Sunday, November 10, 2013

उठौं जागौं जनजाति अब

अंक ११६ ने. सं. ११३३ कौलागा एकादशी बुधवाः २०७० कार्तिक १३ गते बुधवार Oct -30, 2013


उठौं जागौं जनजाति अब
 

मिकसांग वाइबा तामांङ

उठौं जागौं जनजाति अब
साच्चिकै ढिला भइसकेको छ
शोषक सामन्तीको विशाल पर्खाल
भत्काउने बेला आइसकेको छ

धेरै गरे शोषण हामी माथि
थिचो मिचो र अत्याचार
त्यही अत्याचारको बदला
लिने बेला आइसकेको छ

कति दाजु भाइलाई दासी बनाए
कतिलाई त जिउँदै जलाए
जलिएका आत्मालाई शान्ति
दिने बेला आइसकेको छ

जलाए इतिहासका पानाहरु
मेटाए जातिय पहिचानहरु
त्यही हराएका पहिचानलाई
खोज्ने बेला आइसकेको छ

by: Miksang waiba tamang

No comments:

Post a Comment