Friday, January 25, 2013

कीर्तिपुर नगरपालिकाका कर्मचारीमाथि हातपात

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

कीर्तिपुर नगरपालिकाका कर्मचारीमाथि हातपात

आजकल काठमाडौंमा फोहर व्यवस्थापन एउटा समस्याको रुपमा रहेको छ । विभिन्न गैरसरकारी संघ÷ संस्थाले घरधुरीको हिसावमा शुल्क असुलेर फोहर उठाउने गरिएका छन । फोहर त उठाउँछ त्यो फोहर व्यवस्थापन गर्ने ठाउँको अभावले जथाभावी फोहर फाल्ने गर्दै आएका छन । यसै सन्दर्भमा कीर्तिपुर नगरपालिका वडा नं.१३ मोडर्न इन्डियन स्कुल जाने बागमती किनारमा फोहर फाल्ने गरिएको पाइयो । नगरपालिका क्षेत्रभित्र फोहर फाल्न नगरपालिकाको अनुमति लिनु पर्ने थियो । गत माघ ४ गते नगरपालिकाको अनुमति बेगर नगर क्षेत्र बाहिरको फोहर मोडर्न इन्डियन स्कुल जाने वागमती किनारमा फाल्दै गर्दा स्थानीयवासीहरूले बा १ क ८४३७ र बा २ ख ४२०५ ट्रिपर नियन्त्रणमा लिई कि.न.पामा जानकारी दिइयो । अपरान्ह ४.३० बजे न.पा. को अनुगमन टोली सो स्थानमा पुगी निरिक्षण गरी सो गाडीहरूलाई सचेत पत्र थमाई कारवाही  गरेको छ । अनुगमन टोलीले सचेत पत्र दिंदै गर्दा स्थानीय किशोर कार्की सहितको समूहले न.पा.को संलग्नतामा सो फोहर डम्पिङ्ग भैरहेको भन्दै अनुगमन टोलीमाथि हातपात समेत गरेका थिए । अनुगमन टोलीले उक्त गाडीको सवारी धनी पत्र समेत नियन्त्रणमा लिई कारवाही अगाडी बढाएको छ । गाडीहरूलाई कारवाही गरिरहँदा पनि नगरपालिकाको संलग्नतामा फोहर फाल्न लगाएको भनी कर्मचारीमाथि हातपात गर्नुको पछाडी रहस्य लुकेको स्थानीयवासीहरू नै शंका गर्न थालेका छन ।

Click to read the magazine pdf

No comments:

Post a Comment