Friday, January 25, 2013

कीर्तिपुर बहुउद्देश्यीयको बाह्रौं साधारण सभा सम्पन्न

अंक ७७ ने. सं. ११३३ पोहेलाथ्व द्वादशी बुधवाः २०६९ माघ १० गते बुधवार Jan 23, 2013

कीर्तिपुर बहुउद्देश्यीयको बाह्रौं साधारण सभा सम्पन्न


“सामाजिक तथा आर्थिक रुपान्तरणको लागि हाम्रो सहकारी” भन्ने नाराका साथ कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि. को १२औं वार्षिक साधारण सभा गत माघ ६ गते शनिवार काभ्रेजिल्लाको धुलिखेलमा सम्पन्न भयो । संस्थाका अध्यक्ष श्री रमेश महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक के बी. उप्रेती रहेका थिए । अन्य अतिथिहरूमा कीर्तिपुरनगर पालिकाका कार्यकारी अधिकृत श्री रामलाल श्रेष्ठ, कीपू बचत तथा ऋण सहकारीका सिद्धिकुमार मानन्धर रहेका थिए

प्रमुख अतिथिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको उक्त सभामा उपाध्यक्ष पवन जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो । अतिथिहरू सिद्धिकुमार मानन्धर, रामलाल श्रेष्ठ, प्रमुख अतिथि के.वी. उप्रेतीले शुभकामना मन्तव्य दिनु भएको थियो ।

उक्त साधारण सभाको वन्दशत्रबाट आगामी कार्यकालका लागि सञ्चालक समिति तथा लेखा समितिका सबै सदस्यहरू निर्वाचित भएका थिए । 

जस अनुसार अध्यक्ष– रमेश महर्जन, उपाध्यक्ष–दिलवहादुर महर्जन, सचिव– सञ्चित डंगोल, कोषाध्यक्ष– जनकलाल महर्जन, पदेन सदस्य–हरिशरण महर्जन, अन्य सदस्यहरू– राजन दुवाल श्रेष्ठ, अशोक महर्जन, रामबाबु विष्ट र शोभा महर्जन चयन भएका थिए । त्यसैगरी लेखा समितिका संयोजकमा राजेन्द्र कुमार महर्जन‘पुता’, सदस्यहरूमा अर्जुन बहादुर थापा, लक्ष्मी महर्जन चयन भएका थिए । निर्वाचित सदस्यहरूलाई प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, प्रा.डा. रामकृष्ण महर्जन, हिराकाजी महर्जन, कीर्तिपुर न.पा.का लेखा अधिकृत सानुवावु परियार लगायतले अबिर, पूmलमाला तथा खाडा लगाएर बधाई एवं आगामी कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए । धन्यवाद मन्तव्य हरिशरण महर्जनले गर्नु भएको थियो ।

No comments:

Post a Comment