Thursday, February 1, 2024

विद्यालयमा वाथ मुटुरोग Rheumatic Heart Disease (RHD) को स्क्रीनिङ

 विद्यालयमा वाथ मुटुरोग Rheumatic Heart Disease (RHD) को स्क्रीनिङ


डा. विनय अधिकारी (बरिष्ठ मुटुरोग विशेषज्ञ)

(कीर्तिपुर नगरपालिकामा मेयर स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तर्गत विद्यालयमा वाथ मुटु रोगको स्क्रीनिङ कार्यक्रममा प्रस्तुत गर्नु भएको कार्यपत्र)

विभिन्न अध्ययन अनुसार नेपालमा विद्यालय उमेर समूहका एक हजार बालबालिका मध्ये सात जनामा वाथ मुटु रोगको समस्या छ । सामान्यतया ५ देखि १५ वर्षसम्मको उमेरमा लाग्ने वाथ मुटुरोगीको सङ्ख्या नेपालमा झण्डै १ लाख छ । नेपालभर बाथ मुटुरोगबाट प्रभावित १ लाख बालबालिका छन् । बर्षेनी साढे सात हजारको दरले यो रोगका बिरामी थपिने गरेका छन । रोग लागेको सुरुवाती अवस्थामा नै यो रोग विरुद्ध सुई लगाउन सके रोगलाई नियन्त्रण गर्न  सकिन्छ । तर यसबारेमा नागरिकलाई पर्याप्त जानकारी भएको पाईंदैन । सरकारले पनि आफ्नो कार्यक्रम बाथ मुटुरोग बारेमा जानकारी दिन कार्यक्रम केन्द्रीत गरेको छैन । विश्वमै पछिल्लो समय मुटुरोगका विरामी जे जसरी बढ्दै गएका छन्, त्यसलाई हेर्ने हो भने यो रोग विश्वकै प्रमुख स्वास्थ्य समस्याको एक नम्बर हुन पुगेको छ । जुन चिन्ताको विषय हो । आज विश्वमा मृत्यु हुनेको झण्डै एक तिहाई मानिस मुटुरोगको कारण मृत्यु भएको छ ।

बाथ ज्वरोको कारणले उत्पन्न हुने रोगलाई वाथ मुटुरोग अथवा मुुटुको भल्भ विग्रने रोग भनिन्छ । यो रोग एकैपटक लाग्ने होइन । वास्तवमा मुटुरोग घाँटीबाट शुरु भई जोर्नीको बाटो हुँदै मुटुसम्म पुगेको अवस्था हो । यो रोगको विकासलाई तीन चरणमा हेर्न सकिन्छ ।

प्रथम चरणः  घाँटीको सङ्क्रमण Tonsillitist/Pharyngitis (घाँटी देख्ने, टन्सिल बढ्ने, ज्वरो आउने ।

दोस्रो चरण ः बाथ ज्वरो ९च्जभगmबतष्अ ँभखभच०(हात खुट्टाका ठूला जोर्नीहरु दुख्ने, सुन्निने र ज्वरो आउने ।

तेस्रो चरण ः  बाथ मुटु रोग (Rheumatic Heart Disease) मुटुका भल्पहरु बिग्रिने, मुटु सुन्निने, दम बढ्ने ।

   यसरी हेर्दा घाँटी दुख्दा, टन्सिल बढ्दा समयमै उपचार भएन भने बाथ ज्वरोको सम्भावना हुनसक्छ । अनि बाथ ज्वरोको समयमै उपचार नभएमा बाथ ज्वरो विग्रिन गई बाथ मुटु रोग लाग्न सक्दछ । विशेष गरि ५ देखि १५ बर्ष उमेरका बालबालिकाहरुलाई घाँटीको संक्रमण व्याक्टेरीया वा भाइरस जातका जीवाणु वा विषाणुको कारण हुन सक्दछ । घाँटीको संक्रमण हुँदा टन्सिल सुनिने, घाँटी दुख्ने र थुक निल्न गाह्रो हुने हुन्छ । व्याक्टेरीया तथा भाइरसको संक्रमण हुँदा फरक/फरक लक्ष्यण तथा चिन्हहरु देखिन्छन् । यदि स्टेप्टोकोकस ग्रुप ए (Streptococedud Group A)  भन्ने व्याक्टेरीयाबाट टन्सिल बढेको अवस्थामा समयमा उपचार नहुँदा बाथ ज्वरोको समस्या आउन  सक्छ । सामान्य तथा भाइरसको संक्रमण हुँदा घरमै घरेलु उपचारबाट पनि ५–७ दिनमा आफै निको हुन सक्छ तर व्याक्टेरीयाको संक्रमणबाट भएको टन्सिलाइटिस र फ्यारेन्जाइटिस भएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्ने हुन्छ  ब्याक्टेरीयाको कारण हुने घाँटीको संक्रमणका लक्षणहरुमा घाँटी दुख्ने र विस्तारै शरीरको जोर्नीहरु दुख्ने र ज्वरो आउने हुन्छ । ज्वरो लामो समयसम्म पनि आउन सक्छ । ज्वरोको लक्षण केही सातादेखि केही महिनासम्म पनि रहनसक्छ । ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने लगायतका समस्याहरु देखिन्छ । यो  विस्तारै बढ्दै गएपछि मुटुको भल्भमा असर गर्छ । जोर्नी दुख्ने, सुन्निने यो रोगको अर्को प्रमुख लक्षण हुन् । खासगरी ठूला जोर्नीहरु सुन्निने र दुख्ने हुन्छ ।

स्टेप्टोकसको संक्रमणलाई राम्रो उपचार नहुँदा आखिरमा गएर त्यसले सोझै मुटुमा असर गर्छ । त्यस संक्रमणले गाँजेपछि मुटुको मांसपेशी बाहिर सुन्निने, पानी जम्ने र मुटुको चाल मै गडबडी आउने जस्ता जटीलताहरु देखापर्न थाल्छ । कसैकसैलाई स्टेप्टोकोकस इन्फेक्सनले  ज्वरो आउने र मस्तिष्कलाई पनि असर गर्ने गर्छ । तर धेरैको भने मुटुका भल्भहरुमा असर गर्छ ।

रोकथाम र उपचार ः

निश्चय नै आम जनताको जीवनस्तर सुधार गर्नु र संक्रमणको अवस्थाबाट उनीहरुलाई जोगाउनु यो रोगको नियन्त्रणमा सबैभन्दा प्रभावकारी उपाय हो । त्यसबाहेक, यो रोगको बारेमा व्यापक प्रचारप्रसार गरेर प्रारम्भिक अवस्थामै उपचार गर्ने हो भने यो रोगलाई नियन्त्रण गर्न र उपचार गर्न सजिलो हुन्छ । मुटु बाथ रोग बढी समस्या महिलाहरुलाई हुने भएकाले यो रोगले प्रजनन स्वास्थ्यमा पनि असर गर्न  सक्छ । त्यसैले, किशोरावस्था ‘स्कूल जाने’ उमेरका केटा केटीमा यस्ता समस्या आउन नदिने र आएमा समयमै उपचार थाल्नु बुद्धिमानी हुन्छ ।

शुरुमै घाँटी दुखेको अवस्थामै उपचार गरेमा यो रोगले मुटुसम्म संक्रमण गर्न पाउँदैन । केही गरी रोग लागिहालेमा मुटुको चाललाई बढी असर गर्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्छ । औषधी सेवन अथवा इन्जेक्सन भनेको फेरि पनि प्रतिरोधात्मक उपचार मात्रै हो । बसैभन्दा बुद्धिमानी त यो रोग लाग्ने अवस्था आउन नदिनु नै हो । त्यसैले यो रोग लाग्न नदिनको लागि समयमै यसबारे सचेत हुनु नै सबैभन्दा प्रभावकारी उपचार हो ।

स्क्रीनिङ ः

यो रोगको अवस्था थाह पाउनको लागि कार्डियोलोजिष्टले किशोरावस्था ‘स्कूल जाने’ उमेरका केटा केटीमा सामान्य खालको क्लिनिकल परिक्षण गरी स्थेटेस्कोपले मुटुको मर्मर आवाज सुनेर रोगको जोखिम पत्ता लगाउन सक्दछन् । रोगको अवस्था समयमै पत्ता लगाउन सकेमा बालबालिकाहरुलाई मुटुरोगको सम्भावित ठुलो जोखिमबाट बचाउन  सकिन्छ ।

मेयर स्वास्थ्य प्रवद्र्धन कार्यक्रम अन्तर्गत यस कीर्तिपुर नगरपालिकामा रहेका सरकारी सामुदायिक तथा गुठी विद्यालयमा अध्ययन गर्ने ५ देखि १५ वर्षसम्मका विद्यार्थीहरुमा काडी एयोलोजिष्टद्वारा स्क्रीनिङ जाँच गरी रोगको जोखिममा रहेका विद्यार्थीहरुलाई थप परिक्षणको लागि सिफारिस गर्दा जनस्वास्थ्यमा सकारात्मक उपलब्धी हुने हुँदा सो कार्यक्रम संचालनको लागि मुटुरोग विशेषज्ञसंग प्रस्ताव माग गरी सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम छनौट गरी विशेषज्ञ मार्फत कीर्तिपुर नगरपालिकामा १८ वटा  सरकारी सामुदायिक तथा गुठी विद्यालय सहित ४५ वटा विद्यालयमा अध्ययनरत १७१८३ जना विद्यार्थीहरुमा बाथ मुटुरोगको क्लिनिकल स्क्रिनिङ गर्नुपर्ने देखिन्छ र यसका लागि १ जना कार्डियोजिष्टलाई करिब ६० दिन समय लाग्ने देखिन्छ ।

कार्यक्रम संचालन गर्ने विधि

१. मुटुरोग विशेषज्ञ कार्डियोलोजिष्ट संग विद्यालयमा विद्यार्थीहरुको मुटु 

परिक्षण÷स्किृनिङको लागि प्रस्ताव माग गरी छनौट गर्ने ।

२. छनौट भएका विशेषज्ञ मार्फत पहिलो चरणमा कीर्तिपुर नगरपालिकामा रहेका सरकारी सामुदायिक तथा गुठी विद्यालयमा र दोश्रो चरणमा निजि विद्यालयहरुमा अध्ययन गर्ने ५ देखि १५ वर्ष सम्मका विद्यार्थीहरुमा वाथ मुटुरोगको क्लिनिकल स्क्रिनिङ गर्ने ।

३. वाथमुटुरोग सम्बन्धमा स्वास्थ्य शिक्षा तथा जनचेतनामुलक कार्यक्रम 

गर्ने । विद्यालयमा कक्षा संचालन गर्ने । स्वास्थ्य शिक्षा सामाग्री प्रदर्शन गर्ने ।


No comments:

Post a Comment