Friday, May 11, 2018

७ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिने

७ फिट अग्लो बुद्धको मूर्ति स्थापना गरिने 




कीर्तिपुर सन्देश साप्ताहिक÷
        ऐतिहासिक नगर कीर्तिपुरको धःपास्थित एक खुल्ला ठाउँ जुन तःधंख्यःको नामबाट प्रख्यात छ । कीर्तिपुर नगरपालिका वडा नं.९ धःपाको मूल बाटोको पश्चिमपट्टी रहेको ठाउँमा बस्ति विस्तारसंगै फोहर फाल्ने गरिरहेकोले स्थानियबासीहरुको सक्रियतामा २०६८ सालमा तःधंख्यः संरक्षण तथा टोल सुधार समिति गठन गरी यस तःधंख्यलाई पार्कको रुपमा विकास गर्ने अवधारणा तयार ग¥यो ।

               पार्क बनाउने अवधारणा अनुरुप स्थानिय धःपाबासीहरुको सक्रियतामा कार्य सिद्धि विनायक (गणेश)को मन्दिर स्थापना गरियो । त्यसपछि फेरि महादेव स्थापना गरियो । पार्क बनाउने अभियानसंगसंगै भगवान गौतम बुद्धको मूर्ति पनि स्थापना गर्ने लक्ष्य लिएर ७ फिट अग्लो ढुङ्गाको बुद्ध मूर्ति (अमोघ सिद्धि) स्थापना गर्नको लागि गत बैशाख १७ गते बुद्ध जयन्तिको अवसरमा शिलान्यास गरेको छ ।

          तःधंख्यः संरक्षण तथा सुधार समितिका अध्यक्ष बलराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा का.जि. १० नं क्षेत्रको निर्वाचित सांसद राजेन्द्र कुमार के.सी., पुण्यवति गुरुमा, प्रदेश सांसद पुकार महर्जन र बुद्धमूर्ति दाता त्रिरत्न महर्जनको उपस्थिति रहेका थिए । गुरुमां पुण्यवतीद्वारा पंचशील प्रार्थनाको साथै जगको शिलान्यास गर्नुभयो ।



          समितिका सचिव विरेन्द्र विणु शाक्यले स्वागत मन्तव्य दिनु भएको थियो । अतिथी सांसद राजेन्द्र कुमार के.सी.ले बहुभाषिक बहुधार्मिक देशमा गणेश महादेव र बुद्ध मूर्तिको स्थापना हुनु भनेको यहाँ धार्मिक सहिष्णुताको प्रतिक मान्न सकिन्छ । नेपालमा जन्मेका बुद्धको मूर्ति स्थापना गर्नाको कारण हामी शान्तिप्रिय छौं भन्ने प्रमाण हो । बुद्धको शिक्षा सबैले मनन गर्ने हो भने शान्तिको सास फेर्न सकिन्छ । देशलाई समृद्धितिर लैजाने हो भने शान्ति अत्यावश्यक छ भन्नुभयो ।

         उहाँले आफ्नो मन्तव्यको क्रममा बुद्ध मूर्ति राख्नको लागि चाहिने खर्च मध्ये सांसद क्षेत्र विकास कोषबाट रु.७ लाख सहयोग गर्ने बचन पनि दिनुभयो । शिलान्यासको दिनसम्म निम्न बमोजिम महानुभावहरुले आर्थिक सहयोग प्रदान गर्नु भएको छ । जसमा

१. नाती बहादुर महर्जन — नयाँबजार रु.५०,०००/,
२. बि एण्ड बि सन्स सप्लायर्स— धःपा रु.३५,५००/
३. केदार महर्जन — धःपा रु.११,२००/
४. रमेश महर्जन — धःपा — रु.११,१११/
५. मनोज नकर्मि— धःपा रु.१०,५५५/
६.  बलराम महर्जन — धःपा रु.१०,५५०/
७. सुरेश डंगोल — धःपा रु.१०,११०/ ८. श्रीमती ज्यान माया महर्जन — धःपा रु.१०,११०/
९. जुजुकाजी महर्जन (माइृला) — धःपा रु.१०,१०१/
१०. श्रीमती सुर्जमाया महर्जन — धःपा रु.१०,१००/
११. सोभियत महर्जन — धःपा रु.१०,०५१/
१२. तिर्थमान महर्जन — धःपा रु.१००२५/
१३. किरण कुमार महर्जन— फय्खा नगर रु.१०,०००/
१४. राजभाइ महर्जन— धःपा रु.१०,०००/
१५. शंकर कार्की — धःपा रु.१०,०००/
१६. रत्नबहादुर÷बिना महर्जन— छुगाँ रु. १०,०००/
१७. कान्छा शाही — दे पुखु रु. ५५५५/
१८. बद्रिनाथ प्रधान — धःपा रु.५००५/
१९. राम तुलाधर (लशकुस फर्निचर बुंगमती रु.५००५/
२०. राजमान महर्जन — दोबुँ रु.५००५/
२१. शान्त बहादुर श्रेष्ठ —५००५/

No comments:

Post a Comment