Sunday, November 10, 2013

कसरी बताउ मेरो देशको हाल

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013

गजल
 

- सुस्मिता तामाङ, वैष्णवी मा वि भाजंगल
कसरी बताउ मेरो देशको हाल
जतिबर्ष बिते पनि अझ उस्तै ताल
कोही राम यहां कोही छन रावण
बीचमा छ चिनको ठुलो पर्खाल
खानकै लागिबाच्नकै लागि
कोही थाल त कोही दाल
कसरी बताउ मेरो देशको हाल ।।
सविधान बनाउने सासदहरु
आआफनै तालमा बनेका छन लाल
सविधानको विरालोले गरेको  न्वारन
ह्ेर्दै छ कि नेपथ्यमा अझ यो साल
जतिवर्ष बिते पनि अझ उस्तै ताल
शान्ति र क्रान्तिको युध्दचल्दा
बनाउछन किन? जनतालाई ढाल
आमाको नयनमा छोराको लास देख्दा
उर्र्लिएको छ रोदनको ताल
परिवर्तित प्रखर चन्द्र र सुर्य
बनेर हटाउ विध्वंशका जाल
सचेत हौ बन्नुपर्ला अरुको थाल ।।

No comments:

Post a Comment