Saturday, December 17, 2016

स्व.शुकराम महर्जनको स्वस्थानी ब्रत कथा विमोचित

स्व.शुकराम महर्जनको स्वस्थानी ब्रत कथा विमोचित



पाँगा भुजिन्द टोलका स्व.शुकराम महर्जनले नेपालभाषामा अनुवाद गर्नु भएको श्रीस्वस्थानी ब्रत कथाको विमोचिन गत मंसिर ९ गते बाघभैरवस्थान कीर्तिपुरमा एक कार्यक्रम बीच सार्वजनिकरण गरिएको थियो । स्व.शुकराम महर्जनका छोरी रामदेवी महर्जन र छोरा प्रकाशराम महर्जनले प्रकाशित गर्नु भएको उक्त पुस्तक शुकराम महर्जन दिवंगत हुनु भएको १२ औं वार्षिकीको अवसरमा सार्वजनिकरण गरिएको हो ।

सो अवसरमा ज्येष्ठ नागरिक सेवा केन्द्र पाँगाका ज्येष्ठ नागरिकहरुलाई ३ वटा बसमा राखी कीर्तिपुरवासीको आराध्यदेव बाघभैरवमा पुजा गरिएको थियो । पुजा पछि ज्येष्ठ नागरिकहरुलाई माला र टिका ग्रहण गराई भोजन दान गरिएको थियो । अर्जुन महर्जनद्वारा संचालित कार्यक्रममा संस्थाका सचिव हरिदेवी महर्जनले स्वागत मन्तव्य दिनु भएको थियो । उक्त अवसरमा प्रकाशकका तर्फबाट श्रीमती रामदेवी महर्जनले अलि ढिलै भए पनि आफ्ना बुबाको कृति प्रकाशन गर्न पाउनुले मनमा सन्तोष भएको बताउनु भयो । त्यस्तै ज्येष्ठ नागरिक क्लबका तर्फबाट इन्द्रमान महर्जनले पनि मन्तव्य राख्नु भएको थियो । सो अवसरमा राजभाई जकःमिले कविता र सानु श्रेष्ठले भजन गाउनु भएको थियो । संस्थाका अध्यक्ष दुर्गा कुमारी महर्जनले धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरिएको थियो । त्यसपछि ज्येष्ठ नागरिकहरुलाई भोज खुवाइएको थियो ।

No comments:

Post a Comment