Thursday, January 10, 2013

महिना समयको एकाई

अंक ७५  ने. सं. ११३३ थिंलागा द्वादशी बुधवाः २०६९ पुष २५ गते  बुधवार Jan 9, 2013

महिना समयको एकाई

लब लाल प्रधान

एकाई भनेको एक हो, तर कस्को, कसरी एक भयो । संसारमा विभिन्न बस्तु हुन्छकी जो एक अर्कोसित सम्बन्ध हूँदैन । जस्तै लम्बाई, ओजन, समय, तापक्रम आदि एक अर्कोसित सम्बन्ध छैन । उस्तै भौतिक बस्तु आधारित चिज तुलना गर्न एकाईको आबश्यकता हुन्छ ।  एक अर्कोसित कतिले ठुलो, कतिले सानो, कतिले ग-हौं, कतिले हलुका, कतिले छिटो, कतिले ढिलो यहि एकाईले तुलना गरिन्छ । यस्तो ठोस, नबदलिन Fixed Magnitude  किसिमको हुनु पर्दछ । जस्तै छोरालाई भनेर एक टुक्रा कपडा किनेर ल्यायो । घर आएर नापेर हे-यो पाँच भित्ता छ भन्यो, छोराले पनि नाप्यो सात भित्ता छ भन्यो, डाडीले भनेको ठिक छैन भन्न थाल्यो । भित्ता ठोस नभएको, एक अर्कासित नमिल्ने भएकोले लम्बाईको एकाई  हुन सकेन । त्यसैलै एकाईको रुपमा सेमी, ईञ्च, फुट, मिटर आदि आयो । लम्बाई कति हो भन्दा एकाईभन्दा कति गुणा ठुलो अथवा सानो भनी एक अर्कोसित तुलना गरिन्छ । अर्को किसिमको एकाई हो ओजनको एकाई जस्तै ग्राम, केजी, टन, पाउ, धार्नी ईत्यादी । त्यसैले एकाई पनि आफ्नो देशको र अर्को देशको सित फरक हुन सक्दछ । त्यस्तो एकाई जुन संसारभरि लागु गर्न सक्ने, जस्तै सि जी एस, यफपीयस, यमकेयस, यसआई जस्लाई फन्दामेन्टल बेसिक युनिट भनिन्छ । लम्बाईको एकाई मिटर, ओजनको एकाई केजी यति लामो, यति ग-हुंगो भनि म्युजियममा बचावट गरी राखेको हुन्छ । तर समयको एकाई त्यसरी राख्न सक्ने एकाई होईन । समयको एकाई भनेको के हो त । कहाँ बाट आयो ?

पहिला पहिलाका मानिसहरूले आकाशका तारा हरूलाई १२ बराबर कोणमा बाँडेर १२ राशीको नामाकरण गरे, जुन मेष राशीबाट शुरु    गरी मिन राशीमा अन्त हुन्छ ।  त्यसबेला सूर्यले पृथ्बीलाई दिनमा एक चक्का घुम्ने, राति चन्द्रमाले पृथ्बीलाई एक चक्का घुम्ने धारणा लिई  चन्द्रमाले पृथ्बीलाई घुम्न एक औंसी बाट अर्को औंसी सम्म ३० दिन जति लाग्ने,ले एक चक्काको ३० घडी गरी दुई चक्काको ६० घडी र एक दिन गरेको हुनु पर्दछ । त्यसैले पहिलो समयको एकाई दिन नै हो, जुन सूर्योदय बेलादेखि शुरु हुन्छ, जस्लाई ० घडी ईष्ट घडी भनिन्छ, यो ज्योतिषशास्त्रको पहिलो खुडकिला हो, ६० घडीको एक दिन गरे । धेरै बर्षपछि त्यस्तै धारणाले राति १२ बजे बैज्ञानिक हरूको घडी शुरु गरे । यी दुबै दिनको परिभाषा अहिलेसम्म चलिराखेको छ । २४ घण्टाको एक दिन भयो भने, ६० मिनेटको एक घण्टा, ६० सेकेण्डको एक मिनेट गरियो । यही १ सेकेण्ड लाई समयको एकाई अहिले मानिन्छ । अहिले यति ईलेक्ट्रोन चबमष्य बअतष्खभ भझिभलत बाट फ्याकिने समयलाई एक सेकेण्ड भन्ने तिर लागे । त्यसैले अरु एकाई जस्तो ठोेस समयको एकाई भन्न गा-हो छ । लम्बाईको, ओजनको एकाई, र समयको एकाई सँगै कुनै देशले अपनाउँने गर्दछ । अब संसांरभरी मिटर, केजी, सेकेण्डलाई आधार एकाई सिस्तम अपनाएको छ । जुनसुकै पृथ्बीको कुनामा गए पनि यो एकाई प्रयोग गरेमा सबैले बुझने छ । भित्ता, हात, ठोस नभएकोले र माना, पाथी, मुरी नेपालमा मात्र प्रयोग भएकोले, बिलिन भएर गएको छ । तरल पदार्थ लिटरमा, धान, चामल र गेडागुडी माना पाथीमा नभई केजीमा बेच्न थालेको छ । यी एकाईहरू अरु देशमा चल्दैन, यसलाई स्टाण्डर्ड एकाई मानिदैन । त्यसैले हरेक नाप्न प्रयोग गर्ने एकाई स्टाण्डर्ड हुनु जरुरी छ , जुन ठोस बस्तुमा आधारित हुनु जरुरी छ ।

अहिले कहीं कुनै चिज नाप्न, सजिलो, तथ्याकं राख्न सजिलो, सम्झन सजिलोको लागि आधार एकाईको गुणन अथबा गुणनखण्ड  मल्टीपल आण्ड सबमल्टिपल युनिट पनि एकाईको रुपमा प्रयोग गरिन्छ । जस्तै रत्नपार्कबाट मगंलबजार कति टाढा छ भन्दा खेरी सेमी, मिटरबाट ठुलो संख्या हुने हुनाले, सम्झन गा-हो हुने भएकोले किलो मिटरमा नापिन्छ । यस्तो ब्यबहारिकताका लागि अपनाउँने थप एकाईलाई डिराईभेटिभ युनिट भनिन्छ । मिटरबाट सेमी, किलोमिटर, त्यस्तै केजीबाट ग्राम, टन आदी लिईन्छ । त्यस्तै आधार समयको एकाई बाट मिनेट, घण्टा, दिन, हप्ता, बर्ष पनि समयको एकाई मानिन्छ । त्यस्तै महिनालाई पनि एक प्रकारको यस्तो एकाई मानिनु पर्ने हुन्छ । महिना कसरी बन्दछ, कसरी महिना बिभिन्न सम्बतमा समयको एकाई हुन सक्दछ भन्नु अगाडि यिनीहरू कसरी बनाईयो हेरुँ ।

बिभिन्न सम्बतका महिनाहरू

बिशेष गरेर महिना दुई तीन प्रकारबाट बनिएको छ । लुनार क्यालेण्डरमा १२ औंसी बीचको समयलाई बर्ष भनिन्छ । १२ महिनाको एक बर्ष मानिन्छ । एक औंसीको भोलीपल्ट प्रतिपदा देखि अर्को औंसीसम्म एक महिना मानिन्छ । तर कुनैले एउटा पुर्णिमाको भोलीपल्ट प्रतिपदादेखि अर्को पुर्णिमासम्म एक महिना मानिन्छ, अर्को थरी सूर्य  एउटा राशीमा बसेको समयलाई महिना मानिन्छ । यी दुबै प्रणालीमा बर्षै पिच्छे एउटै महिनाको दिनहरू फरक हुन सक्दछ । तेश्रो थरी ३६५ दिनको एक बर्ष हुने गरी तोकेको दिन राखि महिनाहरू बनाईन्छ, जुन चन्द्रमाको, सूर्यको गतिसँग वास्ता गरिदैन ।

यो तेश्रो थरिमा ईस्वि सम्बतका महिनाहरू पर्दछन् । यो महिनाको दिनहरू कसरी राखेको छ, तिर लागुँ । यो ५४ बि सी मा पृथ्बीले सूर्यलाई ३६५ दिनमा एक चक्कर घुम्छ प्रमाणित भई सकेपछि, रोमन सम्राट जुलियस सिजरले शुरु  गरेको सम्बत हो । यो मार्च महिनाबाट शुरु हुन्छ ।

मार्च   ३१  लडाईको देबता मार्स बाट बनिएको छ ।

अप्रिल  ३०  बसन्त ऋतुको आगमन, बिरुवा उम्रने महिना । मे  ३१  बिरुवा हुर्काउने, फुल फुलाउने देबी माया बाट  राखिएको छ ।

जून   ३०   जुलियस सिजरलाई मारी सम्राट हुने जुनस ब्रुटस सम्राटको नाममा छ ।

जुलाई  ३१   जुलियस सिजर सम्राटको नाममा छ ।

अगस्त ३१अगस्तस सम्राटको नाममा, जस्ले यो आफ्नोे बर्थ महिना ३० बाट ३१ गरे ।

सेप्तेम्बर ३०  पहिलो महिना मार्चबाट सातौं महिनाको मानि हुन्छ ।

अक्टोबर ३१   पहिलो महिना मार्चबाट आठौं महिनाको मानि हुन्छ ।

नोभेम्बर ३०  पहिलो महिना मार्चबाट  नबौं महिनाको मानि हुन्छ । डिसेम्बर ३१  पहिलो महिना मार्चबाट दशौ  महिनाको मानि हुन्छ ।

यी चार महिनाको नामहरू अहिले सम्म राखेको छैन ।        

क्रमशः 

No comments:

Post a Comment