Thursday, January 10, 2013

हिलटाउनमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

हिलटाउनमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न

कीर्तिपुरस्थित हिलटाउन स्कूलमा यही पुस २० गते शुक्रबारका दिन भव्य रुपमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भयो । विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार यस विद्यालयले विद्यार्थीहरूको शारीरिक, वौद्धिक, मानसिक, सामाजिक, वातावरणीय एवं सांस्कृति चेतना अभिवृद्धि गर्न संधै तत्पर रहेर आन्तरिक एवं अन्तरविद्यालय स्तरीय विविध अतिरिक्त क्रियाकलापको आयोजना गरिंदै आएको छ ।

यसैको निरन्तर क्रम अनुसार यस वर्षको ‘गायन तथा नृत्य प्रतियोगिता – २०६९’को आयोजना गरिएको हो । कार्यक्रम संचालकद्वय कक्षा ९ का छात्र विवेक घिमिरे र कक्षा ८ का छात्रा लहना महर्जनको अति नै आकर्षक, रोमान्चक ठट्यौलीले यस कार्यक्रमको रौनकता बढाएको थियो ।

यस प्रतियोगितामा गायन तर्फ ७ र नृत्य तर्फ ९ वटा प्रतिस्पर्धा भएको थियो । ‘पश्चिम कोही पूर्व घर .....’ बोलको राष्ट्रिय गीतमा ४० भन्दा बढी छात्राहरूको सामूहिक लोभलाग्दो नृत्यबाट शुरु भएको यस प्रतियोगिताको अन्तसम्म एक से एक गायन र नृत्य प्रस्तुत भयो । अति नै स्तरीय देखिएको यस प्रतियोगितामा विजयी छात्रछात्राहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै विद्यालयका प्रिन्सिपल श्री राजन तण्डुकारले हिलटाउन स्कूलमा यस्ता कार्यक्रम निरन्तर रुपमा भइरहेको स्मरण गराउँदै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा संधै साथ दिइरहने हुँदा अन्य हिलटाउनमा अध्ययनरत विद्यार्थीहरू साह्रै नै भाग्यमानी रहेको कुरा जानकारी गराउनुभयो ।

यस कार्यक्रमा गायन तर्फ कक्षा ९ का छात्रा रोहीनी शाही प्रथम, कक्षा ५ का जेलिना बस्नेत र यशोधा गिरी द्वितीय र कक्षा ८ का अरुण लामा तृतीय भएका थिए । त्यसै गरी नृन्य तर्फ कक्षा ८ छात्रा सुरक्षा भण्डारी प्रथम, कक्षा ८ का छात्र रोमिक महर्जन द्वितीय र कक्षा ९ का छात्रहरू जेम्स महर्जन, रुकेश मानन्धर र रुजल मानन्धरको समूह तृतीय भएको थियो ।

No comments:

Post a Comment