Sunday, February 10, 2013

प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता हुने

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013

प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता हुने

नवीन महर्जन

नयाँबजार क्लब कीर्तिपुरको आयोजनामा यही आउँदो माघ २९ गते सोमवारदेखि कीर्तिपुर सामुदायिक वास्केटवल कोर्टमा प्रथम कीर्तिपुर कप वास्केटवल प्रतियोगिता २०६९ हुने भएको छ ।

वास्तवमा नेपालको वास्केटवल खेल विकास गर्न यस क्लबले ठूलो योगदान गरेको थियो । स्कुलस्तरीय प्रतियोगिता देखि शुरु गरेर विभिन्न क्लब स्तरीय खुल्ला एवं राष्ट्रिय प्रतियोगिताको शुरुवाट समेत यस क्लबले विगतमा गरिसकेका छन् । यो प्रतियोगिता डबल लिग प्रणालीमा हुने जानकारी संयोजक रबिन्द्र महर्जन ‘मास्के’ ले दिनु भएको छ । नेपालमा फुटवल र भलिबलमा डबल लिग प्रणालीको खेलहरू भैसकेका छन् तर वास्केटवल खेलको शुरु भएको छैन । सो पूर्ति गर्ने र साथै वास्केटवल खेलको विकासमा अझ थप योगदान दिने हेतुले यो प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिनु भएको छ ।

यो प्रतियोगिता माघ २७ गते शनिवारदेखि आयोजना हुने जानकारी पहिला दिएको थियो तर प्राविधिक कारणले यो प्रतियोगिता माघ २९ गते मात्र सञ्चालन हुने र यो प्रतियोगिता प्रत्येक साता शुक्रवार र शनिवार सञ्चालन हुने जानकारी दिइएको थियो ।

यस प्रतियोगितामा नेपलाका चर्चित छ वटा टिमले सहभागिता जनाइरहेको छ । जुन यस प्रकार छन् — आयेजक नयाँबजार क्लब, नेपाल आर्मी क्लब, गोल्डेन गेट, ह्वाइट हाउस टिम, गुरुकुल टिम र नासा टिम । यी टिम विच डबल लिग प्रणालीमा यो प्रतियोगिता हुनेछ । यो प्रतियोगिता गर्न नेपाल वास्केटवल संघले अनुमती प्रदान गरिएको छ भने यो प्रतियोगिता फिबा नियम अनुसार हुनेछ । यो प्रथम कीर्तिपुर कप खुल्ला वास्केटवल प्रतियोगिता चैत्र ३० गते सम्पन्न हुने जानकारी आयोजकले दिएको छ भने यस्को सम्पूर्ण तयारी भैसकेको पनि अवगत गराइएको छ ।

यो प्रतियोगितामा डिजिटल स्कोर बोर्डको प्रयोग हुने जानकारी प्राप्त भैसकेको छ जस्को प्रशिक्षण गत साता आयोजक नयाँबजार क्लब र नेपाल आर्मीको मैत्रीपूर्ण खेलमा प्रयोग गरेको थियो । नयाँबजार क्लबले आफ्नो टिमलाई सशक्त बनाउन प्रशिक्षक विकुलाल महर्जन र रविन्द्र महर्जनको विशेष निगरानीमा प्रशिक्षण कार्यक्रम नियमित रुपमा भैराखेको छ । त्यसको लागि आर्थिक भार पनि निकै पर्ने भएकोले यस कीर्तिपुर नगरका सम्पूर्ण खेलप्रेमीहरूलाई सहयोग र समर्थनको लागि अनुरोध     गरिएको छ ।

कीर्तिपुरका धर्म महर्जन खुल्ला दौडमा दोस्रा हुन सफल



शहीद दिवसको उपलक्ष्यमा यही माघ १६ गते युथ कर्नर क्लब काठमाडौं २१ वडाद्वारा आयोजना गरिएको ५ कि.मि. खुल्ला पुरुष दौड प्रतियोगितामा कीर्तिपुरका धावक धर्म महर्जनले १७ मिनेट ४७ सेकेण्डमा सो दौड पुरा गरी दोस्रोस्थान हासिल गर्न सफल हुनु भएको छ ।

दौडमा त्रिभुवन आर्मी क्लबका आकाश थापाले १७ मिनेट ३० सेकेण्डमा पुरा गरी प्रथम र ललितपुरका राजु श्रेष्ठले १८ मिनेट २ सेकेण्डमा पुरा गरी तेस्रो हुनु भएको    थियो । सो कार्यक्रमका प्रमुख अतिथि वातावरण तथा विज्ञान प्रविधि मन्त्री डा. केशव मान शाक्यले पुरस्कार वितरण गर्नु भएको थियो ।

आहा रारा गोल्डकप जित्न थ्रीस्टार सफल

शहिद स्मारक ‘ए’ डिभिजन लिगको हिउँदे च्याम्पियन बनी लिग लिडर क्लब थ्रीस्टार क्लबले पोखरामा सम्पन्न ११ औं संस्करणको आहा रारा गोल्डकप फुटवल जित्न सफल भएको छ । पोखरामा रंगशालामा गत माघ २० गते शनिवार सम्पन्न फाइनल खेलमा घरेलु टोली सहारा क्लबलाई १–० गोल पराजित गरी आहा रारा गोल्डकप सँगै नगद तीन लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । त्यसैगरी उपविजेतामा चित्त बुझाउन बाध्य सहारा क्लबले दुई लाख एक हजार रुपैयाँमा चित्त बुझाउनु प¥यो ।

फाइनल खेलको ८३ औं मिनेटमा थ्रीस्टारको लागि अफ्रिकी स्ट्राइकर फेमीले विङगर जीवन सिकेमानको कर्नर पासमा हेड मार्फत गोल गरेका थिए । यही एक गोलले थ्रीस्टार च्याम्पियन बनी घरेलु टीमलाई निराश पारेको थियो । यस आहा रारा गोल्ड कप २०६९ को सर्वोत्कृष्ट खेलाडिमा सहारा क्लबका अजित प्रजापति घोषित भएको छ भने सर्वोत्कृष्ट स्ट्राइकरमा सहारा कै योना इलियास, सर्वोत्कृष्ट रक्षकमा थ्रीस्टारका विष्णु सुनुवार, गोलरक्षकमा सहाराकै अजित प्रजापति, मिडफिल्डरमा भिक्टर ओवी, सर्वाधिक गोलकर्तामा थ्रीस्टारका फेमी, अनुशासित टीममा जाउलाखेल युथ क्लब तथा प्रशिक्षकमा थ्रीस्टारका प्रदीप हुमागाई घोषित भएका थिए । यस प्रतियोगिताको सेमिफाइनलमा सहाराले नेपाल आर्मी क्लबलाई तथा थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गरी फाइनल मा पुगेका थिए ।

No comments:

Post a Comment