Wednesday, January 16, 2013

जनसेवाका उत्कृष्ट विद्यार्थीहरु चितवन रिसोर्ट क्याम्प भ्रमणमा

अंक ७६  ने. सं. ११३३ पोहेलाथ्व पञ्चमी बुधवाः २०६९ माघ ३ गते  बुधवार Jan 16, 2013

जनसेवाका उत्कृष्ट विद्यार्थीहरु चितवन रिसोर्ट क्याम्प भ्रमणमा


जनसेवा उच्च मा।वि। पाँगामा प्लस टु मा विभिन्न संकायमा उत्कृष्ट हुन सफल एक छात्र÷एक छात्रालाई चितवन रिसोर्ट क्याम्प भ्रमण गराउने घोषणा गर्नु हुने उक्त क्याम्पका प्रवन्धक एवं बुक्स प्याराडाइजका प्रोप्राइटर दयाराम डंगोलले भ्रमण गराउनु भएको हो । यस वर्ष व्यवस्थापन संकायका उत्कृष्ट छात्रा लक्ष्मी तामाङ, मानविकीमा उत्कृष्ट हुन सफल छात्रा एलिसा महर्जन, र शिक्षा संकायमा उत्कृष्ट छात्र विजय लामा र छात्रा प्रजिना महर्जनको साथमा शिक्षक राजेन्द्र डंगोलले पनि भ्रमण गर्नु भएको थियो । ३ दिन २ रातको उक्त प्याकेजको सम्पूर्ण खर्च दयाराम डंगालले व्यहोर्नु भएको थियो । 

शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरूलाई हातीमा चढाई चितवन सफारी भ्रमण गराइएको थियो । 

साथै गोही फार्ममा बोटिङ्ग पनि गराइएको थियो । उक्त भ्रमण साह्रै रोमाञ्चक र ज्ञानवद्र्धक भएको भ्रमणबाट फर्केका एलिसा महर्जनले बताउनु  भयो । आफ्ना विद्यार्थीहरूलाई निशुल्क सीआरसी भ्रमण गराउनु भएका प्रवन्धक दयाराम डंगोललाई जनसेवाका प्राचार्य नन्दकुमारी महर्जनले धन्यवाद दिनुभयो ।

No comments:

Post a Comment