिकाको वेभसाइटमा फार्म भर्न भनिएको छ । हिजोदेखि डेरामा बस्नेहरु सबैलाई राहत सामाग्री वितरण गरिएको छ । अनि तपाईंहरु कुन विद्यार्थी पर्नुभयो ।” मैले सोधें ।




सामाजिक दुरी कायम गरेर दिनुस भनें । मान्दैन भन्यो । दुईजना प्रहरीहरु पनि थियो । उहाँहरुलाई भन्दा अशिक्षितहरु पो हामी देखि डराएर हाम्रो कुरा मान्छ । यी शिक्षित भनाउँदाहरुले हामीलाई कहाँ टेर्छ ? तैपनि प्रहरी र म मिलेर एकछिन भए पनि सामाजिक दुरी कायम राखें । 





राममान सिंहले ९ नं.वडाध्यक्ष गंगाराम महर्जनलाई फोन गर्नुभयो । आउँछु भनेर आउनु भएन । मैले मेयर रमेश महर्जनलाई फोन गरें । कतिबेरसम्म त फोन व्यस्त थियो । पछि फोन लाग्दा पनि उहाँले मेरो फोन उठाउनु भएन । अनि अहिले मैले यो पोस्ट राख्दै छु । मंगल थापा नजिकका विद्यार्थीहरुले मात्र राहत सामाग्री पाएको त्यहाँ अरु विद्यार्थीहरुले गुनासो गरेका छन । 


के यी विद्यार्थीहरुले हिजो र आज विभिन्न वडामा बाँडिएको राहत सामाग्री नलिएको भन्ने के ग्यारेन्टी छ ? 

1 comment: