Friday, February 15, 2013

कीर्तिपुरमा दोश्रो लघु मेला हुने

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

 कीर्तिपुरमा दोश्रो लघु मेला हुने

लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरले यही फागुण १२ गते शनिवारका दिन कीर्तिपुर दोश्रो लघु मेलाको आयोजना गर्ने भएको छ । उक्त कुरा गत माघ २९ गते सोमवार होटल हिलसाइड कीर्तिपुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जानकारी दिनु भएको थियो । लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका सभापति रविन्द्रवहादुर प्रधानले स्लाइड शो मार्फत जानकारी दिनु भएको थियो । उक्त छलफल कार्यक्रमका सहभागीहरूले उठाएका प्रश्नहरूको पनि जवाफ दिनु भएको थियो ।

स्मरणीय छ उक्त क्लबले गत वर्ष २०६८ कार्तिक २६ गते पहिलो कीर्तिपुर लघु मेलाको आयोजना गरिएको थियो । मादक पदार्थ विहिन उक्त मेलाको आयोजना उक्त मेला सफल भएको मानिएको थियो । त्यतिबेला मेलाको क्षेत्र बाघभैरवस्थान, सतको, लायकू र उमामहेश्वर क्षेत्र तोकिएको थियो भने यसपाली चीठू, इटाछेँ, बाघ भैरवस्थान, सतको, लायकू र उमामहेश्वर मन्दिर क्षेत्रमा विहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने जनाइएको छ । उक्त मेलामा नेवाः खानाको स्टल राख्न सम्बन्धित टोलका महिला समूहहरूलाई दिइने छ । टोल टोलका बाजा समूहले आफ्नो मौलिक बाजा गाजाका साथ प्रस्तुत हुने छ ।  उक्त मेलामा मदिरा तथा प्लाष्टिकलाई निषेध गरिएको छ ।

No comments:

Post a Comment