Friday, February 15, 2013

मच्छेगाउँकी पवित्रालाई केन्द्रीय मानन्धर संघद्वारा आर्थिक सहयोग

अंक ८० ने. सं. ११३३ सिल्लाथ्व तृतिया बुधवाः २०६९ फागुन २ गते बुधवार Feb 13, 2013

मच्छेगाउँकी पवित्रालाई केन्द्रीय मानन्धर संघद्वारा आर्थिक सहयोग
 
केन्द्रिय मानन्धर संघद्वारा मच्छेगाउँ गा.वि.स. वडा नं.४ का पवित्रा मानन्धरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
 
लामो समयदेखि विरामी हुनु भएका मच्छेगाउँकी पवित्रा मानन्धरले पैसाको अभावमा औषधोपचार गर्न नसकेर केन्द्रिय मानन्धर संघमा सहयोगको अपील गर्नु भएको   थियो । 

उक्त अपिलपछि केन्द्रिय मानन्धर संघले विभिन्न संघ संस्था र व्यक्तिहरूमा पवित्रा मानन्धरलाई सहयोग गर्न अपील गरियो । जुन अपीलको आधारमा प्राप्त भएको सहयोग रकम केन्द्रिय मानन्धर संघका सह सचिव÷संयोजक स्वास्थ्य उप समिति गजेन्द्र मानन्धर र उपसभापति मोहन कृष्ण मानन्धरले संकलीत रकम गत माघ २७ गते कुमार कृष्ण मानन्धर अध्यक्ष मच्छेगाउँ मानन्धर गुठीको समुपस्थितिमा रु.१,७९,५४३ को चेक हस्तान्तरण गरिएको थियो । सहयोग गर्नु हुने प्रमुख संघ संस्थाहरूमा चस्वांद्व मानन्धर गुथि, चसाद्व रु.३०,४५०, भिन्द्यो गुथि, कालीमाटी रु.२८,३७०, चामुण्डा मानन्धर गुथि, वतु रु.१३,४५५, श्रीपञ्चमी गुथि, किपू रु.१२,७००, पाक्वः पुखुद्यां मानन्धर सनाःखलः, पाक्वः रु. १०,०००, केन्द्रिय मानन्धर संघ स्वास्थोपचार कोष रु.१०,०००, फय्ख्वा मानन्धर गुथि, रामकोट रु.८,३९०, आकाश भैरव टुकुचा गुथि, गैरीधारा रु.५,०००, धालासिक्वः मानन्धर गुथि, धालासिक्वः रु.५,०००, ल्याय्म्ह पुचः दैसा, दैसाः रु.५,०००, न्यागःमणी फेदी मानन्धर गुथि, न्यागःमणि फेदी रु.५,००५ यसको अलावा विभिन्न महानुभावहरूले व्यक्तिगत रुपमा पनि सहयोग गर्नु भएको थियो ।

No comments:

Post a Comment