Monday, February 18, 2013

उज्ज्वलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

उज्ज्वलमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम


पाँगाको शहिदपथस्थित उज्ज्वल शिशु निकेतन एकेडेमीले गत माघ २९ गते सोमवार पुरस्कार तथा वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.शिव शरण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पाठ्क्रम विकास केन्द्र सानोठिमीका उपनिर्देशक डा. बालकृष्ण रंजितले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । विशेष अतिथी प्राज्ञ रामकृष्ण दुवाल, अन्य अतिथीहरूमा प्रा.डा. रामकृष्ण महर्जन, प्रा.डा.धर्मराज डंगोल, सह प्रा.शान्तवहादुर श्रेष्ठ रहनु भएको थियो ।

विद्यालयका प्रिन्सिपल दिलमान महर्जनले स्वागत मन्तव्यको साथै विद्यालयले वर्षभरिमा गरिएको विविध गतिविधि र प्रगति विवरण दिनु भएको थियो ।

विद्यालयले २५ वर्ष पुरा   गरी २६ औं वर्षमा प्रवेश गरेको छ । यस अवधिमा विद्यालयले ठूला कक्षा कोठाहरू निर्माण, पुस्तकाल, ल्याव, कम्प्युटर ल्यावको अलावा कक्षा ६ देखि कक्षा १० सम्मका कक्षाहरू लगायत लाइब्रेरी ल्याब तथा कम्प्युटर ल्यावहरूमा ऋऋत्ख् ऋबmभचब जडान गरेको छ ।  विद्यालयको ग्राउन्डमा पनि ३ वटा ऋऋत्ख् जडान गरिएको छ । जसले गर्दा कोठामै बसी सबै गतिविधिको जानकारी लिन सकिन्छ ।

यसै वर्षभित्र एचयवभअतयच र त्ख् सहितको विशेष किसिमको ब्गमष्य(ख्ष्कगब ितथा भ्(ीष्दबचबचथ को स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । विद्यालयमा होस्टेलको क्षमताको विकास गर्ने, अहिले एबिथ न्चयगउ र ल्भचकबचथ लाई मात्र   स्कुलद्वारा टिफिन दिइने व्यवस्था भएकोमा आगामी वर्ष ीप्न् र ग्प्न् सम्मलाई खाजा व्यवस्था गर्ने लक्ष रहेको  जानकारी दिनु भयो ।

यस विद्यालयबाट आफ्ना विद्यार्थीहरूको अहिलेसम्म १५ समूहलाई एसएलसी परीक्षामा सहभागी गराइसेकोमा २०५४, २०५७,२०६१,२०६३, २०६४, २०६७ र २०६८ मा गरी ७ पटक दक्षिणभेगीय र दक्षिण पश्चिम भेगीय टपर हुन सफल भएको छ । एसएलसी २०६८ मा ६१ जना विद्यार्थीले परीक्षा दिएकोमा ४३ जना विशिष्ट श्रेणी र १८ जना प्रथम श्रेणीमा उतीर्ण भएका थिए ।

शुभकामना मन्तव्य दिने क्रममा प्रा.डा.रामकृष्ण महर्जनले –‘सक्रिय जीवनको अर्थ नबुझ्ने मानिसहरूले अतिरिक्त कृयाकलापलाई निरर्थक समय खेरफाल्ने रुपमा लिने गरेका  छन । खेलकूद, कला, संस्कृति, संगित नृत्य लगायत प्रविधि बिना आजको संसार अधुरो छ । जो व्यक्तिले यसलाई बुझ्दैन उसको जीवन अधुरो हुन्छ ।’भन्नुभयो । त्यस्तै नृत्य तथा संगित प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामकृष्ण दुवालले असल मान्छे बन्न विद्यार्थीहरूलाई सल्लाह  दिनुभयो ।

प्रमुख अतिथि डा. बालकृष्ण रंजितले विद्यार्थीहरू लाई जीवनमा सफलता पाउनको लागि मेहेनती, लगनशीलता र धैर्यवान हुन सल्लाह दिनुभयो ।

सभापतिको आशनबाट प्रा.डा. शिवशरण महर्जनले विद्यालयमा बालमैत्री वातावरणमा पठन पाठन भैरहेको जानकारी दिनु हुँदै भविष्यमा पनि यो कायम रहने जानकारी दिनुभयो । अन्तमा उपस्थित अतिथीहरू, शिक्षक÷शिक्षिका  अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता लगायत विविध कार्यक्रमहरूमा विजयी सहभागीहरूलाई प्रमुख अतिथी तथा अतिथीहरूले शिल्ड, मेडल प्रदान गरिएका थिए ।

कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।करीव ४ घण्टासम्म चलेको उक्त कार्यक्रममा अभिभावकहरूको व्यापक उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment