Thursday, January 10, 2013

पा“गा महिला बचतको साधारण सभा हुने

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

पाँगा महिला बचतको साधारण सभा हुने

कीर्तिपुरमा विभिन्न वचत तथा ऋण सहकारी संस्थाहरु क्रियाशिल भएका छन् । यसै वीच पछिल्लो समयमा महिलाहरुले पनि आफ्नै ढंगवाट वचत तथा ऋण सहकारी संस्था गठन गर्नेदेखि महिला वचत समूह गठन गर्दै एकका लागि सबै सबैका लागि एक भन्ने नारालाई आत्मासाथ गर्दै आएको पाइन्छ । यसैवीच पाँगामा क्रियाशिल एक वचत तथा ऋण सहकारी संस्था हो पाँगा महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड । सो संस्थाको पाँचौ साधारण सभा हुने भएको छ ।

आउने पुस २८ गते शनिवार पाँगा मा.वि.को प्रागणमा हुने सो साधारण सभाको प्रमुख अतिथि विशेषज्ञ संचालक–राष्ट्रिय सहकारी विकास बोर्डका श्री ओमदेवी जोशी रहनु हुने जनाइएको छ । ११ वटा महिला समूह आबद्ध रहेको पाँगा महिला वचत तथा ऋण सहकारी संस्थामा ६ सय ११ जना सदस्य रहेको छ । महिलाहरुद्वारा मात्र संचालित उक्त सहकारी संस्था यति धेरै महिला सदस्य भएको कीर्तिपुरको सायद पहिलो संस्था होला ।

No comments:

Post a Comment