Saturday, February 9, 2013

नेपाल बौद्धिक पेसाकर्मी महासंघ

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013


नेपाल बौद्धिक पेसाकर्मी महासंघ

संक्षिप्त अवधारणा पत्र

१. विषय प्रवेश  
नेपालको हरेक आन्दोलनमा बौद्धिक पेसाकर्मीहरूको सक्रिय सहभागिता रहेको छ । कतिपय अवस्थामा पार्टीहरू निराश भई सक्दा समेत आन्दोलनलाई नयाँ जीवन प्रदान गर्ने पेसागत संघ संस्थाहरू विगतका दिनहरूमा प्रशस्तै देखिएका छन् । तसर्थ देश समाज र विश्वकै व्यापक हितका लागि जनताको सर्वोच्चता, संघीय शासन, वालिग मताधिकार, आवधिक निर्वाचन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, समानुपातिक निर्वाचन प्रणाली, संवैधानिक तथा कानुनी राज्य, मौलिक एवम् मानव अधिकार, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालीका, प्रेस स्वतन्त्रता, समावेशी लोकतन्त्र, आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता, लोक कल्याणकारी राज्य र सामाजिक न्यायको सिद्धान्तलाई आत्मसात गर्दै समतामूलक तथा समुन्नत नेपालको निमार्णका निम्ति अगाडी बढ्न नेपालका विभिन्न पेसामा संलग्न सिर्जनशील, अनुभवी र क्षमतावान व्यक्तित्वहरूलाई संगठित र सुव्यवस्थीत तवरले क्रियाशिल बनाउन आवश्यक भएकोले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा विश्वास राख्ने तथा संघीय समाजवादप्रति आस्थावान विभिन्न पेसामा कार्यरत र सेवा निवृत देशभक्त, स्वाभिमानी बौद्धिक पेसाकर्मी, स्वाभिमानी बौद्धिक पेसाकर्मीहरूको विभिन्न संघ निर्माण गर्दै छाता संघको रुपमा नेपाल बौद्धिक पेसाकर्मी महासंघ नामको संस्था निर्माणार्थ हामी आज यहाँ उपस्थित भएका छौं ।

२. उद्देश्यहरू
नेपाल बौद्धिक पेसाकर्मी महासंघका उद्देश्यहरू निम्न अनुसार रहेका छन् :
१. बौद्धिक पेसाकर्मीहरूको माझ नेपाली समाज परिवर्तनको सिद्धान्त — संघीय समाजवादको पक्षमा प्रचार प्रसार र जनमत सिर्जना गर्ने ।  
२. बौद्धिक पेसाकर्मीहरूको अस्तित्व, स्वतन्त्रता र हकहितको संरक्षण तथा सम्वद्र्धन गर्ने ।  
३. जनहित र कल्याणकारी कार्यहरूलाई अभियानको रुपमा संचालन गर्ने ।  
४. महासंघको दृष्टिकोण सार्वजनिक गर्न तथा गतिविधिको प्रचारप्रसारका लागि नियमित प्रेस विज्ञप्ती, पत्रकार सम्मेलन बुलेटिन र मुखपत्र प्रकाशन गर्ने ।  
५. बौद्धिक पेसाकर्मीहरूको सीप, क्षमता र बौद्धिक एवं शारीरिक विकासका लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने ।  
६. व्यापक रुपमा वैचारिक तथा पेसागत गतिविधि संचालन गर्न रचनात्मक भूमिका निर्वाह गर्ने ।  
८. समान उद्देश्यका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूसँग सम्बन्ध र समझदारी कायम गर्ने ।  
९. समसामयिक सरोकारको विषयमा गोष्ठी, भेला तथा आवद्ध संघ संस्थाहरू बीच अन्तरक्रियाको आयोजना गर्ने ।  
१०. राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न विषयमा सभा सम्मेलन, छलफल कार्यक्रम एवम् विचार गोष्ठीको आयोजना गर्ने ।  
११. सभा समारोह गोष्ठी तथा अध्ययन अनुसन्धानका निष्कर्षहरू प्रकाशन गर्ने ।  
१२. देश, जनता र राष्ट्रियतासँग सम्बन्धित सवालहरूमा बौद्धिक अभ्यासद्धारा आवश्यक जनमत सिर्जना गर्ने ।  
१३. समतामुलक, समुन्नत, समावेशी, लोकतान्त्रिक र पहिचान सहितको संघीय नेपालको निमार्णका लागि बौद्धिक जमातको अनुभव एवम् क्षमतालाई संस्थागत तवरले क्रियाशील गर्ने ।  
१४. बौद्धिक पेसाकर्मीहरूबिच विभिन्न विषयवस्तुहरूको अध्ययन अनुसन्धान गर्ने तथा प्रशिक्षण प्रतिष्ठान चलाउने ।

३. महासंघको संरचना  
विभिन्न प्रकृतिको पेसामा संलग्न पेसाकर्मीहरूको पेसागत हकहितको लागि आ–आफनो संघ जस्तै प्राध्यापक, कानुन व्यवसायी, पत्रकार, शिक्षक, कर्मचारी, लेखा परीक्षक, स्वास्थ्यकर्मी, इन्जिनियरिङ, वित्तीय संस्था, सेवा संस्थान, गैरसरकारी संस्था, स्थानिय निकाय, भेटेनरी पेसाकर्मी इत्यादिको छुट्टाछुट्टै संघ बनाउँदै सबैलाई स्वायत्त प्रदेश, जिल्ला तथा शाखा स्तरसम्म विस्तार गरी ती सबैलाई जोड्ने कडीको रुपमा छाता संघ अर्थात महासंघको निमार्ण गरि घटक संघहरूलाई अझ सशक्त बनाउन यसको विस्तार गर्दै जाने छ ।

४. गठन प्रक्रिया  
बहुदलिय व्यवस्थाको पुर्नस्थापना पछि २०४८ सालमा सम्पन्न आम निर्वाचनबाट बनेको संसदको पहिलो अधिवेशनले श्रम ऐन २०४८ र तेस्रो अधिवेशनबाट टे«ड युनियन ऐन २०४९  पारित गरेपछि उद्योग, कल कारखाना, व्यापार, व्यवसाय र सेवामुलक क्षेत्रमा कार्यरत श्रमिक तथा बौद्धिक पेसाकर्मीहरूले आफ्नो पेसागत हकहितका लागि ट्रेड युनियन खोल्न पाउने व्यवस्था भयो । यस्ता किसिमका युनियनहरू १० जनाभन्दा बढी श्रमिक वा पेसाकर्मीहरू कार्यरत प्रतिष्ठानमा गठन गर्न सकिने र कार्य प्रकृति मिल्ने क्षेत्रमा ५० वटा प्रतिष्ठान स्तरका युनियन वा ५००० सम्म सदस्यहरू मिली राष्ट्रिय स्तरको संघ बनाउन पाउने व्यवस्था छ । त्यसरी नै यस्ता १० वटा राष्ट्रिय स्तरका संघ÷युनियन मिली महासंघको गठन गर्न पाउने व्यवस्था छ । हामीले यहि व्यवस्थाको आधारमा आफ्नो पेसागत हक, हीत र अधिकारको संरक्षण तथा संघीयता र समाजवादप्रति आस्थावान संस्था र व्यक्तिहरूको सहभागितामा यो महासंघ स्थापना गरेका छौ  ।

No comments:

Post a Comment