Thursday, May 10, 2018

अन्तर्राष्ट्रिय सन्दर्भः अमेरिका र यमनको गृहयुद्ध

अन्तर्राष्ट्रिय सन्दर्भः अमेरिका र यमनको गृहयुद्ध






रमेशकुमार महर्जन
पृष्ठभूमिः
यमन देश पश्चिम दक्षिण एशिया महादेशमा पर्दछ । अर्धपहाडले घेरिएको ३००० वर्ष पुरानो सभ्यता बोकेको गणतन्त्रात्मक अरबियन देश हो । यसको जनसंख्या सन् जुलाई २००९ अनुसार कुल २,३८,२२,७८३ रहेको छ । राष्ट्रिय भाषामा अरबिक रहेको छ भने छिमेकी देशहरुमा पश्चिममा ओमान उत्तरमा सउदीअरव तथा दक्षिण पश्चिममा गल्फको एडेन समुद्र रहेको छ । उत्तर पश्चिममा साना यसको राजधानी रहेको छ भने धर्ममा मुस्लिम सिया र सुन्नी रहेको छ । ६ गणराज्यमा बिभाजित यस देशको खनिज पदार्थहरुमा कच्चा तेल, ग्यास, नुन र मारवल ढुड्०गा रहेको छ । व्यापारमा खेतीपाटी र अन्य व्यापार रहेको छ ।

सन् १९९० अगाडी यमन भन्ने देश नै थिएन । यस क्षेत्रमा उत्तरी यमन र दक्षिण यमन रहेका थिए । दक्षिण यमनमा सोभियत रुसको सहयोगमा कम्युनिष्ट सरकार थिए, भने उत्तर यमनमा सउदीअरव समर्थित सरकार थिए । त्यसैले यमनमा दुई बिचार दुई संस्कृति रहेका थिए । सन् १९९० मे २२ तारिखका दिन दुईवटै राज्यलाई मिलाएर एउटै यमन राज्य वन्यो जसको पहिलो राष्ट्रपतिमा अली अबदुल सालेह साउदी अरवको समर्थनमा १९९० देखि २०१२ सम्म एकछत्र राज्य चलाए ।

यसरी सन् २०११ बाट नै ब्चबद क्उचष्लन नामक प्रजातान्त्रिक आन्दोलन शुरु भएका थिए । यो आन्दोलन
उत्तरी अफ्रिकाको त्युनिसिया, लिविया, ईजिप्त, सिरिया हुंदै यमनसम्म आईपुगे । सन् २०१० मा त्युनिसियाको फलफुल बेच्ने व्यापारी मोहमद बाउ अजिजीले आत्मदाह गर्दै शुरु भएको आन्दोलनले सोहि देशका
राष्ट्रपति जिन एल एविदिन बिन अली, लिवियाको गद्धाफि, तथा ईजिप्तका हुस्नीमुवारक लगायत पश्चिम अरवदेशमा शासनसत्ता परिर्वतन भए । यी देशहरुमा सत्ता परिवर्तन गर्न बिद्रोहीहरुलाई हतियार दिने
राष्ट्रहरुमा अमेरिका, फ्रान्स, तथा बेलायत थिए । यहि आन्दोलन यमनमा सन् २०११ जुलाई २७ देखि शुरु
भयो । त्यस पश्चात राष्ट्रपति अली अबदुल सालेहले आफुले सत्ता छाडि आफ्नो छोरा अहमेद अली सालेहलाई
राष्ट्रपति वनाउन योजना वनाए । त्यस वखत सैनिक प्रमुख थिए अलि मोहसेन अल अहमार । अव राष्ट्रपति पद कसले हत्याउने भन्ने राष्ट्रपति र सैनिक प्रमुखको बीचमा ठूलो द्वन्द शुरु भयो । त्यस देशका सेना र जनताहरु पनि दुईतिर बिभाजित हुन पुगे । राष्ट्रपति हटाउ आन्दोलन जव तेजगतिले अगाडी वढ्यो, तव सेना प्रमुख अहमारले जनताहरु भड्काउन शुरु गरे । तर  जनताहरुको आन्दोलनले यो भनेको छैन कि त्यहां  सेना प्रमुख नेतृत्वको सरकार हुनुपर्दछ वा राष्ट्रपति नेतृत्वमा सरकार हुनुपर्दछ । अव सेनाको नेतृत्वको सेना र
राष्ट्रपति प्रति वफादार सेनाहरु बीच आपसमा घमासान लडाई शुरु भयो । त्यसपछि दुवैतिरको सेनाहरु कमजोर अवस्थामा पुगे । सरकार सुन्नी समुदायवाट आएका थिए । यसैबीच एकजना बिद्रोही नेता देखा परे उनी हुन् अवदुल मलिक अल हाउथी । उनी हाउथी संमुदायलाई तत्कालिन सरकारले उत्पिडनमा राखेकाले हाउथीहरुको प्रतिनिधित्व गर्दै अगाडी आए । हाउथी समुदाय सिया मुसल्मान हुन । उनले सिया वाहुल्य क्षेत्र, उत्तरी पश्चिम साना (राजधानी) कव्जा जमाउन थाले । त्यतिवेलासम्म हाउथी बिद्रोहीहरुलाई दुवै तर्पmका सेनाहरुले खासै वास्ता गरेनन् । ईरान पनि शिया धर्म मान्ने देश  हुन । त्यसैले ईरानले हाउथीलाई समर्थन गर्न दक्षिण एडेनको खाडीमा युद्धपोत जहाज तैनाथ गरे । जसबाट त्यस देशको आन्दोलन मार्पmत आफु नियन्त्रित सरकार वनाउने तथा साउदी अरवलाई समेत नियन्त्रणमा राख्न चाहन्थे । साउदी अरव र ईरान बिगत धेरै समय अगाडीदेखि नै दुईदेश बीच शत्रुता कायम रहेका थिए । ईरान र सँउदी अरव बीच समुदी ईलाका छन् पर्सियन गल्फ । यस क्षेत्रमा त्यस्ता धेरै बिद्रोहीहरु छन् जसले ईरानलाई समर्थन गर्दछ । यसको माध्यमबाट साउदी अरवलाई उत्तर र दक्षिणति वाट नियन्त्रण गर्न चाहन्थे । यसरी राष्ट्रपतिद्धारा सउदी अरवलाई उचालेर सेना प्रमुख अहमारले बिद्रोही उचालेको र ऊ हाउथी बाहुल्य क्षेत्रमा रहेको बेला बम हमला गरे, तर अहमार यस हमलाबाट  बच्नसके । यसबाट अहमारले आफनो कमजोर भएको महशुश गरे, यसको कारण थियो राष्ट्रपतिलाई सउदीअरवको समर्थन प्राप्त भएको थियो । अव सेना प्रमुख अहमारले यमनको हाउथी बिद्रोहीहरुलाई समर्थन गर्न थाले । साथसाथै उनले त्यहांका सर्वसाधारण जनताहरुको सुरक्षाको प्रत्याभुति दिलाउने बाचा समेत गरे । अव एकातिर अहमार र हाउथी बिद्रोही, अर्को तर्पm सालेह र साउदीअरव बीचको द्धन्द खुलेर आए । अव सउद्ीअरवले बिचार गरे कि अव शान्तिसम्झौता मार्पmत यस द्धन्दलाई छिटो भन्दा छिटो टुड०्ग्याउन तिर लागे, छिमेकी देश यमन अस्थिर भयो भने साउदीअरवलाई समेत नराम्रो असर पथ्र्यो । जसमा राष्टपतिले आफ्नो छोरालाई पनि राष्टप्रम्ख वनाउन नपाउने र उसले पनि राजिनामा गरी अस्थायी युद्धबिराम गर्ने । जसको कारणले यमनमा शान्ति छाउने र हाउथीहरुको प्रभाव पनि कमी आउने आकलन समेत गरे । तर यो शान्ति सम्झौता राष्ट्रपतिले पहिला माने, पछि मानेनन् । यसबाट फेरी यमनमा अशान्ति पैmलिन थाले । यसपछि राष्ट्रपतिले आफ्ना समर्थकका साथ मसजिदमा प्रार्थना गरिरहेको बेलामा त्यहां बम खसालिया,े जसबाट उनको शरिर जलेर घाईते भए । पछि सन् २०११ नोभेम्वरमा पहिला राजिनामा नगर्ने भनेको, अव उनले राष्ट्रपतिको पदबाट राजिनामा दिए । त्यसपछि त्यहाको नयां राष्ट्रपतिमा तत्कालिन उपराष्ट्रपति मनसुर हादी नियुक्त भए । अव नयां राष्ट्रपतिले यमनमा शान्ति र स्थायित्व ल्याउने कामहरु शुरु गर्न थाले । जसमा सेना प्रमुख अमारलाई हटाएर मुवारक नामको सेना प्रमुख नियुक्त गरे । अव राजनैतिक र सेनाको बिचमा समन्वय गरी अगाडी बढाई युद्धलाई अन्त्य गर्ने बिचार अगाडी सारे । तर त्यतिन्जेल हाउथी बिद्रोहीहरु धेरै बलियो भईसकेको थियो । जसको नेतृत्व अवदुल मलिक अल हाउथीले गरिरहेका थिए । उनको नेतृत्वले यमनमा ३५देखि ४० प्रतिशत भूभागलाई कव्जा जमाइसकेका थिए । यसै बीचमा अलकायदा बिद्रोहीहरुले समेत यमनको दक्षिण भागमा प्रभाव वढाउदै गईरहेको थियो । अलकायदा किन पैmलिदै गयो भने राष्ट्रपति र सेना प्रमुखका सेनाहरु एक आपसमा लडेर धेरै कमजोर भैसकेका थिए । दुवै तर्पmका सेनाका केही फौज पनि अलकाईदासंग मिल्न गए । उत्तरमा हाउथी बिद्रोही तथा दक्षिण पश्चिममा अलकायदा बिद्रोहीहरुले नियन्त्रणमा गयो भने बीचको भाग मात्र सेनाहरुको नियन्त्रणमा थिए ।  राष्टपति मनसुन हादीले ६ प्रान्तमा बिभाजित गणराज्यहरुलाई वढी स्वतन्त्र अधिकार दिई राज्यलाई वलियो बनाई नियन्त्रण गर्न तिर लागेपछि हाउथी बिद्रोहीले राष्ट्रपतिले भने अनुसार नमान्ने, भनि त्यहांको राजधानी साना सन् २०१४ कव्जा जमाउन सफल भए । अव राष्ट्रपतिले सवै सेनाहरुलाई उत्तरतिर लगेर हाउथी बिद्रोही बिरुद्ध लड्न पठाए । सेना उत्तर तर्पm हाउथी बिद्रोही बिरुद्ध लड्न थालेपछि दक्षिण पश्चिम भूभाग अलकायदाले कव्जा जमाई फाईदा उठाए । यसपछि राष्ट्रपति मनसुर हादीले संयुक्त राष्ट्रसंघको मद्धतले हाउथीसंग एक शान्ति सम्झौता गर्न खोजे । त्यस सम्झौता मार्पmत हाउथी बिद्रोहीको पनि सरकारमा सामेल गराई यमनमा शान्ति र स्थायित्व ल्याउने । यस काम मार्पmत केही समय शान्ति मिल्यो र आपसी भाईचारा जस्तो देखियो । त्यसपछि राष्ट्रपतिले नया प्रधानमन्त्रीमा अहमद अवाद विन मुवारकलाई वनाउन प्रस्ताव गरे, तर हाउथी बिद्रोहीले बिलकुल मानेनन्, त्यति मात्र नभएर पहिलो शान्तिसम्झौता गरेका देशको संविधान कानून तथा ६ गणराज्यहरुलाई समेत नमान्ने बताए । त्यसपछि हाउथी बिद्रोहीहरुले फेरी पनि आन्दोलन गरी सेनाध्यक्ष मुवारकलाई समेत बन्दी वनाए । उनीहरुले जो आफुले चाहेको हो यस व्यक्तिलाई नै यमनको प्रधानमन्त्री बनाउन चाहन्थे । अव राष्ट्रपतिले आफुले भने अनुसार कुनै सकारात्मक काम गर्न नसकेपछि राजिनामा दिए लगत्तै उनलाई पनि बन्दी बनाए । सन् २०१५ मा उनी भागेर दक्षिण शहर एडन भएर साउदी अरवमा निर्वासित जीवन विताउन थाले । अव पूर्व राष्ट्रपतिले साउदी अरवसंग सहकार्य गरी सन् २०१५ मार्चमा इउभचबतष्यल म्भअष्कष्खभ क्तचयm नामको कारवाही शुरु कगरी हाउथीहरुलाई दमन गर्न लगाए ।

जव सउदी अरवले हाउथी बिद्रोहीको पकद क्षेत्रमा हवाई हमला शुुरु गरे, तव हाउथी र अलकायदा बिद्रोहीहरु यमनका सवैजसो भागहरुमा पैmलिसकेका थिए । त्यसपछि यमनमा एचयहथ ध्बच चल्न थालिसकेका थिए । एकातिर साउदीअरवको समर्थनमा जोर्डन, सुडान, अमेरिका, बेलायत, फ्रान्स, ईजिप्त, मोरक्को तथा सेनेगल लगायतका देशहरु थिए भने अर्कोतिर इरान, हाउथी, अलकायदा बिद्रोही बीचको भिषण युद्ध भयो । यमन सरकार सुन्नी धर्म मान्ने थियो भने हाउथी बिद्रोहीहरु सिया जसलाई इरानको मद्धतले सुन्नी धर्म समर्थक सरकारलाई हटाउन चाहन्थे । अव यमनमा साउदीअरवको नेतृत्वमा संयुक्त युद्ध कारवाही अगाडी बढाए । जसमा धेरै हाउथीहरुको आवादी क्षेत्र, स्कुल, अस्पतालहरुमा बम खसाल्दा धेरै वालवालिका, महिला लगायत धेरै जनता मारिए । सन् २०१५ अगष्टमा समुन्द्र वन्दरगाह अल हुदेहयामा बमवारी गरेर ध्वस्त गरेपछि यमनमा भोकमरी शुरु भयो । यमनमा धेरै जनताहरु मारिने कारणमा अमेरिकाको ठूलो हात रहेको बिस्वास गरिन्छ । संयुक्त राष्ट्र संघको भनाई अनुसार यस युद्धलाई २१ सौ सताव्दीकै ठूलो बिध्वश मानिएको छ । यस युद्धलाई अमेरिका लगायत पश्चिमा देशहरुले बिद्रोहीहरुलाई  आतंङकारीको संज्ञा दिई दिनहु मानवता बिरोधी बमवारी गरिरहेका छन् । धेरैभन्दा धेरै बालबालिका महिला लगायत सर्वसाधारण जनताहरु मारिदा मानवअधिकारको कुरा उठिरह्न्छ, त्यसबाट अमेरिका आफ्नो कालो अनुहार छोप्न चाहन्छ । सिरिया युद्धले जति संसारभर समाचार छापिन्छ त्यसको थोरै मात्रा पनि यमनको बिध्वश युद्धको समाचार छापिंदैन, किनभने त्यहां अमेरिकाको हतियार व्यापारको ठूलो स्वार्थ लुकेको छ ।

अमेरिकाले यमनको बिरुद्ध लड्न ठूलो परिमाणमा हतियार साउदी अरवलाई किन दियो तरु त्यहांका बिद्रोही हाउथीहरुसंग अमेरिकाको विरोध त थिएन । किनभने अमेरिकाले सउदीलाई हतियार बेच्नमा रुचि बढी रुचि देखाए । अमेरिकाको कूल बिश्व हतियार बजारमा ३३ प्रतिशत स्थान राखेको छ । यसमा ४० प्रतिशत हतियार त मध्यपुर्वले खरीद गर्ने गरेको छ । यसमा सउदीअरवलाई मात्र सन् २०११ देखि २०१५ सम्म ठूलो परिमाणमात्र हतियार बेचेको देखिन्छ । यसको पुष्टि क्तयअपजयmि क्ष्लतभचलबतष्यलब िएभबअभ च्भकभबचअज क्ष्लकतष्तगतभ ९क्क्ष्एच्क्ष्० ले गरेको छ । अमेरिकाले सन् २०१५सम्म सउदी अरवलाई २० बिलियन डलर बरावरको हतियार बेचिसकेका छन् । यसमा बम, मिसाईल, बमबर्षक लडाकु एफ १५ जहाज, हेलिकप्टर, अवराम ट्याङकहरु   थिए । अमेरिकाले ईरानको परमाणु बम वनाउने कार्यक्रम रोक्नको लागि सन् २०१५ एक अन्र्तदेशिय एैतिहासिक परमाणुबम बनाउन रोक्ने सम्झौता गरे । यसले ईरानमा रहेको आर्थिक प्रतिवन्द समेत हटायो । यस सम्झौता गर्नुको कारणमा, ईरानको परमाणु बमको खतराबाट उनको मित्रदेश सउदीअरव र इजराईललाई बचाउनु रहेको छ । अव अमेरिकाले यमन  युद्धमा घुस्नुको अर्को एउटा कारण पनि छ, त्यो हो अमेरिकामा सन् २०११ सेप्टेम्बरको घटनालाई लिएर त्यहा दक्षिण दिशामा पैmलिरहेको अलकायदाका बिद्रोहीलाई रोक्नु रहेको छ । संयुक्त राष्ट्रसंघको भनाई अनुसार अमेरिकाको सहयोगद्धारा सउदीअरवले यमनमा हमला गरेदेखि त्यहां रहेका ४ लाख वालवालिकाहरु कुपोषणका शिकार भए भने २० लाख महिला वालवालिका लगायत सार्वसाधारण जनताहरु मारिसकेका छन् । लाखौ जनताहरु शरणार्थीको रुपमा परिणत भैसकेका छन् । अव अमेरिकाले अव के फाईदा भयो त, उत्तर पश्चिम तिर हाउथीहरुले कव्जा जमाइरहेका छन् भने दक्षिण पश्चिममा अलकायदा बिद्रोहीहरुले । यो युद्ध कतिन्जेल चलाउने यी बिस्तारवादी महाशक्ति राष्ट्रहरुले यो एकाईसौ सताव्दीको त्रासदीपूर्ण युद्ध रोकी सम्पुर्ण मानवजाति तथा सभ्यता वचाउनको खातिर आवाज उठान गर्नु आवश्यक्ता भैसकेको छ । यस युद्धले कसैलाई पनि फाईदा गर्दैन, न यमनको जनता, न विश्व महाशक्ति
राष्ट्रहरुको । अमेरिकाको युद्ध मानसिक्ताले मध्यपुर्वका धेरैजसो राष्ट्रहरु अहिले चक्नाचुर भईसकेका छन् । जस्तो कि इराक, अफगानिस्तान, सिरिया, यमन, प्यालेस्टीन, लेवनान, टर्की, जोर्डन, ईजिष्ट आदि । यसमा अमेरिकाको एउटा ठूलो ईच्छाले काम गरिरहेको छ, त्यो हो ईजरायल र त्यहां जनता ज्युजहरुलाई मध्यपुर्वका अरबदेशहरुको आक्रमणबाट उसलाई वचाउनु रहेको छ । त्यसको अदृश्य अर्थ हुन्छ, क्रिश्चियानिटी र ज्युज धर्म मान्ने समुदायलाई बचाउने, मुस्लिम धर्म (सियारसुन्नी) मान्नेहरुलाई निमिट्यान्न पार्ने । अव प्रश्न उठदछ, के ईजराइल र सउदीअरवलाई वचाउनकै निमित्त यत्रो युद्ध कहिलेसम्म मचाईराख्ने त अमेरिकाले ? अमेरिका बाहिरवाट हेर्दा धनी देखिन्छ, तर उसको आन्तरिक ढुकुटी क्षण हुदै गईरहेको आभास मिल्दछ । किनभने ट्रम्पले आफ्नो चुनावी भाषण अनुसार न उसले दक्षिणतिरको छिमेकी मेक्सिकोसंगको १,१०० किलोमिटर सिमा क्षेत्रमा तारवार लगाउन सकेको छ, न उसले पहिले जस्तै गरिव राष्ट्रहरुलाई दिदै आएको सहयोग दिन सकेको छ । यसको उदाहरणको रुपमा नेपालका भुकम्प पिडितहरु अस्थायी रुपमा अमेरिकामा वसोवास गर्दै आएरहेका करीव ९ हजार जनताहरुलाई नेपाल फर्कन आव्हान गरिसकेका छन् । त्यस्तै सन् २०१५ डिसेम्वर १२ का दिनमा गरिएको पेरिस संम्झौता, जसमा बिकसित देशहरुको औद्योगिकरणको कारणले गर्दा वातावरणीय क्षेत्रमा नराम्रो असर परेका देशहरुलाई दिने गरेको आर्थिक सहायता कार्यक्रम समेत वन्द गर्ने घोषणा गर्नु । आफुले कबोल गरिसकेको अष्टेलिया लगायत अन्य देशहरुमा रहेका विपन्न शरणार्थीहरुलाई आश्रय दिन ईन्कार गर्नु, चीनसंग रहेको दुईपक्षिय व्यापारद्वन्द वढाउनु आदि ईत्यादि कारणले गर्दा समेत त्यो देश आर्थिक रुपमा दिनानुदिन खोक्रो हुदै गएको पुष्टि हुन्छ । अन्त्यमा, अमेरिका लगायत अन्य महाशक्ति राष्ट्रहरुले आजको एकाईसौ शताव्दीको विश्वजगतलाई युद्द त्राशद्धिबाट वचाई सम्पूर्ण मानवजातिहरुका लागि शान्तिको मार्ग पहिल्याउनु नै आजको आवश्यक्ता हो भन्दा दुईमत नहोला ।

No comments:

Post a Comment