Thursday, January 10, 2013

पाकिस्तानको भारत भ्रमण निकै सफल

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

पाकिस्तानको भारत भ्रमण निकै सफल

नवीन महर्जन

दक्षिण एशियाली राष्ट्रहरू क्रिकेटका शक्तिशाली राष्ट्रहरू हुन । जस्मा भारत, श्रीलंका, पाकिस्तान अब्बल दर्जाका हुन भने अफगानिस्तान, वङ्गलादेश नयाँ उदयमान क्रिकेट राष्ट्र हुन । क्रिकेट खेलमा नेपालले पनि विस्तारै आफ्नो छवी फैलाउने काम गरि राखेको छ । लामो अन्तराल पछि सन २०१२को अन्ततिर पाकिस्तान भारत भ्रमणको लागि निस्केको थियो । यी दुई राष्ट्र वीच २ ओटा ट्वान्टी/ट्वान्टी क्रिकेट र ३ ओटा एकदिवशीय श्रृंखला सम्पन्न भएको थियो । यो खवरले क्रिकेट प्रेमीहरूलाई निकै उत्साहित बनाइएको थियो । भारतीय भूमिमा पाकिस्तान र भारत विचको कुनै प्रतियोगिता हेर्न पाउनु भनेको ठूलो अहो भाग्यको कुरा हो जुन पाँच वर्षको अन्तराल पछि हुन सम्भव भयो ।

भारत र पाकिस्तान विच भएको दुईवटा ट्वान्टी/ट्वान्टी क्रिकेट श्रृंखला १–१ खेल जिती बराबरमा सम्पन्न भएको थियो । पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल भारतले जिती खेल बराबरमा सम्पन्न भएको थियो । यो नतिजाले पाकिस्तानलार्य बढी फाईदा भयो । किनभने भारतीय भूमिमा पाकिस्तानले नतिजा बराबर गर्न सक्ने भनेको एक दिवशीय खेलको लागि मनोवल बढाउनु हो ।

भारत र पाकिस्तान विचको पहिलो एकदिवशीय म्याच पुस १५ गते आइतवार चेन्नईमा सम्पन्न भएको थियो । उक्त खेलमा भारतले पहिला ब्याटिङ्ग गर्दै ६ विकेटमा २२७ रन बनाईको थियो जबकी ब्याटिङ्गमा पाकिस्तानले नासिर जमसेदको १०१ रनको मद्दतले ६ विकेटको जित हासिल गरेको थियो ।

त्यसै गरी दोस्रो एकदिवशीय खेलमा पाकिस्तानले गत पुस १९ गते कोलकताको इडन गार्डेनमा सम्पन्न खेलमा पहिला ब्याटिङ्ग गर्दै ४८.३ ओभरमा १६५ रन बनाई अल आउट भएको थियो जस्ले गर्दा पाकिस्तान ८५ रनले विजयी भई श्रृखला आफ्नो कब्जामा लिन सफल भएको थियो ।

स्मरणरहोस यस दोस्रो एक दिवशीय खेलको मध्यान्तरमा भारत–पाकिस्तान विच एकदिवशीय म्याचको २५ वर्ष पुरा भएको अवसरमा दुवै देशका खेलाडिहरूलाई सम्मान गरिएको थियो । वसिम अक्रम, शमिज राजा, इन्तिरवाक आलम, कपिल देव, सुनिल गावस्कर, अनिल कुम्बे, वीवीएस लक्ष्मण, सौरभ गांगुलि, सदिक मोहम्मद, मुस्ताक मोहम्मद, विशनसिंह बेदी, दिलीप बेगसकर, कृष्णमाचारी श्रीकान्त, रवि शास्त्री, लगायत १९ जना खेलाडिहरूलाई जीपमा राखी स्टेडियम परिक्रमा गरिएका थिए । उनीहरूलाई सम्पूर्ण दर्शकहरूले दर्शक दिर्घाबाट ताली बजाएर स्वागत गरेका थिए । भारत र पाकिस्तान विचको पहिलो एक दिवशीय खेल १८ फेब्रुअरी सन १९८७ मा इडन गार्डेनमा भएको थियो ।

भारत पाकिस्तानको अन्तिम एकदिवसीय क्रिकेट गत पुस २२ गते आइतवार नयाँ दिल्लीस्गित फिरोज शाह कोटाला रंगशालामा भएको थियो । टस जितेर पहिलो ब्याटिङ्ग गरेको भारत १६७ रनमा अल आउट भएको थियो । १६८ रनको झिनो स्कोरको लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानलाई ७ बल बाँकि छँदै १५७ रनमा भारतले अल आउट गरि म्याच जितेको थियो । तीन एक दिवशीय श्रृंखलामा दुई खेल जित्दै पाकिस्तानले श्रृंखला कब्जा गरेको छ ।

वास्तवमा पाकिस्तानको लागि यो भारत भ्रमण सफल भएको छ, सुरक्षाको दृष्टिकोणले यी दुई विच कुनै खेल हुन सकिरहेको थिएन । अझपनि विश्वका कुनै पनि राष्ट्र पाकिस्तानमा गएर क्रिकेट खेल्न मानिरहेको अवस्था छैन । वङ्गलादेश पाकिस्तानको भ्रमणको लागि सबै कुरा मिलाई सकेको थियो तर अहिले आएर सुरक्षाको कारण देखी नजाने भएको छ ।

यस्तो अवस्थामा भारत र पाकिस्तान विच सौहार्द वातावरणमा खेल सम्पन्न हुनु भनेको निकै सकारात्मक र पाकिस्तानको लागि फाईदाजनक हो । आशा गरौं खेलकुदको माध्यमबाट सबै मित्र राष्ट्र विच राम्रो सम्बन्ध विस्तार हुन सहयोग पुगोस ।

No comments:

Post a Comment