Friday, April 26, 2013

३३ औं राष्ट्रिय जुनियर युवा रेडक्रस गोष्ठीमा मंगल

अंक ८१ ने. सं. ११३३ सिल्लाथ्व दशमी  बुधवाः २०६९ फागुन ९ गते  बुधवार Feb 20, 2013

३३ औं राष्ट्रिय जुनियर युवा रेडक्रस गोष्ठीमा मंगल

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतको आयोजनामा ३३ औं राष्ट्रिय जुनियर युवा रेडक्रस गोष्ठी गत फागुण ४ र ५ शिव उच्च मा.वि. लाटी कोईली सुर्खेतमा सम्पन्न भयो ।

प्रत्येक जिल्लाबाट एक एक वटा जुनियर रेडक्रस सर्कलले भाग लिन पाउने उक्त गोष्ठीमा काठमाडौं जिल्लाभरिका जुनियर रेडक्रस सर्कलहरूमा मङ्गल जुनियर रेडक्रस सर्कल छानिएको थियो । 

उक्त गोष्ठीमा मङ्गल जुनियर रेडक्रस सर्कलका अध्यक्ष मनोज यादव, सह कोषाध्यक्ष आशा अर्याल र शिक्षक प्रतिनिधि पुष्कर महर्जनले भाग लिएका थिए ।उक्त गोष्ठीमा यौन शिक्षा, सरसफाई, विद्यालय भूकम्प पूर्व तयारी सम्वन्धी प्रस्तुतीकरण र अनुभव आदान प्रदान गरिएको थियो । उक्त गोष्ठीमा भाग लिन जानु भएका सहभागीहरू सकुशल फर्किसकेका छन ।

No comments:

Post a Comment