Monday, February 18, 2013

एएफसी च्यालेन्ज कपको निम्ति कडा तयारी जरुरी

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

एएफसी च्यालेन्ज कपको निम्ति कडा तयारी जरुरी

नवीन महर्जन

यही आउँदो फागुण १९ देखि २३ गतेसम्म दशरथ रङ्गशालाको फुटवल मैदानमा एएफसी च्यालेन्ज कप हुँदैछ । जसको तयारी स्वरुप गत माघमा पाकिस्तानसँग दुईओटा मैत्रीपूर्ण खेल भएको थियो । तर दुवै खेलमा नेपाल ०–१ गोलले पराजित भयो । फिफा वरीयता क्रममा पाकिस्तान नेपालभन्दा १९ स्थान तल रहेको छ । तर वास्तविक खेलमा पाकिस्तान नेपालभन्दा अगाडि रहेको पुष्टि ग¥यो । एक समयमा सार्क राष्ट्र मा नेपाल अब्बल रहेको थियो । नेपालको चुनौती बनेको केवल भारत मात्र थियो हुँदा हुँदा माल्दीभ्स बङ्गलादेश हुँदै अहिले पाकिस्तानले समेत वाजी मारी सकेकोछ ।

पाकिस्तासँगको मैत्रीपूर्ण खेललाई एएफसी च्यालेन्जको तयारीको रुपमा लिएको छ तसर्थ यो नै सम्पूर्ण होइन तर पनि कुनै पनि टिमसँग खेलिने खेललाई आधार मानेर उनीहरूको तयारीको स्तर मापन गरिन्छ जस्ले गर्दा एएफसी च्यालेन्ज कपको निमित्त नेपालले कडा तयारी गर्नु पर्ने देखिन्छ । सहिद स्मारक रेडबुल ए डिभिजन लिगको पहिलो चरणको खेल समाप्तिसँगै नेपालका लागि विदेशी प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिंदै आएको छ । नेपाली टिमले पहिलो मैत्रीपूर्ण खेलभन्दा गत माघ २७ गते सम्पन्न खेलमा केही सुभारात्मक खेल खेलेको भएता पनि अन्तर्राष्ट्रिय प्रस्पर्धामा सदैव गोलको खडेरी देखिने परम्परालाई नेपाल  राष्ट्रिय टिमले उक्त खेलमा पनि निरन्तरता दियो । पाकिस्तानका लागि खेलको ६५ औं मिनेटमा मुहमद मुजाहिदले गोल गरे जुन गोल निर्णायक सावित भयो ।

खेलको मुल्याङ्कन गर्दा नेपालको मध्यपंक्ति र अग्रपंक्ति विचको तालमेलमा निकै कमजोर रहेको देखिन्छ । उक्त खेल अवधि भर नेपालले दुई ओटा पोल एटम गरेका थिए जस्ले गोलमा परिणत गर्न सकेन । नेपाली टिममा राष्ट्रिय लिग पछिको थकान महसुस गर्न सकिन्छ । शहिद स्मारक ए डिभीजन लीगको पहिलो चरण पश्चात क्याम्प बसेको टिमले फिट्नेस, टेक्निक र ट्याक्टिस यी तीनै ओटा चीजको खाँचो रहेको देखिन्छ । तसर्थ एएफसी च्यालेन्ज कप छनौटको लागि नेपाली टिमले कडा मिहिनेत गर्नु पर्ने देखिएको छ ।

नेपाली खेलप्रेमीहरूले कप्तान सागर थापाको अन्तर्राष्ट्रिय ५० औं खेल भएकोले यो खेल अवश्य सुखद हुने अपेक्षा गरेको थियो तर त्यो हुन सकेन ।

कमजोर फरवार्डको   कारण यो  खेल गुमेको गुनासो सागरको थियो । तसर्थ विशेष गरी प्लेमेकर र फरवार्डको समन्वयमा नै खेलको नतिजा निस्कने हो जस्ले गर्दा बाँकी रहेको समयमा यसमा सुधार गर्नु पर्ने अभिव्यक्ति दिएका थिए ।

पाकिस्तान टिमका प्रशिक्षक जामिसा मिल्ड जोभिकले आफ्ना खेलाडिले गरेको प्रदर्शनमा सन्तुष्ट भएको बताएका थिए । पाकिस्तानी टिमले पहिलो खेलमा भन्दा दोस्रो खेलमा सुधार गरिएको र नेपाली राष्ट्रिय टिमलाई पराजित  गरेकोमा खुशी व्यक्त गरेका   थिए । नेपाली टिमको सन्दर्भमा सिनियर खेलाडिले भन्दा जुनियर खेलाडिले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिएका थिए । हामी समस्त खेलप्रेमी नेपालीहरूको आशा के रहेको छ भने अवश्य पनि नेपाली टिमको कमजोरीलाई औल्याई सो कमजोरीर्ला एएफसी च्यालेन्ज छनोट प्रतियोगिता सम्ममा प्रशिक्षक ज्यालके समाधान अवश्य गरिन्छ । सोहि आधारमा खेलाडि छनौट गर्नि   सकिन्छ । यस्तै अझ एक दुई ओटा अन्तरर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउन सकिए अझ राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।

नयाँबजार क्लबको आयोजनामा आउँदो फागुण ५ गतेदेखि हुन लागेको कीर्तिपुर कप बास्केटवल प्रतियोगिताको टाई सिट
please the magazine 

No comments:

Post a Comment