Tuesday, April 30, 2013

वास्केटवल प्रतियोगिताप्रति युवाहरूको आकर्षण

अंक ८२ ने.सं. ११३३ सिल्लागा दुतिया बुधवाः २०६९ फागुन १६ गते बुधवार Feb 27, 2013
 
वास्केटवल प्रतियोगिताप्रति युवाहरूको आकर्षण

नवीन महर्जन

नयाँबजार क्लब कीर्तिपुरको आयोजनामा कीर्तिपुर सामुदायिक वास्केटवल कोर्टमा सञ्लन भैरहेको प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता अन्तर्गत गत फागुण १२ गते शनीवार पहिलो खेल गोल्डेनगेट र नेपाल आर्मी क्लब बिच भएको थियो । उक्त खेलमा गोल्डेनगेट टिमले नेपाल आर्मी क्लबलाई ६९–५८ स्कोरले पराजित गरी आफ्नो अपराजीत यात्रा कायम गरेको छ । गोल्डेन गेटले पहिलो क्वाटरमा २६–१३, दोस्रो क्वाटरमा १७–१४ र तेस्रो क्वाटरमा १२–११ स्कोरले अग्रता लिएको थियो अन्तिम क्वाटरमा १४–२०  स्कोरमा समाप्त भएको थियो । गोल्डेन गेटको लागि सुशिल लुमङले १६ अंक जोडेको थियो ।

त्यसैगरी दोस्रो खेल अर्को सशक्त टिम गुरुकुलले आयोजक नयाँबजार क्लबलाई ९४–६८ स्कोरले पराजीत गरेको छ । गुरुकुलको लागि सदिश प्रधानले २७ स्कोर गरेका थिए । गुरुकुलले पहिलो क्वाटरमा २१–१०, दोस्रो क्वाटरमा २८–२१, तेस्रो क्वाटरमा २२–२१ र चौथो क्वाटरमा २३–१६ को प्रदर्शन गरी आफ्नो अपराजित याना कायम गरेको थियो । यसरी यो डबल लिग राउण्ड रोविन प्रतियोगिताको अहिलेसम्मको खेलमा गोल्डेन गेट र गुरुकुलले आफ्नो ३÷३ लीग खेलमा लगातार जीत हासिल गर्दै अग्रस्थानमा रहेको छ । ह्वाईट हाउसले नासालाई ६९–५३ले हराउँदै जीतको खाता खोलेको छ ।

नेपालमा पहिलोपल्ट डबल लिग राउण्ड रोविनको आधारमा सञ्चालन भैरहेको यो प्रतियोगिता शुक्रवार र शनिवार सञ्चालन गर्ने गरी खेल तालिका समेत सार्वजनिक गरीसकेको थियो । तर उपत्यकामा स्कुल स्तरीय, क्लबस्तरीय एवं कलेज स्तरीय विभिन्न प्रतियोगिता नियमित रुपमा भैरहने भएकोले अफिसियलहरूको कार्य व्यस्ताताले गर्दा शुक्रवारको खेलहरू नखेलाई शनिवार नै मिलाएर खेलाइएको छ । वास्केटवल यूवाहरू माझ निकै लोकप्रिय खेल बन्दै गएको छ तसर्थ यसको प्रतियोगिता पनि निकै हुन गइरहेका छन ।

हिम्स स्कुलको आयोजनामा भैरहेको छैठौं हिम्स स्कुल अन्तर विद्यालय वास्केटवल पनि गत शनिवार सम्पन्न भएको छ । फाइनल खेल आयोजक हिम्स स्कुल र माउन्ट ग्लोरी विच भएको थियो । उक्त खेलमा हिम्सले ४६–३५ स्कोरले जित हासिल गरी उपाधिमाथिथ लगातार ३ पटक कब्जा जमाउन सफल भएको छ । विजेता टिमका लागि हिम्सका तेन्जिन रिन्जिनले १६ अंक जोडेको थियो । जस्का कारण तेन्जिन ‘मोस्ट भ्यालुयबल प्लेयर’घोषित भए । विजेता र उपविजेता टिमलाई प्रमुख अतिथी प्रहरी महानिरिक्षक कुबेर सिंह रानाले एक समारोहका विच ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । उक्त प्रतियोगितामा १० टिमको सहभागिता थियो ।

त्यसैगरी ड्याफोडिल स्कुलको आयोजनामा अर्को वास्केटवल प्रतियोगिता सम्पन्न भैरहेको छ । उक्त प्रतियोगिताको फाइनल खेल आयोजक ड्याफोडिल स्कुल र निम्स विच सम्पन्न भएको छ । सेमिफाइनल खेलमा निम्सले गोल्डेन पिकलाई ५५–४९ अंकले हराएको थियो भने अर्को सेमिफाइनल खेलमा ड्याफोडिलले जेभियर इन्टरनेशनललाई ४५–३० अंकले हराएको थियो । त्यसै गरी यस प्रतियोगिताको छात्र तर्फ भ्याली पब्लिक र आयोजक ड्याफोडिल विच फाइनल सम्पन्न भएको थियो ।

त्यसै गरी वास्केटवल खेलकै अर्को प्रतियोगिता टेन्डा एआईए प्रतियोगिता २०६९ सम्पन्न भएको छ । जस्को फाईनल खेल एआईए र भ्याली पब्लिक स्कुल विच भइ सम्पन्न भएको थियो ।

यसरी वास्केटवल प्रतियोगिता उपत्यका र उपत्यका बाहिर समेत निकै लोकप्रिय भैरहेको छ । गत महिना बङ्गलादेशमा सम्पन्न दक्षिण एशियाली वास्केटवल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको गत साता खेलाडि र प्रशिक्षकहरूलाई नगर पुरस्कार दिई सम्मान गरिएको थियो । नेपालले विस्तारै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यस खेलले राम्रो नतिजा ल्याउन सफल हुँदै गएको छ । झन हाम्रो कीर्तिपुरको नयाँबजार क्लबले जस्तै यस बास्केटवल खेलको लिग र डबललिग प्रणालीको खेललाई अझ निरन्तरता दिन सकेमा केही वर्षमा नै यस खेलले ठूलो प्रगति गर्नेमा शंका नै छैन ।

No comments:

Post a Comment