Thursday, March 9, 2017

कीर्तिपुरमा “अपराधरहित समाज निर्माणमा समुदायको भूमिका” विषयक अन्तक्र्रिया

कीर्तिपुरमा “अपराधरहित समाज निर्माणमा समुदायको भूमिका” विषयक अन्तक्र्रिया


कीर्तिपुर सन्देश साप्ताहिक÷
सामुदायिक सेवा केन्द्र कीर्तिपुरले ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा गत फागुण ७ गते “अपराधरहित समाज निर्माणमा समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कीर्तिपुर वडा नं.४ स्थित शंखधर स्मृति पार्कमा केन्द्रका अध्यक्ष रबिन्द्रबहादुर प्रधानको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रहरी बृत कीर्तिपुरका प्रमुख डिएसपि डा.मेखवहादुर थापा हुनुहुन्थ्यो, विशेष अतिथि की.न.पा.का बरिष्ठ लेखा अधिकृत सानुवावु परियार, अन्य पाहुनाहरुमा नेपाल मानव अधिकार संगठन कीर्तिपुर शाखाका उपाध्यक्ष बच्चुराम श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाका सभापति राजेन्द्र बानियाँ, दबूचा बिचाः गुथिका अध्यक्ष संघ रत्न बज्राचार्य, तरुण दल कीर्तिपुर नगरका सभापति इच्छा कुमार मर्हन र नयाँशक्ति पार्टीका कीर्तिपुर संयोजक केशरत्न बज्राचार्य हुनुहुन्थ्यो ।

सामुदायिक सेवा केन्द्रका सचिव बिरेन्द्र शाक्यले स्वागत गर्नुका साथै कार्यक्रमको बारे संक्षिप्त
जानकारीको साथै समन्वय गर्नु भएको थियो । प्रमुख अतिथि डिएसपि डा.मेख बहादुर खत्रीले समुदाय र प्रहरीको सम्बन्धको बारेमा छोटकरीमा उल्लेख गर्नुहुँदै महानगरीय प्रहरी बृत कीर्तिपुरको शान्ति सुरक्षाको बारेमा जानकारी दिनु भएको थियो । उहाँका अनुसार आ.व. २०७०÷०७१मा सबै किसपको मुद्दा ११३ वटा दर्ता भएको मा आ.व.२०७१÷०७२ १४८ वटा,  आ.व. २०७२÷०७३ मा १६४ वटा, २०७३÷०७४ मा हालसम्म १२० वटा मुद्दा दर्ता भएको बताउनु भयो । यसो हेर्दा आ.व. २०७२÷०७३ मा अगिल्लो वर्षमा भन्दा बढी मुद्दा दर्ता भएको देखिन्छ तर अहिले आएर त्यो संख्या कम भएको बताउनुभयो ।

उहाँले समुदायको सहयोग सुरक्षाको जिम्मा प्रहरीले लिएको छ । यसको लागि समुदायको सहयोग अपरिहार्य छ भन्नुभयो । सुरक्षा सम्बन्धि अन्तरक्रिया भने पनि धेरैजसो सहभागीहरुले फोहर मैला व्यवस्थापन सम्बन्धि प्रश्न उठाएका थिए । त्यस्तै शंखधर स्मृति पार्कको भवनमा सामुदायिक सेवा केन्द्र र प्रहरी सामुदायिक केन्द्रको अफिस राखेकोमा पनि असन्तोष व्यक्त गरे कहिलेसम्म बस्ने हो भनेर प्रश्न पनि उठाएका थिए । कसैले सामुदायिक सेवा केन्द्रमा प्रहरी १० देखि ५ सम्म मात्र बस्छ । अझ अबेरसम्म बस्नु पर्ने धारणा पनि राखेका थिए ।
    फोहर मैला सम्बन्धि उठेको प्रश्नको जवाफमा की.न.पा.का सानु बाबु परियारले प्राइबेट पब्लिक साझेदारी अन्तर्गत की.न.पा.ले नीजि क्षेत्रसँग मिलेर छिट्टै फोहर सम्बन्धि काम गर्ने बताउनुभयो ।
 
प्रमुख अतिथि डिएसपि डा. मेखवहादुर खत्रीले अपराध नियन्त्रण गर्न समुदायको सहयोग विना सम्भव नभएको बताउँदै कुनै अपराध भएमा नहिच्कीचाईकन प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । उहाँ कीर्तिपुर आउनु भएको १३ महिना भयो । यस बीच उहाँले नयाँबजार क्षेत्रलाई एकतर्फि सवारी साधन संचालन गर्न दिएपछि सडक जाम भएन । सडकमा जथाभावी साईकल, थेलामा राखेर फलपूmल, तरकारी, चटपटे बेच्न नदिंदा पनि सडकमा यातायात सहज भएको हो । त्यस्तै घरेलु मदिरा उत्पादन गर्नेहरुमाथि कारवाही, तास जुवा खेल्नेहरुलाई कारवाही गरिएको, बाटोमा अथवा सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेमाथि पनि कारवाही गर्नु भएको छ । त्यहाँ उपस्थित महानुभावहरुले उहाँको माथिको कारवाहीको प्रशंसा गर्दै अझ सुरक्षा प्रदान गर्न अनुरोध गरिएको थियो ।

No comments:

Post a Comment