Thursday, May 2, 2013

विश्वकै ठूलो मञ्जुश्रीको मुर्ति चोभारमा राख्ने तयारी /चोभारबाट पनि देखिन्छ सगरमाथा

अंक ९१ ने. सं. ११३३ चौलागा खष्ठी बुधवाः २०७० बैशाख १८ गते बुधवार May 1, 2013

विश्वकै ठूलो मञ्जुश्रीको मुर्ति चोभारमा राख्ने तयारी

चोभारबाट पनि देखिन्छ सगरमाथा

सन्दर्भ :
चोभार क्षेत्रमा २२ फिटको मञ्जुश्रीको प्रतिमा राख्ने ।
मञ्जुश्रीको प्रतिमा    राख्ने स्थानवाटै    सगरमाथ देख्न सकिने ।
सोहि क्षेत्रमा सगरमाथा र मञ्जुश्री सम्वन्धी अध्ययण केन्द्र स्थापना गरिने

 श्रीकृष्ण ज्यापु

१) मञ्जुश्रीको नमुना प्रतिमा
 


२) चोभार क्षेत्रवाट देखिने सगरमाथा (घेराभित्र देखिएको सगरमाथा)
 
 

३) पत्रकारहरुलाई सो क्षेत्र निरिक्षण गराउ“दै


विश्वका विभिन्न मुलुकवाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका प्रमुख आकर्षणको केन्द्र बनेको विश्वको सर्वोच्च शिखर सगरमाथा हो । 

सगरमाथा हेर्न पर्यटकहरु विभिन्न स्थानमा जानेदेखि हिमाली क्षेत्रमा समेत जाने गरिन्छ । त्यति मात्रै हैन नेपालका आन्तरिक पर्यटकहरु समेत सगरमाथा हेर्न विभिन्न स्थानमा पुग्ने गरिन्छ । प्राकृतिक सम्पदा सगरमाथा हेर्न अब कीर्तिपुरवासी कतै नगइकन आफ्नै आगनमा रहेको चोभर क्षेत्रमा पुगे पुग्ने भएको छ ।
हिमाल सिमेन्ट कारखाना बन्द भई खाली रहेको जग्गावाट नै सगरमाथा देख्न सकिने कुरा सगरमाथाविद् शुक्रसागर श्रेष्ठले बताउनु भएको छ । 

सगरमाथालाई नेवार समुदायले गुलभाः द्यः भन्ने गरिन्छ । आफ्नो जीवनमा प्रयोग हुने सामानदेखि प्रकृतिलाई पनि देवताको रुपमा मान्दै आएका नेवार समुदायले गुलभाः द्यः भन्दै आएको कुरा पनि पुरातत्वविद् एवं सगरमाथाविद् शुक्रसागर श्रेष्ठले बताउनु भएको छ । 

सगरमाथा देख्नका लागि कीर्तिपुरवासी एका विहानै सो क्षेत्रमा पुग्नुपर्ने अवस्था रहेको छ । चोभार क्षेत्र पर्यटन विकास समाजले चोभार क्षेत्रवाट सगरमाथा हेर्न सकिने कुरा सार्वजनिक गरिएको हो । पत्रकारहरुको टोलिलाई भ्रमण गराई सो क्षेत्रवाट सगरमाथा देख्न सकिने बताइएको थियो । यदि यो कुरा ब्यापक रुपमा प्रचार प्रसार गर्न सकिए कीर्तिपुरक्षेत्रमा पर्यटन विकासका लागि एउटा ठूलो आधार हुने कुरामा कसैको पनि दुईमत हुँदैन होला । सगरमाथा देख्न सकिने क्षेत्रमा नै मञ्जुश्रीको प्रतिमा    राख्ने भएको छ । 

काठमाण्डौं उपत्यका दहको रुपमा रहेको अवस्थामा मञ्जुश्रीले खड्गबाट काटिएको भनिएको चोभारको गल्छी हो । सोही गल्छि क्षेत्रमा नै मञ्जुश्रीको मूर्ति स्थापना गर्न लागेको हो । अव स्थापना गरिने मञ्जुश्रीको मूर्ति विश्वकै सबैभन्दा ठूलो मञ्जुश्रीको मूर्ति हुने छ । 

करिव ३३ फिट अग्लो ढुंगाको प्रतिमा सो स्थानमा स्थापना गर्न लागेको समाजले बताएको छ । त्यसै गरि सो क्षेत्रमा सगरमाथा र मञ्जुश्रीको बारेमा अध्ययण गर्ने केन्द्रको रुपमा समेत विकास गर्ने बताइएको छ । 

गत हप्ता मात्रै चोभार क्षेत्र पर्यटन विकास समाजले पत्रकारहरुलाई सो क्षेत्रमा परिक्रमा गराउनुका साथै चोभार क्षेत्रका ऐतिहासकि एवं सांस्कृतिक तथा पुरातात्वीक रुपमा महत्वपूर्ण   रहेका स्थानका साथै चखुंति बखुतिं अर्थात मञ्जुश्री गुफा र गल्छे क्षेत्र समेत अवलोकन गराएको थियो ।

No comments:

Post a Comment