Thursday, January 10, 2013

झी पासा पुचः बचतको प्रथम साधारण सभा सम्पन्न

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

झी पासा पुचः बचतको प्रथम साधारण सभा सम्पन्न


कीर्तिपुरको खासी बजारस्थित झी पासा पुचः बचत तथा ऋण सहकारी संस्था लि.को प्रथम साधारण सभा गत पौष २१ गते खासीबजारस्थित भ्वय् छेँमा सम्पन्न भयो ।

प्रमुख अतिथि कीर्तिपुर सल्यानस्थान निवासी मध्यमान्चल क्षेत्रिय प्रशासक उद्धव प्रसाद वास्कोटाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले गर्नु भएको थियो ।

निलेश नकर्मिद्वारा संचालित उक्त कार्यक्रममा स्वागत मन्तव्य गोपाल श्रेष्ठले दिनु भएको थियो ।

प्रमुख अतिथिको आशनबाट मन्तव्य दिनु हुँदै उद्धव प्रसाद बास्कोटाले नेपाल सरकारले आफुलाई प्रशासनिक पदको यति उच्च स्थान प्रदान गर्नु भनेको यो मेरो व्यक्तिगत सम्मान मात्र होइन कीर्तिपुरवासीकै सम्मान हो भन्नुभयो ।

उहाँले राजनीतिक क्षेत्रमा कीर्तिपुरको नाम जति उच्च छ विकास निर्माणको क्षेत्रमा त्यतिकै पछि परेको बताउनु भयो । विकास योजना कहाँ कसरी ल्याउने भन्ने बारेमा सबैले सरसल्लाह गरी सम्बन्धित ठाउँमा दवाव दिनु पर्छ । सामुहिक रुपमा सोचौं, एकजुट भएर अगाडि बढ्यौं भने कीर्तिपुरको विकास हुन्छ । नत्र एक्लोले केही गर्न सक्दैनौं भन्नुभयो ।

कीर्तिपुरको विकासको लागि आफुले पनि सक्दो सहयोग गर्ने वचन दिनुहुँदै पासा पुचःको उत्तरोतर प्रगतिको कामना पनि गर्नुभयो ।

यसै अवसरमा क्षेत्रिय प्रशासक उद्धव प्रसाद बास्कोटालाई पासा पुचः  सहकारीका अध्यक्ष राजकुमार श्रेष्ठले सम्मान पनि गरिएको थियो ।

त्यस्तै प्रमुख अतिथिबाट संघरत्न महर्जन र मनोज महर्जनलाई खेलकुद क्षेत्रमा योगदान पु-याए वापत सम्मान गरिएको थियो ।

सभाको अन्त्यमा सभापति राजकुमार श्रेष्ठे संस्थाको छोटो परिचय दिनेक्रममा त्यस संस्था २०६८ साल पुष १ गते  सहकारी डिभिजन कार्यालयमा दर्ता भइ फागुण १४ गतेबाट संचालन भएको र २३७ सदस्य रहेको जानकारी दिनुभयो ।

त्यस सहकारीले समाजमा आइपर्ने विपदको सामना गर्न विपद कोषको स्थापना गरेको र यस कोषको लागि प्रमुख अतिथिबाट पनि सक्दो सहयोग पाउने आशा व्यक्त गर्नु हुँदै सभामा सहभागी सबैलाई धन्यवाद दिनु हुँदै सभाको विसर्जन गर्नुभयो ।

No comments:

Post a Comment