Friday, April 26, 2013

विना प्रदर्शन माइकिङले मात्र कीर्तिपुर नगर ठप्प

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013

विना प्रदर्शन माइकिङले मात्र कीर्तिपुर नगर ठप्प

कीर्तिपुर सन्देश



नेकपा—माओवादीले हिजो मंगलवार नेपाल बन्द आह्वान गरेका कारण देशभरीको जनजीवन प्रभावित भयो । बन्दको क्रममा कीर्तिपुर नगर पनि ठप्प भयो । विगतको पूर्व सन्ध्यामा समेत मसाल जुलुस कीर्तिपुरमा गरेको देखिन । वन्दको पूर्व सन्ध्यामा सोमवार माओवादीका कार्यकर्ताहरूले काठमाण्डौं, ललितपुर लगायत क्षेत्रमा मसाल जुलुस प्रदर्शन गरिएको थियो  ।


बन्दको दिनमा समेत कीर्तिपुर नगरमा नेकपा—माओवादीका कार्यकर्ताहरूले कीर्तिपुरमा प्रदर्शन गरिएन । तैपनि कीर्तिपुर नगर ठप्प रहयो । एक दिन अघि माइकिङ मात्र गरेको कीर्तिपुरमा हिजो बजार, यातायात, शिक्षण संस्था समेत बन्द भयो । नेकपा—माओवादीका कीर्तिपुरका स्थानीय नेता तथा कार्यकर्ताहरू हिजो दिनभरी नै कीर्तिपुर प्रवेशको प्रमुख नाका बल्खुमा पुगी प्रदर्शन गर्ने र बन्द गर्ने कार्यमा नै सक्रिय भएको थियो । 

मंगलवार बन्द आह्वान गरेका कारण कीर्तिपुरमा कुनै किसिमको अप्रिय घटना नहोस भनी विहानैदेखि ब्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । 

द्वन्द्व कालको घटना अर्थात दैलेखको घटनलाई सत्य निरुपन आयोग गठन गरि समाधान गर्नुपर्नेमा अहिलेको अवस्थामा नै षडयन्त्रमुलक ढंगबाट सो मुद्दा उठाएर आफ्ना कार्यकर्ताहरूलाई फसाउन खोजेको विरोमा र पछिल्लो समयमा प्रमुख चार राजनीतिक शक्ति एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले मात्र निकासको नाममा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाई चुनावी सरकार गठन गर्न लागेकोप्रति पनि आपत्ति जनाउदै सो बन्द आह्वान गरेको हो । नेकपा—माओवादीले मुलुकको वर्तमान समस्या समाधान गर्न सर्वपक्षिय गोलमेच सम्मेलन गर्नुपर्ने माग गर्दै आएको छ । 

एकीकृत माओवादीवाट विभाजन भई गठन गरेको नेकपा—माओवादीले पहिलो पटक नेपाल बन्द आह्वान गरेको हो । बन्दको क्रममा विभिन्न स्थानमा तोडफोड गरेतापनि कीर्तिपुरमा भने कुनै त्यस्तो घटना भएन । आफुहरूको माग पूरा नभए लगातार रुपमा सडकमा उत्रने समेच चेतावनी दिएमो छ । सो पार्टीले बन्द कार्यक्रम पूर्ण रुपमा सफल भएको दावी गरेको छ ।

No comments:

Post a Comment