Saturday, September 21, 2013

आउदो चुनाव जनमत संग्रहको रुप हुने

ने. सं. ११३३ यंलाथ्व षष्ठी बुधवाः २०७० भाद्र २६ गते  बुधवार Sep -11, 2013
 
आउदो चुनाव जनमत संग्रहको रुप हुने

सम्पादकीय

अव हुने भनिएको संविधानसभाको चुनाव संविधानसभामा सभासद् बन्नका लागि मात्र हैन । यो त एक ढंगवाट जनमत संग्रह हुने अवस्था छ । 

चुनाव मंसिर ४ गते नै हुन्छ भन्न सकिने अवस्था नभएतापनि चुनाव संविधानसभाको मात्र नभई एक ढंगवाट पहिचानको आधारमा संघीयता पक्षधर र भौगोलिक आधारमा संघीयता पक्षधर वीचको जनमत संग्रह हुने अवस्था छ । यसो भनीरहदाखेरि संघीयता विरोधीहरु भने नभएको अवस्य पनि हैन । संघीयता विरोधीहरु थोरै मात्र रहेको र दलपनि सानो अवस्थामा रहेको कारणले मूल रुपमा पहिचानको आधारमा संघीयता पक्षधर र पहिचान विरोधी वीचको चुनाव हुने अवस्था छ भन्दा केहि फरक पर्दैन ।

सो चुनावमा पहिचान पक्षधरहरु विभाजित भई चुनावमा उठ्ने अथावा एउटै निर्वाचन क्षेत्रमा पहिचान पक्षधरहरु    धेरै जना उम्मेदवार भएमा पहिचानको विपक्षमा रहेका दलका नेताहरु जित्ने संभावना बढि हुने अवस्था छ । कारण, पहिचान पक्षधर दलहरु धेरै भएको र पहिचान विरोधी दलहरु थोरै मात्र भएकोले भन्न सकिन्छ । 

अतः अव हुने भनिएको चुनाव केवल संविधानसभाको चुनाव मात्र नभई पहिचानको सवालमा एक ढंगको जनमत संग्रह हुने कुरालाई बुझ्नु जरुरी रहेको छ ।

No comments:

Post a Comment