Friday, December 14, 2012

“प्राइम कप बास्केटबल च्याम्पियन बन्न सफल ट्रिनिटी र प्राइम सफल”

ने. सं. ११३३ कछलागा चःह्रे बुधवाः २०६९ मंसिर २७ गते बुधवार Dec - 12, 2012

“प्राइम कप बास्केटबल च्याम्पियन बन्न सफल ट्रिनिटी र प्राइम सफल”

नवीन महर्जन

प्राइम कलेजको आयोजनामा सञ्चालित १० औं प्राइम कप अन्तरकलेज बास्केटबल प्रतियोगितामा ब्वाइज तर्फ ट्रिनिटी र  गल्सतर्फ आयोजक प्राइम कलेज च्यम्पियन बन्न सफल भएको छ । 

मंसीर २३ गते सम्पन्न फाइनल खेलमा  ट्रिनिटीले  जेनिफर इन्टरनेसनल कलेजलाई ४८—२६ स्कोरले पराजित गरी उपाधि हात पारेको थियो । ट्रिनिटीले पहिलो क्वार्टरमा १५—८ स्कोर, दोस्रो क्वार्टरमा १२—७ तेस्रो  क्वार्टरमा ७—५ तथा अन्तिम क्वार्टरमा १४—६ स्कोरले अग्रता लिंदै समग्रमा आफ्नो दर्ता कायम गर्दै जित हासिल गरेको थियो । 

विजेताको लागि सन्देश तामाङ्गले १७ स्कोरको योगदान गरेका  थिए । 

नयाँ बजारस्थित घरेलु कोर्टमा गल्र्सको फाइनलमा प्राइम कलेजले नासालाई ४५—२७ स्कोरले जित हासील गरि च्याम्पियन बनेका थिए । यस खेलको पहिलो क्वार्टरमा १२—३, दोस्रो क्वार्टरमा १४—८, त्यसै गरी तेस्रो क्वार्टरमा ५—८ तथा अन्तिम क्वार्टरमा १४—८ स्कोरले लिड गर्दै प्राइमले सफलता प्राप्त गरेको थियो । प्राइमको लागि स्रेहा श्रेष्ठले सर्वाधिक १३ स्कारेको योगदान पु-याइएकाी थिइन् ।


गत मंसीर १६ देखि सञ्चालन भएको यस प्रतियोगितामा सन्देश र स्नेहा श्रेष्ठ मोस्ट भ्यालुएबल प्लेयर बनेका थिए । स्मरणरहोस् प्राइम कलेजले बास्केटबल खेलको विकास निमित यो प्रतियोगिता नियमित रुपमा सञ्चालन गर्दै अएको छ ।  साथै बास्केट बल खेलमा नव प्रतिभाशालि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गरी पढाईमा र खेलमा निरन्तर लागि पर्न प्रोत्साहन गर्ने काम गर्दै आएको छ । यसमा हाम्रो कीर्तिपुरका खेलाडीहरु पनि      रहेका छन् । जसमा रन्जु महर्जन लगायत अन्य खेलाडीहरु पनि छन् ।

“ब्लु स्काइकप महिला डबललिग भलिवल प्रतियोगिता विभागिय टिम हावी”

ढोरपाटन स्र्पोटस प्रशिक्षण क्लवको आयेजनामा नयाँ वसपार्क स्थित भलिवल कोर्टमा गत मंसीर ५ गते मंगलबार संञ्चालन भैरहेको आठौं ढोरपाटन ब्लु स्काइ कप महिला डवल लिग भलिवलको पहिलो चक्रको लिग सम्पन्न भै सकेको छ । जसमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब विच  निकै प्रतिस्पर्धा भैरहेको छ । यसरी हालसम्म डवल लिगका खेलहरु पनि शुरु भैसकेको छ । 

जसमा एपिएफले आफ्नै १० औं जित हात पारी कुल १९ अंक सहित शिर्ष स्थानमा  रही रहेको छ लगातारको १० अंक जितमा आइपुग्दा उनीहरुको मनोबल निकै दरो भैसकेका छ । उता अर्को विभागिय टिम अर्थात डिफेन्डिङ्ग च्यापियन नेपाल प्रहरीले १० खेल मध्ये ९ खेलमा जीत हासिल  गरी कुल २७ अंक सहित दोस्रो स्थानमा चित्र बुझाउनु पर्ने बाध्यता रहेको  छ । यस प्रतियोगितामा कुल ९ टिमले सहभागिता जनाइएको थियो । जसमध्ये पहिलो लीगमा रहेको अन्तिम दुई स्थानमा रहेको धादिङ्ग जिल्ला भलिबल टिम र धुलाबारी टिमले डवल लिग खेलमा सहभागिता जनाउन सक्ने छैन । 

नेपालको भलिवल इतिहासमा सर्वाधिकार पुरस्कार  राशी रहेको यस प्रतियोगिताको टुङ्गो डवल लिग पछि मात्र हुने भएको छ । यस प्रतियोगितामा प्रथम देखि सातौं स्थान सम्मको टिमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

यस प्रतियोगिताको पहिलो चरणको खेल समाप्त हुँदा सम्म एपीएफ प्रथम, नेपाल पुलिस क्लब दोस्रो, फिस्टेल क्लव तेस्रो, चौथो स्थानमा न्यू डायमण्ड क्लब, पाँचौ स्थानमा एन्जल हर्ट, छैठौं स्थानमा रामेछाप टिम तथा सातौं स्थानमा काभ्रे जिल्ला भलिबल टिम रहेको छ । अहिले यी सातवटा टिम विच दोस्रो  अर्थात डवल लिगका खेलहरु सञ्चालन भैरहेको छ । वास्तवमा भलिवल खेललाई व्यवसायिकमा लैजान यस ढोरपाटन स्पोर्टस प्रशिक्षणले ठुलो सघर्ष गरेका छन् ।  नेपाल भलिवल संघले गर्नु पर्ने विभिन्न स्तरका प्रतियोगिता एवं प्रशिक्षण सञ्चालन गर्दै जिवन्तता दिने प्रयास गरिराखेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete