Friday, April 26, 2013

प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता–२०६९ प्रारम्भ

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013

प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता–२०६९ प्रारम्भ

नवीन महर्जन


नयाँबजार क्लब कीर्तिपुरको आयोजनामा गत फागुन ५ गतेदेखि प्रथम कीर्तिपुर वास्केटवल प्रतियोगितामा प्रतिनिधित्पव गर्ने गोल्नडेन गेट, गुरुकुल, नासा, ह्वाइटहास, नेपाल आर्मी र आयोजक नयाँ बजार क्लब गरी कूल ६ टीमले सहभागिता जनाइ राखेको छ ।

कीर्तिपुर सामुदायिक वास्केटवल कोर्टमा नेपालमा पहिलो पटक डिजिटल प्रविधिले स्कोरिङ्गको साथ सार्थ २४ सेकेण्ड समेत देखाउने आधुनिक प्रविधिले खेल संचालन गरेकोले खेलाडि, अफिसियल साथै दर्शक समेत निकै उत्साहित भएको थियो । यस प्रतियोगिताको पहिलो खेल गोल्डेन गेट र नासा विच भएको थियो । उक्त खेलमा गोल्डेन गेटले नासालाई ७९–६० अंकले हरायो । यस प्रतियोगितामा पहिलो क्वाटरमा गोल्डेन गेटले १५–१६, दोस्रो क्वाटरमा २५–१९, तेस्रो क्वाटरमा २१–९ र अन्तिम क्वाटरमा १८–१६ अंक बनाएको थियो । यस प्रतियोगितामा गोल्डेन गेटको जितको लागि दिपेन्द्र महर्जनले सर्बाधिक १९ अंक जोडेको थियो ।

त्यसैगरी उक्त दिनमा नै सम्पन्न दोस्रो खेलमा गुरुकुल टिमले ह्वाइटहाउस माथि ७५–४७ अंकको जित निकाल्यो । गुरुकुलले पहिलो क्वाटरमा २८–११ अंकले  अग्रता लिएको थियो भने दोस्रो क्वाटरमा १९–८, तेस्रो क्वाटरमा २०–१४ र अन्तिम क्वाटरमा १६–१२ अंकले अग्रता लिंदै सहज जित हासिल गरेको थियो । गुरुकुलको लागि विनोद महर्जनले सर्वाधिक १६ अंक जोडेको थियो ।

दोस्रो खेल पश्चात नयाँ बजार क्लब अध्यक्ष ईश्वर मुनी बज्राचार्यको सभापतित्वमा उद्घाटन कार्यक्रम प्रमखु अतिथि कीर्तिपुर नगरपालिकाका    कार्यकारी अधिकृत रामलाल श्रेष्ठको आतिथ्यमा भएको थियो । उक्त उद्घाटन कार्यक्रममा नेपाल वास्केटवल संघका पदाधिकारीहरूको पनि उपस्थित रहेको थियो । प्रमुख अतिथि रामलाल श्रेष्ठले रेफ्रि विकास शाहीलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गरिएको थियो । यस खेल आयोजक नयाँबजार क्लब र नेपाल आर्मी विच भएको थियो । तर पहिलो क्वाटर नसक्दै नेपाल आर्मी ७–५ अंकले अग्रता लिइ राखेको बेला पानी परेकोले खेल पूरा गर्न सकेन । गत फागुण ७ गते पहिलो खेल नयाँबजार क्लब र नासाको विच भएकोमा नयाँबजार क्लबले नासालाई ८७–७२ स्कोरले हराएको थियो । जसमा नयाँबजारका आयुष सिंहले सर्वाधिक २३ अंक लिएको थियो । त्यस्तै दोस्रो खेलमा गुरुकुलले ९४–४५ अंकले आर्मीलाई हराएको थियो । गुरुकूलका सदिस प्रधानले सर्वाधिक अंक ३४ बनाएको   थियो । 

त्यस्तै उक्त दिन भएको तेस्रो खेलमा गोल्डेन गेटले व्हाइट हाउसलाई ७१–६६ अंकले पाखा लगायो । गोल्डेन गेटका कर्मा गुरुंगले सर्वाधिक अंक १९ जोडेका थिए । यसरी गुरुकुल र गोल्डेन गेटले दुबै खेलमा विजय हासिर गरेको छ भने । नयाँबजार क्लबले एक खेल जितेको छ भने पहिलो खेल खेल्न बाँकि रहेको छ ।

आगामि फागुण ११ गते शुक्रवार ३ बजे नयाँबजार क्लब कीर्तिपुर र गुरुकुलको विच खेल हुनेछ । त्यस्तै फागुण १२ गते शनिवार विहान ९ बजे नासा र व्हाइटहाउस विच खेल हुनेछ भने ११ बजे आर्मी र गोल्डेन गेट विच खेल हुनेछ ।

यो प्रतियोगिता नेपालमा पहिलो पटक डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालन गरिने छ । लीगमा उत्कृष्ट चार टिम सेमिफाइनलको लागि छनौट   हुनेछ । सेमिफाइनल खेल लीगमा प्रथम र चौथौ स्थान हासिल गर्ने विच हुनेछ । त्यसै गरी दोस्रो सेमिफाइनल लिगमा दोस्रो र तेस्रो हुने टिमको विच हुने भएको छ । यस प्रतियोगिताको फाइनल खेल चैत्र ३१ गते हुने भएको छ । यस प्रतियोगितामा पहिलो, दोस्रो र मस्ट भ्यालुएबल खेलाडिलाई आकर्षक पुरस्कार प्रदान गरिने जानकारी आयोजकले दिएको छ ।

नेपालको वास्केटवल विकासको लागि नयाँबजार क्लबले गरेको योगदानलाई अवश्य मुल्याङ्कन गर्नु पर्नेछ । यो खेलको विकासको लागि यस क्लबले विगत २ दशकदेखि निरन्तर लागि परेको छ । यस डबल लिगको शुरुवातले अझ खेललाई राम्रो र प्रतिभावान खेलाडि प्राप्त गर्न सजिलो हुनेछ ।

अन्तमा यो डबल राउन्ड रोविन लिग प्रणालीको आधारमा खेलाउने भएकोले फेरि सेमिफाइनल, फाइनल नखेलाई लिगको उत्कृष्ट स्थान ओगट्न सक्ने टिमलाई च्याम्पियन टिम घोषित गरी अरू टिमलाई सो स्थान क्रम अनुसार पुरस्कृत गरेमा राम्रो हुन थियो । किनभने लिग च्याम्पियन भनेको ठूलो गर्वको कुरो हो, यसलाई उत्कृष्ट चारलाई फेरि नकआउटको आधारमा सेमिफाइनल खेलाउँदा कहिं डबल राउन्ड रोविन लिग खेलमा असर त पर्ने होइन ?

No comments:

Post a Comment