Saturday, July 27, 2019

कीर्तिपुर कम्यूनिटी होमस्टेलाई सामाग्री हस्तान्तरण

कीर्तिपुर कम्यूनिटी होमस्टेलाई सामाग्री हस्तान्तरण



कीर्तिपुर ४ साउन कीर्तिपुरमा पर्यटन प्रवद्र्धन गरी धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटकहरु भित्राउने र आवास तथा खानाको समेत व्यवस्थ ागर्ने उद्देश्यले स्थापित कीर्तिपुर कम्युनिटी होमस्टेलाई प्रदेश ३ सरकार, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजनाबाट प्राप्त सामाग्रीहरु एक समारोहका बीच कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सो संस्थाका सदस्यहरुलाई हस्तान्तरण गर्नु भयो । उक्त कार्यक्रममा कम्युनिटी होमस्टेका लागि एक सेट धिमे, १० थान मादल, १० थान बासुरी, १ थान झ्यालिंचा, १० थान नेवारी पोशाक र १० थान शास्त्रीय एवं कुमारी नृत्यका पोशाकहरु हस्तान्तरण गर्नु भयो । त्यस्तै होमस्टे संचालकहरु सुमित्रा महर्जन, गंगादेवी हेँय्जु, गंगा श्रेष्ठ, राजकुमार महर्जन, अशोक भन्सारी, रत्नकाजी महर्जन, रामभोला महर्जन, केशमुनी बज्राचार्यलाई दराजको साँचो र टिटेवल हस्तान्तरण गर्नु भयो ।


हस्तान्तरण पछि कार्यक्रममा बोल्नुहुँदै मेयरले कीर्तिपुरमा पर्यटन प्रवद्र्धन एवं विकासका लागि पर्यटन सम्बन्धि गुरु योजना तयार गरेको र आगामी महिनादेखि ठमेलबाट कीर्तिपुरसम्म पर्यटकहरुका लागि निशुल्क बस सेवा सञ्चालन गर्ने बताउनु भयो ।

नेपाल सरकारले आउँदो वर्ष सन २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरेको र त्यसमा २० लाख पर्यटक भित्राउने लक्ष्य राखे अनुसार त्यसमा ५% अर्थात एक लाख पर्यटक कीर्तिपुर ल्याउने लक्ष्य रहेको कुरा बताउनु भयो । त्यसको लागि यस प्रकारको कम लगानीमा राम्रो बसोबासको व्यवस्थाको लागि होमस्टेले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

प्रदेश सरकारले गाउँ गाउँमा होमस्टेको माध्यमबाट आर्थिक कारोवार कृद्धि गर्न आर्थिक सुधार ल्याउन होमस्टेको प्रवद्र्धन र विकासको लागि होमस्टे सञ्चालकहरुलाई हौसला बढाउन सामुदायिक होमस्टेहरुलाई रु.तीन लाख अनुदान प्रदान गरेको र सोबाट धिमे, मादल, बासुरी, सांस्कृतिक भेषभुषाका लुगाहरुका साथै
दराज टिटेवल खरिद गरी वितरणको व्यवस्था मिलाएको थियो ।

उक्त कार्यक्रममा वडा नं.१ का अध्यक्ष हर्ष महर्जन, वडा नं.२ का अध्यक्ष एवं पर्यटन विकास संयोजक रमेश मान डंगोल र वडा नं.१० का अध्यक्ष अमन महर्जनले कीर्तिपुर कम्युनिटी होमस्टेले पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो ।

त्यस्तै होमस्टे एशोसियशन नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश ३ इन्चार्ज बाबुराजा महर्जनले १० वर्ष अगाडी आफ्नो एउटै मात्र निजी होमस्टे भएको तर अहिले नेवारहरु मात्र भई सञ्चालन गरेको पहिलो होमस्टे स्थापनाले मलाई गर्व लागेको र यस्ले कीर्तिपुरको पर्यटनमा राम्रो गर्न सक्ने बताउनु भयो ।

सभापति प्रदिप महर्जनले सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने क्रममा भन्नुभयो, “यो होमस्टेको कार्यालय गुतपौ टोलमा भए पनि यसको होमस्टे घरहरु की.न.पा. वडा नं.१,२,१० र ७ मा फैलिएको बताउनु भयो । यसका २७ सदस्यहरु मध्ये हाल ८ घरमा मात्र सञ्चालन भैरहेकोले गर्दा ती सञ्चालकहरुलाई मात्र दराज टिटेवल हस्तान्तरण गर्नु परेको र आगामी दिनहरुमा प्रत्येक सदस्यहरुले कमसेकम पनि १ कोठा होमस्टेका लागि छुटयाउन अनुरोध गर्नुभयो ।

उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिहरु र सहभागीहरुलाई यस होमस्टेका सदस्य एवं होसानका केन्द्रीय सदस्य गंगा हाय्जुले स्वागत गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन अशोक कुमार भन्सारीले गर्नु भएको थियो ।

No comments:

Post a Comment