Thursday, January 10, 2013

लक्ष्मण राजवंशीको “पग्लंदो घाम” कथा संग्रहको लोकार्पण

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

लक्ष्मण राजवंशीको “पग्लंदो घाम” कथा संग्रहको लोकार्पण


नेपालभाषाका प्रसिद्ध कथाकार लक्ष्मण राजवंशीद्वारा लिखित नेपालीभाषाको कथा संग्रह ‘पग्लँदो घाम’को लोकार्पण संस्कृतिविद सत्यमोहन जोशीले गत पुस २१ गते शनिवार सिद्धार्थ वनस्थलीमा भएको एक कार्यक्रममा लोकार्पण गर्नुभयो ।

वरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समीक्षक नेत्र ‘एटम’ र प्रा.डा. दयाराम श्रेष्ठले लक्ष्मण राजवंशीको लेखन शैली र कथा संग्रहमा रहेका कथाहरूको वारेमा समीक्षा गर्नु भएको थियो ।

 पाठ्यपुस्तक प्रकाशन गर्दै आइरहेका तलेजु प्रकाशन गृहबाट प्रकाशित यस कथा संग्रहमा २५ वटा कथाहरू रहेका छन । तलेजु प्रकाशनका प्रकाशक जयदेव कृष्ण श्रेष्ठले पनि मन्तव्य राख्नु भएको थियो । नेपालभाषामा १२ वटा कथा संग्रह प्रकाशित गरिसक्नु भएका लक्ष्मण राजवंशीले नेपालभाषामा १५ वटा, नेपाली भाषामा ७ वटा र अंग्रेजी भाषामा ५ वटा गरि २७ वटा पुस्तक लेखिसक्नु भएको छ ।

शिक्षाविद्को रुपमा पनि परिचित लक्ष्मण राजवंशी लामो समयदेखि नेपालभाषा कथा क्षेत्रमा क्रियाशिल हुदै आइरहेका व्यक्तित्व हुन भने नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका संरक्षक एवं नेपालभाषा एकेदमिका भ्वाइस चान्सलर पनि हुनु हुन्छ ।

No comments:

Post a Comment