Saturday, February 9, 2013

शहिद स्मारक कलेजको २२ औं वार्षिकोत्सव

अंक ७९ ने.सं. ११३३ पोहेलागा एकादशी बुधवाः २०६९ माघ २४ गते बुधवार Feb 6, 2013


शहिद स्मारक कलेजको २२ औं वार्षिकोत्सव



कीर्तिपुरको पहिलो सामुदायिक कलेज शहिद स्मारक कलेजले गत माघ १६ गते त्रि.वि. अडिटोरियम हलमा  सम्मान, पुरस्कार वितरण, विदाइ तथा स्वागत कार्यक्रमको आयोजना गरी स्थापनाको २२ औं वार्षिकोत्सव मनायो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्य र कलेज व्यवस्थापन समितिका अध्यक्ष शिवशरण महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका विशेष अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हिरा वहादुर महर्जन, अन्य अतिथिहरूमा शिक्षा शास्त्र केन्द्रिय विभाग प्रमुख प्रा.डा. शिव शरण महर्जन र प्रिन्सिपल विश्वविद्यालय क्याम्पस प्रा. गोविन्द सुवेदी हुनुहुन्थ्यो ।
कीर्तिपुरका चार शहिदहरूको तस्विरमा माल्यार्पण गरी प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गरी अन्य अतिथिहरूले बेलुन उडाइ उद्घाटन गरिएको सो कार्यक्रमको संचालन शहिद स्मारक स्पोर्टस क्लबका अध्यक्ष तपेन्द्र रावलले गर्नु भएको थियो भने शिक्षक प्रतिनिधि नर सागर श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो ।
उक्त अवसरमा कलेजमा भएका विभिन्न कार्यक्रममा सहभागि भइ सफलता हासिल गर्नु भएका विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशेष अतिथिबाट पुरस्कार वितरण गर्नुका साथै सम्मान पनि गरिएको थियो ।

उक्त कलेजबाट विभिन्न तह पास गरेका विद्यार्थीहरूलाई विदाई तथा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।

No comments:

Post a Comment