कीर्तिपुर भाजंगलस्थित पाँगालीहरुको दीपको विशेषता
चिहानमा राखिएको दुईटा शब, गुठियारहरुले परालले छोपेर यसरी छाडेर जान्छन ।
हिजो पौष ४ गते बुधबार पाँगामा निधन भएका एक जनाको शबदाहको लागि चित्ता ठिक्क पार्दै थियो । त्यहीबेला गुठिबाट फोन आयो, अर्को एक जनाको पनि निधन भएको छ । अर्कोको चालि पनि चित्ता तयार राख्नु । मशानमा दुईटा चित्ता तयार पार्दा मशानको बीचमा राख्नु भएन । किनकी दागवति राख्न चित्ता घुम्नु पर्छ । त्यसैले एउटा शबको लागि मशानको पूर्वी भाग छेउ र अर्कोको लागि पश्चिमतिर छेउमा चित्ता बनायो । शब ल्यायो, दागवती दियो । शब परालले छोपेर सबैजना घर आए ।
यो पुर्वतिरको शवदहन हो । यसमा त धुवाँ पनि आएको छैन ।
साँझपख विष्णुदेवीको खट भाजंगल मन्दिरमा ल्याउँदै थियो । म पनि भाजंगलमा गएँ । मशानमा हेर्न गएँ । एउटा शब जलाएको अलि घुस्किएको जस्तो लाग्यो । अर्को ठिकै थियो । त्यहाँ सम्बन्धित मान्छेहरु पनि आए । त्यो चित्ता घुस्किएकोले जिर्ण हुँदैन कि खरानी हटाएर हेरुँ कि भन्यो । पर्दैन, अहिले छोयो भने रातभरि पोले पनि खरानी हुँदैन । भोलि विहान हेर्नुहोला । यदि शब खरानी नभए भोलि नै आगो बालेर खरानी बनाउनु पर्छ । हामी यहाँ बस्नुहुँदैन । हामी बसिरहें भने लाश खरानी हुँदैन यो मसानको विशेषता हो भनेर सँगै माथि ल्याएँ ।
चित्ता घुस्किएको छ भनेर यदि यो शबदाहनमा छोएको भए लाश पुरा खरानीनै हुने थिएन । यो देउताको प्रभावले हुने भन्ने पाँगालीहरुको विश्वास छ ।
आज विहान घरको मानिसहरु अस्तु बिसाउन भनेर जाँदा सबै खरानी भएको रहेछ । मनमा रहेको शंका हट्यो । यस मसानको विशेषता यही हो । मानिस बसेर शब पोल्नु नपर्ने यही विशेषता हो ।
No comments:
Post a Comment