Friday, December 14, 2012

‘जुन जोगी आए पनि......’

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

‘जुन जोगी आए पनि......’

रमेश मान महर्जन

कति आए कति गए
सबै जर्नेल कर्नेल भए
जति आए तपर तुइँया
स्याल झै कराउँछ हुइयाँ हुइयाँ

बेइमानहरु सबै जुटे
लुट्नसम्म लुटे
भनेको कुरा मानेन भने
चुट्नसम्म चुटे



व्यक्ति भयो धनी यहाँ
भयो यो देश गरिब
ठूला ठालूको केशले गर्दा
नेपाली भेषमै लाग्यो ठेस

जस्ले गर्छ स्वागत सत्कार
उसलाई गर्छ प्रतिकार
कसैको भएन कुनै उपचार
कसैको आउँछ रातैरात दकार

विश्वासको संकट हो अधिकार
जिन्दगीमा एक पटक गर्छ स्वीकार
चान्समा डान्स हो गर्छ पुकार
त्यसैले सबैलाई पदमा जान हतार

बोल्यो कि पोल्यो समाउँछ पत्रकार
इज्जत नभएकालाई बेइज्जत गर्नु बेकार
संविधानका हत्याराहरु छैन फरार
गिनिज बुकमा गर्दैछ कु–प्रचार

जनतालाई छैन कुनै दरकार
कहिले भएन सहमतिको सरकार
अब सबैको लिनु प¥यो विचार
दलगत सरकार भयो खकार

त्यसको(निकासको) साँचो कहाँ छ
सबै दल दल भित्रै छ ।
इमान्दार कार्यकर्ता उठ्नु छ ।
समाधानको बाटो त्यही छ ।

वार्ताको ढोका खुल्ला छ रे
सहमतिको खापा बन्द छ
आ–आफनो हठ त्यागेकै छैन
सच्चा देश भक्त नेताको खाँचो छ

लोभीपापी भ्रष्टाचारी फाल्न सके
थिचोमिचोमा परेकाहरु जाग्न सके
यो देशको लागि मुठी कस्न सके
तब यो राष्ट्र र जनताको मुक्ति हुनेछ

हैन भने,
जस्तो हावा हुरी चले पनि
महा संग्रामै भए पनि
हुँदैन यो देशको मुक्ति
जुनसुकै जोगी आए पनि

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete