Friday, December 14, 2012

वातावरण संरक्षण समाज कीर्तिपुरद्वारा तालिम सम्पन्न

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

वातावरण संरक्षण समाज कीर्तिपुरद्वारा तालिम सम्पन्न

कीर्तिपुर नगरपालिका वडा नं ९, १०, ११ र १२ पाँगामा फोहर मैला संकलन र व्यवस्थित गर्न समुदायमा आधारित संगठन “वातावरण संरक्षण समाज” गठन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको उक्त समाजले गत मंसिर २२ र २३ गते दुई दिने तालिमको आयोजना गरिएको थियो ।

पाँगा महिला वचत तथा ऋण सहकारीका पदाधिकारीहरु र वातावरण संरक्षण समाजका पदाधिकारीहरु सहभागी रहेको उक्त तालिम कार्यक्रममा समुदायमा आधारित संस्थाको कर्तव्य, अधिकार र कार्यालय संचालन सम्बन्धि र फोहर मैला व्यवस्थापन सम्बन्धि तालिम भवन विभाग र मेड नेपालका प्रतिनिधिहरु दिनेश भट्ट,जीत राई, सुमित सुवेदी र डम्बर राईले प्रशिक्षण दिनु भएको थियो । मेड नेपालको संयोजन र भवन विभागको सहयोगमा फोहर उठाउन हाईड्रोलिक ट्याक्टर एक थान र समाजका प्रत्येक सदस्यको घरमा   राख्न दुई थान बाल्टिन उपलब्ध गराईने भएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete