Wednesday, March 8, 2017

पाँगाका ज्येष्ठ नागरिकहरु वटुक भैरवको भ्रमणमा

पाँगाका ज्येष्ठ नागरिकहरु वटुक भैरवको भ्रमणमा




कीर्तिपुर सन्देश ÷

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ स्थापना भएको ज्येष्ठ नागरिक सेवा केन्द्रले हरेक महिनाको अन्तिम सनिवार विभिन्न स्थानमा ज्येष्ठ नागरिकहरुलाई भ्रमण गराउनेक्रममा गत फागुण ७ गते ललितपुरको लगनखेलस्थित वटुक भैरवस्थानमा भ्रमण लगेका छन ।

       पाँगा पाघुटोलका नारायण महर्जनले प्रायोजन गरिएको उक्त भ्रमण कार्यक्रममा ३ वटा बस भरिएर लगेका थिए । लामो समयदेखि बाहिर घुम्न जान नपाएका ज्येष्ठ नागरिकहरु अत्यन्तै हर्षित भएका थिए । वटुक भैरवस्थान पुगेपछि सबैले पालैपालो पुजा गरे । पुजा पछि दैनिक कार्यक्रमझै योग, ध्यान र धार्मिक प्रवचन सुनाइयो । उक्त कार्यक्रममा ९६ वर्ष उमेर पुगेकी भिम कुमारी महर्जनको पनि उपस्थिती रहेका थिए । योग गुरु हिरानानी महर्जनले  एकछिन योग पनि गराईएको थियो । ज्येष्ठ नागरिक क्लबका सचिव एवं केन्द्रका सल्लाहकार अर्जुन महर्जनले त्यस दिनको कार्यक्रम र नारायण महर्जनको बारेमा बोल्नु भएको थियो । त्यस्तै ज्येष्ठ नागरिक क्लबका अध्यक्ष एवं केन्द्रका सल्लाहकार इन्द्रमान महर्जनले पनि मन्तव्य राख्नु भएको थियो । त्यस्तै ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दुर्गा कुमारी महर्जनले सहयोग दातालाई धन्यवाद दिनुहुँदै उहाँको उपकारी मनको प्रशंसा गर्नुभयो ।  ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगा स्थापना भएको १० महिनामा यो ८ औं पटकको भ्रमण रहेको अध्यक्ष दुर्गा कुमारी महर्जनले जानकारी दिनुभयो । यसभन्दा अघि जलविनायक मन्दिर चोभार दुईचोटि, नारायणहिति राजदरवार, सूर्यविनायक भक्तपुर, कार्यविनायक बःखु, बाघभैरवस्थान कीर्तिपुर र अहिले वटुक भैरव ललितपुरमा आएका हुन ।

      शारीरिक अवस्थाको कारण अन्य विविध कारणले गर्दा कहिं कतै जान नपाएका, जान नसकेकाहरु यस्तो भ्रमणले साह्रै खुशी भएका हुन । दिउँसो एक बजेपछि नास्ता गरीसकेपछि सबैजना छमछमी नाचेका थिए । त्यस कार्यक्रमलाई प्रायोजन गर्नु हुने नारायण महर्जनलाई दुबोको माला लगाएर सम्मान गर्दै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सेवाभावको लागि ज्येष्ठ नागरिकहरुले शुभाशिर्वाद पनि दिनु भएको थियो । नाचगान रमाइलो गर्दै साँझ ६ बजे फर्किएको थियो ।

No comments:

Post a Comment