Tuesday, September 6, 2016

जिउँदो लाशको मुर्दो आवाज —मेरो जेल जेल डायरी —१ को बाँकि अंश

जिउँदो लाशको मुर्दो आवाज —मेरो जेल जेल डायरी —१ को बाँकि अंश


मलाई प्रहरी प्रभाग कालीमाटी महिला सेलमा लग्यो । त्यहाँका महिला ईन्स्पेक्टरले हाम्रो संस्था नेपाल टुहुरा कल्याण संघको बारेमा, त्यसमा आबद्ध बच्चाहरूको बारेमा सोधिन् । मैले यथार्थ बयान दिएँ । अनि बच्चाहरू पालीराखेको घरको बारेमा सोधिन् । होस्टेलको बारेमा सोधिन् । त्यो होस्टेल होइन । उनीहरू बस्ने घर हो । बाहिर जिल्लाका कहिं जाने ठाउँ नभएका तीनजना केटीहरू बस्ने ठाउँ हो । मेरो पुरानो घरमा राखेर पालीराखेको छु । मलाई यहाँ किन बोलाउनु भएको ?” मैले सोधें ।
तपाईंले पालीराख्नु भएका बच्चाहरूलाई जबरजस्ति करणी गर्ने प्रयास गर्नुभयो भनेर यहाँ उजुरी परेको छ । त्यसैले सोधपुछको लागि तपाईंलाई यहाँ बोलाएको हुँ । ईंन्स्पेक्टरले भनिन् ।
उनको कुरा सुनेर म त छानाबाट खसेकोजस्तो भएँ । दिउसो पानी परेर अलिअलि जाडो महसुस भएको थियो । अहिले एकैचोटी मेरो शरीर पसिनाले निथु्रक्कै भिज्यो ।
राम राम तपाईंले के भत्रुभएको यो ? मैले यो के सुन्नुुप¥यो ? आपूmले छोरीजस्तो मानी पालीराखेका बच्चाहरूलाई पनि त्यसरी गर्छु र ? त्यो पनि मजस्तो चीनि (मधुमेह) रोगीले । मेरो मुखबाट निस्केको शब्द यिनै हुन् ।
खोई उनीहरूले त यस्तै उजुरी दिएका छन् । बयान लिनका लागि उनीहरूलाई लिन पठाएको छु । उनीहरूले होइन भन्यो भने तपाईंलाई छाड्छु । ईन्स्पेक्टरले भनिन् ।
ठीक छ । उनीहरूसँग मेरो अगाडि बयान लिनुस् । मेरो अगाडि उनीहरूले मैले त्यस्तो गरेको हो भन्यो भने तपाईंले जे सजायँ दिनुहुन्छ त्यो भोग्न म तयार छु ।
मलाई एउटा कोठामा राखेर उनी बाहिर गइन् । त्यहीबेला हरिश्चन्द्र बुढाथोकीको फोन आयो । मैले आपूm एउटा मिटिंगमा व्यस्त छु, पछि कुरा गरूंला भनेर फोन राखें । ईन्स्पेक्टरले मेरो मोबाईल माग्यो । मैले स्वीच अफ गरेर दिएँ ।
पंचलाल आयो । ईन्स्पेक्टरको कोठामा गयो । कुराकानी पछि पंचलालले मकहाँ आएर भन्यो, “बच्चाहरूको बयान पछि मात्र केही भन्छु भनेको छ ।
प्रहरी भ्यान आयो । “ल तपाईं भित्र बस्नुस् । भनेर मलाई एउटा कोठामा राखेर बाहिरबाट चुकुल लगाइदियो । बच्चाहरू ल्याएको रहेछ । मेरो अगाडि बयान लिनु भनेको त मलाई कोठामा थुनेर अलग्गै कोठामा पो बयान लिन लागेको छ । बच्चाहरूले के बयान दिन्छ ? मैले उनीहरूलाई गाली गर्नु सिवाय अरू केही गरेकै छैन । मैले उनीहरूलाई पाली राखेको थिए । उनीहरूको बानी व्यहोरा नराम्रो देखेपछि अब म पाल्न सक्दिन आआफ्नो घर जाऊ भनेको हुँ । सवितालाई ३ गते नै उनको आमालाई बोलाएर घर पठाईसकेको थिएँ । निर्मलालाई दशैंमा घर पठाउने, एस.एल.सी.जाँच नसकिएसम्म नीरूलाई कीर्तिपुर घरमा राख्ने सुनाएको थिएँ । त्यसैले त्यसबेलादेखि ५ किलो २ किलो मात्र चामल किनीदिएको थिएँ । कसैसँग पैसा लिएर उनीहरूलाई पालीराखेको होइन । उनीहरूले आरोप लगाउँदैमा मलाई थुन्न पाइन्छ ? यस्तै मनमा कुरा खेलाउदै म एक्लै कोठामा बसिरहें ।
बाहिर अध्यारो भैसकेको छ । आधाघण्टा पछि गाडी गएको आवाज आयो । सायद बच्चाहरू फर्केर गएका होलान् । उनीहरूले के बयान दियो होला थाहा पाउन मेरो मन हतारियो । त्यहीबेला म बसिरहेको कोठाको ढोका खुल्यो । मलाई कोठाबाट बाहिर लग्यो । छोरा निरज र भरत पनि आइसकेका रहेछन् ।
“के भयो डैडी ?” छोराले सोध्यो ।
मैले बच्चाहरूलाई जवरजस्ती गर्न खोज्यो रे ।
अँ, प्रहरीले निर्मला र पारूलाई भ्यानमा राखेर हाम्रो घरमा ताला लगाएर आयो भनेर नीराले फोन गरेर ल्यायो । अनि सोध्दै खोज्दै यहा आएको । छोराले भन्यो ।
बच्चाहरूले तपाईंले बलात्कार गर्न खोज्नु भएकै हो भनेर बयान दिएछ । अब तपाईलाई यहाँ होइन हनुमान ढोका पठाउँछ । भोलि साथीहरूलाई लिएर हनुमान ढोका आउँछु । पंचलालले भन्यो ।
ल बा, बच्चाहरूले त तपाईंले उनीहरूलाई जवरजस्ती करणी गर्न खोज्नु भएकै हो भने । हो, होइन अनुसन्धान गर्न तपाईं प्रहरी खोरमा बस्नुपर्ने भयो । ईन्स्पेक्टरले भन्यो,‘तपाईलाई यहाँ अप्ठ्यारो हुन्छ । त्यसैले हनुमान ढोका पठाईदिन्छु ।
घडी लट्ठी सबै छोरालाई दिनुस् । त्यहाँ केही पनि राख्न दिंदैन । एकजना प्रहरीले भन्यो ।
मैले छोरालाई घडी र लट्ठी दिएँ । छोराले आपूmले लगाएर आएको ज्याकेट मलाई दियो । प्रहरीले मलाई एउटा कागज थमायो । मैले कागज पढें । लेखेको रहेछ —
परिसर ड (क) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी नजरराम भन्ने नजरमान महर्जन भएको जवरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तपाईंलाईं हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएकोले आजका मितिदेखि तपाईंलाई यस कार्यालयको हिरासतमा राखी मुलुकी ऐन अ.ब.नं.१२१ बमोजिमको यो थुनुवा पूर्जी दिइएको ब्यहोरा जानकारी गराइन्छ ।
एकजना सादा पोशाकको पुरुष प्रहरीले मेरो दुईटै हातमा हतकडी लगाई दियो । अर्को एकजना महिला प्रहरी पनि आइन् । दुबैजनाले दोहो¥याउदै मलाई बाहिर लग्यो । मेरो छोरा र साथीले विवशताको नजरले हेरिरहे ।
ट्याक्सीमा जाने कि हिंडेर जाने ?” प्रहरीले सोध्यो ।
तपाईंहरूले जे भन्नुहुन्छ । मैले भनें ।
पैसा छ भने ट्याक्सीमा जाउँ ।
हुन्छ । भाडा म तिर्छु । हतकडी लगाएर के हिंडेर जाने भनेर मैले भनें ।

बाहिर एउटा ट्याक्सी लियो । अगाडि सीटमा महिला प्रहरी बसिन् । पछाडिको सीटमा हामी बस्यौं । ट्याक्सीले भिमसेनस्थान हुँदै हनुमान ढोका पु¥यायो । ट्याक्सी भाडा मैले तिरें । मलाई हनुमान ढोका प्रहरी प्रभागभित्र लग्यो ।

No comments:

Post a Comment